सुधारको ‘बिग ब्याङ’ कि ‘पन्चलाइन’ को पोको
नेपालको अर्थतन्त्र यतिबेला एउटा गम्भीर संरचनात्मक संकटबाट गुज्रिरहेको छ । शिथिल उत्पादन, संकुचित बजार माग र निजी क्षेत्रको खस्किंदो मनोबलका बीच आएको आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्रमा उत्साह भर्ने दाबी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बजेटलाई आर्थिक सुधारको क्षेत्रमा एउटा ‘बिग ब्याङ’ को संज्ञा दिएका छन् । ‘मिसन मोड’, …