क्यानकुनको अन्तिम रात
घुमफिर गर्नु नदी बग्नु जस्तै लाग्छ मलाई । जसरी नदीमा उसको बगाइले, उसको प्रवाहले सङ्लोपन थपिदिन्छ, पवित्रता थपिदिन्छ त्यसैगरी जीवनमा पनि यात्राले नयाँ ऊर्जा, उमंग, सङ्लोपन र पवित्रता थपिदिन्छ । समय र स्रोतले भ्याएसम्म बगिदिन मन लाग्छ, कतै गड्गडाएर बगिदिऊँ लाग्छ, कतै छङछङ बगिदिऊँ लाग्छ, कतै सुनसान चुपचाप बगिदिऊँ भन्छ …