दाइजोका रूपमा भित्र्याइएको अछामी होरी
समुदायअनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने होरीको इतिहास भने फरक छ। विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम भित्र्याइएको मानिन्छ। त्यसबेला राजा भान शाहलाई दाइजो के लिने भन्नेमा उनले नमर्ने कीर्ति दाइजो मागेका थिए। …