न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत



प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत प्रक्षेपण गरिएको छ । ६० दशमलव २ प्रतिशत मत गणना हुँदा माम्दानीको जीत प्रक्षेपण गरिएको हो । आजको चुनावमा सन् १९६९ पछिकै उच्च मतदान भएको थियो । १७ लाख मतगणना हुँदा जोहरान माम्दानीले ८ लाख ६० हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।

३४ वर्षीय डेमोक्रेटिक समाजवादी ममदान सबैभन्दा आश्चर्यजनक राजनीतिक उथलपुथल ल्याउने अभियान पछि न्यूयोर्क शहरको नेतृत्व गर्ने पहिलो मिलेनियल र पहिलो मुस्लिम बन्ने तयारीमा छन्। उनले डेमोक्र्याटिक प्राइमरीमा कुमोलाई पराजित गरेका थिए ।

न्यूयोर्क सिटी मेयरको लागि ममदानी विजयी भएपनि औपचारिक घोषणा हुन बाँकी छ । ममदानीले आफ्नो ऊर्जा, आकर्षण, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, र उत्साही स्वयंसेवकहरूको अभूतपूर्व समूहको साथ नयाँ मतदाताहरूलाई मतदानमा ल्याएर यो विजय प्राप्त गरेका हुन्।

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत

आज नेपाली अमेरिकनहरु पनि उत्साहका साथमा मतदानमा सहभागी भएका थिए । मेयरका मुख्य उम्मेदवारहरू जोहरान मामदानी, एन्ड्रयू कुमो र कर्टिस स्लिवा रहेका थिए ।

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत
न्युयोर्कको क्वीन्समा  मतदानपछि एक नेपाली मतदान गरेको स्टीकर देखाउँदै । फोटो : राजन काफ्ले

आजको न्युयोर्कको मतदानमा हजारौं नेपाली अमेरिकनहरु मतदानका लागि योग्य थिए । न्युयोर्कको अस्टोरियामा बस्दै आएका नेपाली अमेरिकन बासु फुलाराले आज बिहानै न्यूयोर्क शहरको मेयरको चुनावमा मतदान गरेको बताउदै यो शहरको भविष्यमा योगदान पुर्‍याउने एक सरल तर अर्थपूर्ण तरिका भएको बताए । फुलारा न्युयोर्कका कानुन व्यवसायी समेत हुन् भने लामो समयदेखि न्युयोर्कको क्वीन्समा बस्दै आएका छन् ।

मेरिल्याण्डका नेपाली मूलका राज्य सांसद ह्यारी भण्डारीले भर्जिनिया, न्युजर्सी र न्युयोर्कमा बसोबास गर्ने नेपाली अमेरिकन र समुदायहरूलाई आज चुनावको दिन भएको स्मरण गराउँदै बाहिर निस्केर मतदान गर्दै लोकतन्त्रको उत्सव मनाउन प्रेरित गरेका थिए । उनले भनेका – “तपाईंको मत साँच्चै महत्त्वपूर्ण छ । यसलाई गणना गरौं र हाम्रो लोकतान्त्रिक भावनालाई बलियो बनाइराखौं ।”

अहिले अमेरिकाको चुनावमा १ लाख २५ हजारभन्दा बढी  नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ९५ हजार भन्दा बढी  नेपालीहरूले अंगीकृत रुपमा अमेरिकाको नागरिकता प्राप्त गरेका छन् भने अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपालीहरुलाई समेत जोड्दा यो संख्या १ लाख २५ हजारको हाराहारीमा छ ।

गतबर्षको  एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांक अनुशार पनि नेपाली अमेरिकन मतदाताको संख्या अमेरिकामा ९१ हजार ९ सय ९ रहेको थियो  । जसमध्ये २४ हजार ५ सय ६१ जना नर्थइस्टमा, १६ हजार ६ सय ४५ मिडवेष्टमा, ३१ हजार ९ सय ५३ जना साउथमा र १८ हजार ७ सय ५० जना वेष्टमा रहेका थिए । तर यो बर्ष अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्यासँगै उक्त संख्या पनि बढेको छ ।

सन् २०१४ सम्ममा २० हजारभन्दा बढी नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए।  सन् २०१५ देखि २०२३ सम्ममा ५६ हजारभन्दा बढी नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२४ र २०२५ को संख्या समेत जोड्दा यो संख्या लगभग ७५ हजार पुग्छ । यसरी कुला संख्या  जोड्दा ९५ हजार नाघ्छ ।

न्युयोर्क सिटी मेयरमा जोहरान माम्दानीको जीत

सन् २०२३ को आर्थिक वर्षमा ९ हजार ३ सय नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। जसमध्ये ४८३० जना महिला, ४४४० जना पुरुष र २० जना अन्य रहेका थिए । उनीहरुमध्ये ६ हजार ५ सय ८० जना विवाहित थिए भने २४१० जना अविवाहित थिए । २८० जनालाई अन्य र ४० जनालाई अज्ञातमा राखिएको छ ।

सन् २०२२ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ९,४०८ थियो, भने सन् २०२१ मा ७,२३२ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। पछिल्ला बर्षहरुमा लगभग १० हजारको हाराहारीमा नेपालीहरुले अमेरिकी नागरिकता लिइरहेका छन् ।

अमेरिकी जनगणना ब्यूरोले प्रकाशित गरेको अनुमान अनुसार २०२३ मा संयुक्त राज्य अमेरिकामा अनुमानित २,२५,००० मानिसहरूलाई नेपालीको रूपमा पहिचान गरिएको थियो। जसमध्ये  ४६% ले १० वर्षभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गरिरहेका  र ४७% ले अमेरिकी नागरिकता लिएका प्यु रिसर्च सेन्टरको तथ्यांक रहेको छ । यो तथ्यांकले झण्डै १ लाख ५ हजार नेपालीहरुले अमेरिकन नागरिकता लिएको बताउँछ भने डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटीको तथ्यांक पनि यसैसँग मिल्दोजुल्दो नै रहेको छ ।

 

 





Source link

Leave a Comment