प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार
एफबीआई निर्देशकको रुसमा काश पटेललाई अमेरिकी सिनेटले अनुमोदन गरेको छ । एफबीआईका आलोचक रहेका पटेलले नै कानून कार्यन्वयन गराउने निकायको नेतृत्व गर्ने अवसर पाएका छन ।
कंग्रेसको माथिल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पका उम्मेदवार पटेललाई अनुमोदन गरेको छ । रिपव्लिकन पार्टीका २ जनाले पटेलको विपक्षमा मतदान गरेका थिए ।
डेमोक्र्याटहरूले पटेलले ट्रम्पका विरोधीहरु विरुद्ध प्रतिशोध लिनेसक्ने चेतावनी दिएका छन । यद्यपि पटेलले कुनै पनि राजनीतिक प्रतिशोधको योजना नराखेको दाबी गरेका छन्।
ट्रम्पलाई अनुसन्धान गर्ने कानून प्रवर्तन अधिकारीहरूलाई ूअपराधी ग्याङस्टरू भनेर टिप्पणी गरेपछि पटेल विवादमा तानिएका थिए ।
पटेलको विपक्षमा सबै डेमोक्र्याट सिनेटर र दुई रिपब्लिकन उभिएका थिए । उनी ट्रम्पको शपथ ग्रहणको एक महिना पछि अनुमोदित भएका १८ औं मनोनित व्यक्ति भएका छन्।
ूएफबीआईको नवौं निर्देशकको रूपमा अनुमोदित भएपछि पटेलले सम्मानित महसुस गरेको बताएका छन । न्याय मन्त्रालयले एफबीआईका केही शीर्ष अधिकारीहरूलाई बर्खास्त गरेको थियो ।
धेरै रिपब्लिकनका लागि पटेल एक परिवर्तनकारी व्यक्ति हुन् । उनले राष्ट्रको शीर्ष कानून प्रवर्तन एजेन्सीमा लामो समयदेखि अपेक्षित परिवर्तन ल्याउन सक्ने संभावना छ ।
तर डेमोक्र्याटहरूले पटेल धेरै दक्षिणपन्थी षड्यन्त्र सिद्धान्तवादी र कानून प्रवर्तनमा धेरै कम अनुभव भएको व्यक्ति भएको बताएका छन ।
स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने संस्थामा राष्ट्रपति ट्रम्पप्रति वफादार व्यक्ति चयन हुनु राम्रो संकेत होइन भनेर डेमोक्र्याट्सहरुले आलोचना गरेका छन ।