एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण



प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार


गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्।

मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष एवं एनआरएनए विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’ ले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरेका थिए।

पचहत्तर लाख चौवालिस हजार रुपैयाँको लागतमा सम्पन्न यो परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली, र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ। योसँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू सीसीटीभीको निगरानीमा रहने छन्।

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले यो परियोजना केवल संरचना हस्तान्तरण नभई प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीकका रूपमा रहेको बताए।

उनले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरु गरेको बताउँदै त्यसका लागि एनआरएनएले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाए। श्रेष्ठले विश्वका स्मार्ट सहरहरू सिंगापुर, टोकियो, लन्डन र दुबईका ट्राफिक प्रणालीबाट प्रेरणा लिँदै नेपालमा पनि कृत्रिम बौद्धिकता (एआई) मा आधारित ट्राफिक व्यवस्थापन र रियल–टाइम डाटा मनिटरिङ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याए।

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

कार्यक्रममा एनआरएनएका सीईओ रवि किरण अधिकारीले संस्थाले हालसम्म गरेका गतिविधिहरू र आगामी परियोजनाहरूको बारेमा जानकारी प्रस्तुत गरे।

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

एनआरएनएले दोस्रो चरणमा मादक पदार्थ सेवन (मापसे) चेकिङका लागि ब्रेथलाइजरहरू हस्तान्तरण गर्ने जनाएको छ।

ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे।

उनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित ‘स्मार्ट सिटी’ को अवधारणामा लैजानुपर्नेमा जोड दिए। उनले ट्राफिक व्यवस्थापन केवल प्रहरीको काम मात्र नभई सम्पूर्ण सरोकारवालाको सामूहिक दायित्व भएको पनि बताए।

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

करिब ४० दिनको निरन्तर प्रयासपछि सम्पन्न भएको कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा एआईजी कार्कीले ट्राफिक म्यानेजमेन्टको ‘फोर ई’ सिद्धान्तको विस्तृत व्याख्या गर्दै नेपाल प्रहरीले अब प्रविधिमार्फत ‘फेसलेस’ कारबाही प्रणालीमा जाने लक्ष्य राखेको बताए। फोर ई मा ‘इन्जिनियरिङ’, ‘एजुकेसन’, ‘इन्भाइरन्मेन्ट’ र ‘इन्फोर्समेन्ट’ पर्छन्।

ट्राफिक प्रहरीको चुनौतीबारे एआईजी कार्कीले सवारी दुर्घटनामा मानवीय क्षतिको भयावह तथ्यांक प्रस्तुत गरे। उनका अनुसार नेपालको दुर्घटनामा हुने कुल मृत्युको ४४ प्रतिशत मोटरसाइकल प्रयोगकर्ता र ४२ प्रतिशत पैदल यात्री हुने गरेका छन्, जसले कुल मृत्युको ८६ प्रतिशत हिस्सा ओगट्छ।

उनले सार्वजनिक सवारी साधनका चालकले मादक पदार्थ सेवन गरेर आम नागरिकको जीउ-ज्यानसँग खेलबाड गरेको अवस्था किमार्थ स्वीकार्य नहुने बताउँदै मापसे तथा लागूपदार्थ सेवन विरुद्धको चेकिङलाई निरन्तरता दिइने बताए।

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

एआईजी कार्कीले यो महत्त्वपूर्ण कन्ट्रोल रुमको पुनर्निर्माणमा सक्रियताका साथ सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद् लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार व्यक्त गरे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौँको ट्राफिक व्यवस्थापनमा कन्ट्रोल रुमको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले राजधानीमा सवारी साधनको अत्यधिक चाप र साँघुरा सडकहरूको कारणले गर्दा ट्राफिक प्रहरी कर्मचारीहरूलाई भौतिक उपस्थिति मार्फत नै बढी खटिनुपर्ने अवस्था रहेको बताउँदै कन्ट्रोल रुमको पुनर्निर्माणबाट सहयोग पुग्ने बताए।

एनआरएनएद्वारा ७५ लाख लागतको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

एनआरएनएका उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’ ले ‘जेन जी’ आन्दोलनपछि क्षतिग्रस्त संरचनाहरूबारे जानकारी लिँदा सबैभन्दा महत्त्वपूर्ण काम भनेको सडक सुरक्षालाई मध्यनजर गरेर नै कार्यसमितिमा छलफल गरी ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणमा सहयोग गरिएको बताए। छोटो अवधिमै काम पूरा गर्ने तयारी गरिए पनि बीचमा दसैँ, तिहारजस्ता पर्व परेकाले केही समय लागे पनि गुणस्तरीय काम भएको सह-संयोजक रश्मि थापाले बताइन्।





Source link

Leave a Comment