आलम प्रकरणमा उच्चको अनौठो ठहर- ‘इँटाभट्टामा जलाइएकाहरूको लास भेटिएन, हत्या भन्न मिलेन’
१६ असार, काठमाडौं । बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारेको आरोप खेपेका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई उच्च अदालतको वीरगञ्ज इजलासले गत महिना सफाइ दियो । फैसला लगत्तै चौतर्फी प्रश्न उठेपछि न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई न्यायपरिषद्मा झिकाएर उनीहरूमाथि छानबिन चलिरहेको छ । न्यायपरिषद्मा तानिएर अनुसन्धान चलिरहेका बेला …