दलीयकरण र दोयम-क्षमताले थलिएको त्रिवि
नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय दलीयकरणको चरम मारमा परेको छ। त्रिभुवन विश्वविद्यालय राजनीतिक दलहरूको अघोषित सैन्य शिविर जस्तै भएको छ। विश्वविद्यालयमा दलहरूका भ्रातृ संगठनको धर्ना, तालाबन्दी, चन्दा आतंक र तोडफोडको रंगमञ्च बनेको छ। केन्द्रीय क्याम्पसका विभागीय प्रमुखदेखि पदाधिकारी नियुक्तिको प्रमुख आधार दलीय आबद्धता रहेको छ। राजनीतीकरण र दोयम-क्षमता …