चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वाधार
एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका– ३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो। देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन। भौतिक पूर्वाधार निर्माण भएका थिएनन्। पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ। धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ। …