ट्रम्प प्रशासनको निर्देशनविरुद्ध अमेरिकाका १९ राज्यहरूद्वारा संघीय अदालतमा मुद्दा दायर



प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

अमेरिकाका १९ राज्यहरूले ट्रम्प प्रशासनको निर्देशनविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।

सार्वजनिक विद्यालयहरूमा विविधता, समानता र समावेशिता (डीईआई) कार्यक्रमहरू समाप्त गर्न दबाब दिएको आरोप लगाउदै उनीहरुले मुद्दा दायर गरेका हुन । यो मुद्दा म्यासाचुसेट्स राज्यको अदालतमा दायर गरिएको हो ।

अप्रिल ३ मा अमेरिकी शिक्षा मन्त्रालयले निर्देशन जारी गर्दै राज्यहरूलाई नागरिक अधिकार कानूनी प्रावधानहरूको पालना प्रमाणित गर्न भनेको थियो ।

ट्रम्प प्रशासनको निर्देशनविरुद्ध अमेरिकाका १९ राज्यहरूद्वारा संघीय अदालतमा मुद्दा दायर

ट्रम्प प्रशासनको निर्देशनविरुद्ध अमेरिकाका १९ राज्यहरूद्वारा संघीय अदालतमा मुद्दा दायर

जसमा अवैध (डीईआई) अभ्यासहरू अन्तर्गत केहि कार्यक्रमहरूको खारेजी गर्नुपर्ने पनि समावेश थियो । राज्यहरूलाई २४ अप्रिल भित्र स्थानीय विद्यालय प्रणालीबाट प्रमाणपत्र सङ्कलन गर्न भनिएको थियो ।

म्यासाचुसेट्सका अटर्नी जनरल एन्ड्रिया जोय क्याम्पबेलले यो निर्देशनलाई गैरकानूनी र हानिकारक भनेका थिए । उनले (डीईआई) पहलहरूले विद्यार्थीहरूलाई सुरक्षित, समर्थित र सम्मानित महसुस गराउँछन् भनेका छन ।

उनले ट्रम्प प्रशासनको धम्कीहरूले बालबालिका, परिवार र विद्यालयहरूलाई मात्र होइन, शिक्षा प्रणालीलाई पनि हानि पुर्याउने बताएका छन ।

म्यारिल्याण्ड, वासिङ्गटन डी सी र न्यू ह्याम्पशायरका अदालतहरूले यसअघि नै ट्रम्प प्रशासनको निर्देशनलाई अस्थायी रूपमा रोकेपछि यो मुद्धा आएको हो ।

यी अदालतहरूले निर्देशनलाई अस्पष्ट र शैक्षिक स्वतन्त्रतामा हस्तक्षेप गर्ने भन्दै अस्वीकार गरेका छन् । यस मुद्दामा म्यासाचुसेट्सका साथै क्यालिफोर्निया, न्यूयोर्क, इलिनोइस र अन्य राज्यका अटर्नी जनरलहरूको समर्थन रहेको छ ।

ट्रम्प प्रशासनको निर्देशनविरुद्ध अमेरिकाका १९ राज्यहरूद्वारा संघीय अदालतमा मुद्दा दायर

उनीहरूले शिक्षा मन्त्रालयलाई १३.८ बिलियन डलर भन्दा बढीको महत्त्वपूर्ण शैक्षिक कोष रोक्नबाट रोक लगाउन अदालतको आदेश मागेका छन् ।

शिक्षा मन्त्रालयले यस मुद्दामा टिप्पणी गर्न अस्वीकार गरेको छ । शिक्षा मन्त्री लिण्डा म्याकमाहोनले राज्यहरूले प्रमाणपत्र नदिए तिनीहरूले आफ्नो जिल्लामा केही वित्तीय कटौतीको जोखिम लिनुपर्ने अबस्था आउने वताएकी छन ।





Source link

Leave a Comment