बाँकी कामको आकाश
जिन्दगीका पाटाहरू पल्टाउँदै जाँदा लाग्छ– हामी सबै एउटा यस्तो यात्री हौं, जो हातमा अधुरा सपनाको सूची बोकेर अनन्त यात्रामा निस्किएका छौं। बिहानको सूर्योदयसँगै सुरु हुने हाम्रा पाइला बेलुकीको शून्यतासम्म आइपुग्दा पनि थकित हुँदैनन्, किनकि अगाडि बाँकी कामहरूको एउटा विशाल आकाश फैलिएको हुन्छ। त्यो आकाश, जसको न कुनै सुरु छ, न …