राष्ट्रपति पौडेल जेनेभा प्रस्थान , जर्मनीको पनि भ्रमण गर्ने
प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न जेनेभा प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन उहाँ जेनेभा प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद …