सिस्टरले झेलेको समाज
‘सिस्टर तपाईं म्यारिड कि अनम्यारिड ?’ केही वर्षअघि सुदूरपश्चिमको एक अस्पतालमा काम गर्ने सिलसिलामा त्यहाँका प्रशासन प्रमुखले कार्यकक्षमै बोलाएर सोधे । मैले जवाफ दिएँ, ‘विवाहित । तर किन ?’ ‘विवाहित भए सिन्दूर किन नहालेको त ?,’ उनले अर्को प्रश्न गरे । ‘लाउन मन नलागेर । अनड्यूटी नर्सले सिन्दूर-पोते मात्र होइन, …