सिंहदरबार : जनताको लागि एक अभेद्य किल्ला
गाउँ-गाउँमा सिंहदरबार भन्ने गणतन्त्रको नारालाई सिंहदरबार आफैंले जिस्क्याइरहेको छ । सबैको आँखा पर्ने केन्द्रको सिंहदरबारमा त जनताले प्रवेश पाएका छैनन् भने गाउँका सिंहदरबारको हालत के होला? सुरक्षाको कारण देखाई लगभग दुई दशकदेखि जनसाधारणलाई सिंहदरबार प्रवेश गर्न कठिन बनाइएको छ । पञ्चायतीकालमा समेत सहज प्रवेश हुने यो प्रशासनिक दरबारमा जनताका प्रतिनिधिलाई …