मिनेसोटा विद्यार्थी बलात्कार अभियुक्त नेपालीभाषी फयाल क्यालिफोर्नियामा पक्राउ, तामाङ फरार



प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार

मिनेसोटा विद्यार्थी बलात्कार अभियुक्त नेपालीभाषी फयाल क्यालिफोर्नियामा पक्राउ, तामाङ फरार

प्रहरीले मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीसँग सम्बन्धित बलात्कार मामिलामा संलग्न भएको आरोपमा २० वर्षीय दिपक फयाललाई क्यालिफोर्नियामा पक्राउ गरेको छ। अर्को संदिग्ध सुजन तामाङ भने अझै फरार रहेको सेन्ट क्लाउड प्रहरी विभागले खसोखासलाई जानकारी दिएको छ ।

बिहिबार फ्रिमोन्ट प्रहरी विभागको स्ट्रीट क्राइम्स युनिटले क्यालिफोर्नियाको फ्रिमोन्टमा फयाललाई पक्राउ गरेको थियो। गत नोभेम्बर १ मा राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्‍यु साउथमा भएको बलात्कारको घटनामा संलग्न भएको अभियोगमा फयाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

फयाललाई कुनै घटना विना नै हिरासतमा लिइएको थियो। सेन्ट क्लाउड प्रहरीले फयाललाई मिनेसोटाको स्टेर्न्स काउन्टीमा सुपुर्दगी गर्नका लागि हाल क्यालिफोर्नियामा राखिएको जनाएको छ।

मिनेसोटा विद्यार्थी बलात्कार अभियुक्त नेपालीभाषी फयाल क्यालिफोर्नियामा पक्राउ, तामाङ फरार

मिनेसोटा विद्यार्थी बलात्कार अभियुक्त नेपालीभाषी फयाल क्यालिफोर्नियामा पक्राउ, तामाङ फरार

प्रहरीले दोस्रो संदिग्ध १९ वर्षीय सुजन तामाङको पहिचान गरेको छ, तर तामाङ अझै फरार रहेको प्रहरीको भनाई छ । तामाङ पक्राउ परेपछि थप जानकारी उपलब्ध गराउने प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेका कारण तामाङको ठेगाना बारे थप विवरण खुलाइएको छैन। दुवै संदिग्ध नेपालीभाषी हुन्।

सेन्ट क्लाउड प्रहरी विभागले सार्वजनिक सहयोगको लागि आह्वान गर्दै घटनासँग सम्बन्धित कुनै पनि जानकारी भए जानकारी गराउन अनुरोध गरेको छ।

फयालविरुद्ध पहिलो र तेस्रो डिग्री आपराधिक यौन दुर्व्यवहार, साथै पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको आरोप लगाइएको छ। तामाङविरुद्ध भने पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको दुईवटा आरोप र चौथो डिग्री आपराधिक यौन दुर्व्यवहारको एक आरोप लगाइएको छ। उनीविरुद्ध देशव्यापी पक्राउ आदेश पनि जारी गरिएको थियो ।

उनीहरुले सेन्ट क्लाउड स्टेट युनिभर्सिटीकी एक महिला विद्यार्थीलाई बलपूर्वक उनको छात्रावास कोठामा लगी यौन आक्रमण गरेको अभियोग लगाइएको छ । उजुरीअनुसार पीडितले उक्त आक्रमणबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । सार्वजनिक सुरक्षाका अधिकारीहरूले फयाल र तामाङलाई संदिग्धको रूपमा पहिचान गरेका थिए।

बलात्कार घटनाको केही घण्टापछि फयालले पीडितलाई इन्स्टाग्राममार्फत सन्देश पठाएर उनको अवस्थाबारे सोधेको उजुरीमा उल्लेख छ । पीडितको चिकित्सा परीक्षणका क्रममा संकलित डीएनए नमूना फयाल र तामाङ दुवैसँग मिलेको उजुरीमा उल्लेख छ।

मिनेसोटा विद्यार्थी बलात्कार अभियुक्त नेपालीभाषी फयाल क्यालिफोर्नियामा पक्राउ, तामाङ फरार





Source link

Leave a Comment