उरमाल– चिया उमार्नेहरुको कथा
पाँच वर्ष लगाएर जब उपन्यास लेखिसिध्याएँ, तब फर्केर म फेरि एक चोटि तिनै पुराना दिनतिर आइपुगें, जति बेला पढ्नलाई म पहिलो चोटि डुवर्स झरेको थिएँ । र चिया कमानबीच आइपुगेको थिएँ ।त्यो उच्च माध्यमिक पढ्दै गर्दाको कुरा हो । म बाग्राकोटको बिडिआर बस्ती पुगेको थिएँ, जहाँ गीता दिदीको पुरानो घर …