संसारभरि छरिएका नेपाली : दूरीले टाढा, प्रविधिले नजिक
काठमाडौं। दशैं सुरु भइसक्यो, काम विशेषले घरबाहिर रहेकाहरू पनि धमाधम गाउँ फर्किरहेका बेला खोटाङका राजन पौडेल रोजगारीका लागि विदेश हिंड्नुपर्यो । मंगलबार यूएई उड्नुअघि उनले विमानस्थलबाटै भिडियो कल गरेर श्रीमतीलाई भने, ‘आबुधाबी एअरपोर्ट पुगेपछि मात्रै कल गर्छु है !’ संगीता र छोरीहरूले उनलाई भिडियो कलबाटै बाई-बाई गरे । ‘छुट्टी सकियो, …