तालाबन्दीबीच स्ववियु चुनावको तयारी, नेविसंघ र अनेरास्ववियु एक्लाएक्लै भिड्ने
८ फागुन, काठमाडौं । २०७९ चैतमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनको वर्तमान कार्यसमितिको कार्यकाल आगामी चैत ४ मा समाप्त हुँदैछ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याणकारी परिषद्ले स्ववियु चुनाव ५ चैतका लागि तोकिसकेको छ । छलफल नगरी चुनावको मिति तोकिएको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र विद्यार्थी कल्याणकारी परिषद् प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको …