सहकारीका पीडकहरू राजनीतिक दल खोल : RajdhaniDaily.com


नेपालमा लामो समयदेखि लोकतन्त्रको बहाली र पुनर्बहालीमा संघर्ष गर्दै थुप्रै थुप्रै आफ्ना कार्यकर्ताहरू र सन्ततिहरूलाई बलिवेदीमा चढाएका नेपाली नागरिकहरूको मन र मस्तिष्कमा श्रद्धाका साथ स्थान जमाउन सफल भएका व्यक्तिहरूबाट खोलिएका राजनीतिक दलहरू बिस्तारै जनताको नजरमा अप्रिय र अपाच्य बन्दै छन् ।

नेपाली नागरिकहरूलाई स्वतन्त्र हैसियत बनाउन कुरबानी गर्दै आएका यी दलका स्वतन्त्रका सेनानीहरू पनि आफ्ना नेताहरू देख्दा अवाक बनेका छन् । प्रायः यी ठूलो योगदान पु¥याउने राजनीतिक इतिहासमा स्वर्ण अक्षरले आफ्ना दलका नाम लेखाउन सफल भएकाहरू नै अत्यन्त विवादित छन् । भ्रष्टाचारमा लिप्त छन् । कुशासनमा जनतालाई असीम पीडा दिएर बाँच्न बाध्य बनाउने कार्यमा अग्रपंक्तिमा देखिएका छन् । आफ्नो दलको राजनीतिक आस्था र सिद्धान्तलाई समाप्त पार्दै व्यक्तिगत र समूहगत स्वार्थका लागि सबै प्रकारका सम्झौताहरू यी दलका नेताहरूले गरिराखेका छन् । इमानदार नेता तथा कार्यकर्ताहरू आफूले मत दिने दल र उम्मेदवार नपाएर राजनीतिक रूपमा द्वन्द्वमा रहेका छन् । आशा गर्नलायक राजनेता ४६ सालपश्चात् आजका दिनसम्म आउँदा देख्न सकिएन, पाउन सकिएन ।

यो नै नेपाली राजनीतिको अत्यन्त दुःखद पाटो हो, किनकि लामो समयदेखि तानाशाहीतन्त्रबाट मुक्ति दिलाई नेपाली जनतालाई सार्वभौम बनाउन सफल यी नेताहरू नै विवादको चरम सीमामा परिरहँदा अब नेता तथा कार्यकर्ताहरूले आफ्ना इमानदार त्यागी नेताहरू राजनीतिक बजारमा देख्न छाडेका छन् । यही अवस्थामा केही स्वतन्त्र उम्मेदवारहरूहरूले उम्मेदवार दिई केहीले विजय हासिल गरेका छन् । तर दलीय शासन प्रणालीमा उनीहरूको खासै प्रभाव देखिन सकेको छैन । किनकि यी स्वतन्त्र जनप्रतिनिधिहरू एक्लो बृहस्पति बन्दै गएका छन् । दलीय कित्तामा संलग्नहरूको बाहुल्य दलीय शासन प्रणालीमा सबैतिर हुनु स्वाभाविकै हो । त्यसैले स्वतन्त्र हैसियतमा निर्वाचनमा विजय हासिल गर्नेहरूले आफ्ना एजेन्डाहरूलाई संस्थागत रूप दिन सकिराखेका छैनन् ।

उनीहरू आफ्नो अधिकार क्षेत्रभित्रको प्रयोग गर्दा जनताका नजरमा गिर्ने काम नगर्ने र थोरै काम गर्दा ठूलो प्रचारप्रसार हुने काममा आकर्षित भएका छन् । अर्को अर्थमा स्टन्टबाजी गरिराखेका छन् । स्वतन्त्र हैसियतमै राजनीतिमा संलग्न भई राखेकाहरू पनि आफ्ना एक दुईवटा स्टन्टबाजीको सफलताबाट उत्साहित हुँदै राजनीतिक दल खोल्न पुगी सम्मानजनक स्थिति संसद्मा दिलाउन सफल भई राष्ट्रिय राजनीतिमा अस्तित्वमा आएका छन् । तर, कुनै पनि व्यक्तिका पछाडि उसको इतिहास रहेको हुन्छ । इतिहासमा धेरै कुराहरू पाउन सकिन्छ । मात्र अनुसन्धान र अन्वेषण जरुरी हुन्छ । यस हिसाबले हेर्दा यस्ता दलमा पनि विदेशप्रति आकर्षण भएका नेपालको राष्ट्र र राष्ट्रियताप्रति खासै माया, मोह, स्नेह, श्रद्धा नभएका सबैतिर विवादमा मात्रै आइराखेका व्यक्तिहरू पाइएका छन् । यस्ता व्यक्तिहरूबाट गठन भएको राजनीतिक दलको प्रभाव दीर्घकालीन रूपमा पर्न सक्दैन ।

अपवादका रूपमा यी दलहरूमा आबद्धता दिएकाहरू क्षमतावान् र इमानदार हुँदै गर्दा पनि उनीहरूको नेतृत्व बदनाम हुँदै गर्दा र अधिकांश त्यस्ता दलहरूमा रहेका व्यक्तिहरू विवादित अपरिपक्व देखिँदा उनीहरूको राजनीतिक भविष्य खासै उज्ज्वल देखिँदैन । केही दिन आफ्नो दलका पात्रहरूको मुखुन्डो नउत्रिँदासम्म नेपाली मतदाताहरूलाई गुमराहमा राख्न सफल हुने हुन् । यही अवस्थाबाट नेपाली राजनीति गुज्रिएको छ । अब चिन्तन गर्नुपर्ने अवस्था हो । यो देशलाई कसरी सुशासन दिने, आर्थिक समृद्धि हासिल गर्ने । यस दिशातर्फ अभिमुख हुने हो । यो पवित्र गन्तव्य नेपालको सन्दर्भमा कठिन हुँदै आएको छ । त्यसैले के देश योभन्दा विकराल अवस्थामा पुग्ने त होइन ? आशंका भइराखेको छ । यस अर्थमा यो देश अझै बढी ध्वस्त हुने आशंकाका बीच यो आलेखलाई त्यसैमा केन्द्रित गराई तयार पार्ने प्रयास गरिएको छ ।

एक बौद्धिक जमघटमा सहकारी ठगहरूको ’boutमा छलफल भइरहेको थियो । उनीहरूको विचारमा सहकारीका ठगहरू एकै ठाउँमा उभिई राजनीतिक दल गठन गरेमा उनीहरूले यस देशको शासन सञ्चालन गर्न सक्ने किटानीका साथ निष्कर्ष निकालिराखेका थिए । स्तम्भकार स्तब्ध हुँदै देशको अवस्थाका ’boutमा उनीहरूको–चर्चा परिचर्चा र छलफल सुनिराखेको थिएँ ।

उनीहरूका विचारमा जे जस्ता आधारहरूसहित प्रस्तुत भइराखेका थिए । ती आधारहरू कमजोर भने थिएनन् । आज यस आलेखमा तिनै आधारहरूको ’boutमा छलफल अघि बढाउने सोचका साथ विश्लेषण गरिराखेको छु । सर्वप्रथम त नेपालमा भ्रष्टाचार अत्यन्त ज्यादा व्याप्त भयो । उच्च तहका राजनीतिज्ञहरू नीतिगत निर्णय गर्दै र राजनीतिक निर्णयका आधारमा भ्रष्टाचारमा लिप्त छन् । उनीहरूले अकुत सम्पत्ति आर्जन गरिराखेका छन् । कारबाही प्रायः कसैमाथि पनि उल्लेखनीय रूपमा हुन सकेको छैन । दोस्रो दर्जाका कार्यकर्ताहरू तथा नेताहरू ठूलाठूला घोटालाहरूमा बिचौलियाको कार्य गर्दै त्यसैबाट आर्जित रकमको अपचलन गर्दै राजनीतिमा व्यस्त छन् । अस्तित्वमा रहेका छन् । राजनीतिलाई कमाई खाने भाँडो वर्तमान अवस्थामा सबै राजनीतिक दलहरूले बनाइराखेको अवस्था छ । अर्को एक पंक्तिको काम सहकारी संस्थामार्फत ठूलो रकम अपचलन गर्दै सर्वसाधारण बचतकर्ताहरूलाई जिउँदै मरेतुल्य बनाई आफू सुखसयलका साथ जीवन व्यतीत गरिराखेका छन् । नेपाली समाज तिनै ठगहरूलाई इज्जत दिन चाहन्छ ।

नेपालका राजनीतिज्ञहरू उनीहरूकै सुरक्षा र संरक्षणमा व्यस्त रहेका छन् । किनकि यस्ता अपराधीहरूबाट आवश्यक आर्थिक सहायतासमेत राजनीतिक दलका नेताहरूले प्राप्त गर्छन् । निर्वाचनको समयमा यिनै ठगहरू हावी हुन्छन् । चुनाव प्रचारप्रसारमा खटिन्छन् निर्वाचनमा ठूलो रकम लगानी गरी निर्वाचित हुन्छन् । निर्वाचित गराउँछन् । यस्ता होनहार कार्यकर्ताहरूलाई उत्साहित बनाउँदै लैजाने कामलाई देशको आर्थिक समुन्नतिको परिभाषा यी तथाकथित भ्रष्ट नेतागणहरूले गरिराखेका छन् । सहकारीको रकम ब्रह्मलुट गरी आम बचतकर्ताहरूलाई लुटिन सक्ने वातावरण निर्माण गर्ने क्रममा नेपालका कानुन निर्माताहरू नै लागेका छन् । किनकि उनीहरूले सहकारीसम्बन्धी ऐन र नियमहरू अत्यन्त उदार र अपराधमैत्री बनाएका छन् ।

विडम्बना नै भन्नुपर्छ ठूला ठगहरूमध्ये अधिकांश जनप्रतिनिधिकै आवरणमा देखिएका छन् । जो प्रत्यक्ष जनप्रतिनिधिहरूका रूपमा विराजमान छैनन् उनीहरूको पछाडि राजनीतिक नेतृत्वको आशीर्वाद रहेको छ । नेपाली जनता यिनै तथाकथित नेताहरूको मीठो अभिव्यक्तिका पछाडि लागि यिनीहरूलाई नै समर्थन गर्न थोरै पनि असहज मान्दैनन् । पटक पटक यिनै लोभीपापी अपराधीहरू नेपालको राजनीतिमा जमेर बसेका छन्

उदाहरणका लागि अर्बाैं रुपैयाँ अपचलन र ठगी गर्नेहरू बढीमा सात वर्ष कारागार जीवन व्यतीत गर्दा उनीहरूलाई अन्य कुनै कानुनले थप सजाय दिन सक्ने अवस्था छैन । सात वर्ष जेल बसेर सम्पूर्ण जीवन सुखसाथ व्यतीत गर्न आँट गर्ने जोकोहीले सहकारी ठगीमा संलग्न हुँदा हुन्छ । यस्ता ठगहरूले आफ्ना नाममा कहीँ कतै कुनै पनि प्रकारको चलचल सम्पत्ति राखेका हुँदैनन् । यस अर्थमा पनि उनीहरूलाई बढीमा सात वर्ष कारागारको सजाय दिनुभन्दा अन्य कुनै कारबाही गर्न सकिने अवस्था छैन । दोस्रो हो, यी अपचलनकर्ताहरूलाई अदालतबाट दोषी प्रमाणित गर्न पनि अत्यन्त कठिन छ । स्रोतसाधन अपचलनकर्ताहरूसँगै हुन्छ । राजनीतिक नेतृत्वले उनीहरूलाई नै साथ दिएको हुन्छ ।

राजनीतिक दलका शीर्षस्थहरूदेखि दोस्रो तेस्रा तहका नेताहरूले पीडितहरूलाई आश्वासन बाँड्नेबाहेक अन्य केही गरी राखेका छैनन् । उनीहरू पीडितहरूलाई गुमराहमा राख्न मात्र तल्लीन छन्, किनकि यिनै अपराधीहरूसँग साँठगाँठ गरी फाइदा लिई अपराधीका रूपमा उनीहरूले आफ्नो पहिचान बनाइराखेका छन् । यस अर्थमा पनि स्रोत साधनसम्पन्न बनेका सहकारीका पीडकहरूलाई नेपालको कानुनले समेटी कडा कारबाही गर्न सक्ने अवस्था देखिँदैन । अदालतलाई लोकतन्त्रप्रेमी सबैले सम्मान गर्नुपर्छ । तर, सम्मानित संस्थाका पात्रहरूमा धेरै प्रकारका कमीकमजोरीहरू पाइएका छन्, यस्ता पात्रहरू राजनीतिक दलको आवरणमा न्यायमूर्तिका रूपमा विराजमान रहेका छन् । एक भुक्तभोगी पीडक न्यायका लागि याचना गर्दै अदालतको ढोकामा पुग्दा न्यायमूर्तिका रूपमा बसेका राजनीतिक कार्यकर्ताहरूसँग जम्काभेट हुन पुग्ने अवस्था छ ।

यस अवस्थामा सम्मानित अदालतको गरिमा र त्यस अदालतबाट प्राप्त हुने न्यायका ’boutमा आशंका हुने नै भयो । अदालतबाट अपराधी प्रमाणित गरी कारावास जीवन व्यतीत गरेकाहरूले पनि जनप्रतिनिधिको रूपमा स्थापित हुन पाउने नेपालको कानुन छ । नैतिक पतन देखिने अपराधलाई न्यायपालिकाले अथवा न्यायाधीशले स्पष्ट रूपमा व्याख्या गरी सहकारीका पीडकहरूलाई पनि सोही वर्गमा दर्ज गरेको अवस्था हालसम्म देखिएको छैन । यस स्थितिमा सहकारीका ठगहरू सहजै यस देशको कार्यकारिणी प्रमुख राष्ट्रपति सबै बन्न सक्ने ढोका यो देशको संविधान र कानुनले खुला राखिदिएको छ ।

सहकारी ठगहरू राजनीतिमा सफल हुने अर्को आधार हो । नेपाली मतदाताहरू अत्यन्त छिटो अपराधीहरूप्रति विश्वास गर्न पुग्छन् पुराना दलहरू इमानदार नहुँदाको परिणामको रूपमा यसलाई लिनुपर्छ । अहिले सहकारीको ठगी मामिलामा अनुसन्धान भइराखेका हिरासतमा रहिआएका केस मामिला अभियोजनको अवस्थामा रहेका र अभियोजन भएकाहरूमध्येलाई स्मरण गरौं ।

कोही अथा लुट मचाएर उक्त सम्पत्ति विदेशमा रहेका आफ्ना सन्ततिका नाममा पठाई यस देशमा ठूलो राष्ट्रिय दलको सदस्यता लिई सांसदसमेत बनेका छन् । कारावासको जीवन व्यतीत गरिराखेका छन् । विभिन्न दलहरू निर्वाचित र नेतृत्वको कृपा पात्रहरू क्रमशः विवादमा आइराखेका छन् । कोही पलायन छन् । कोही कारागार चलान भएका छन् । कोही चलान हुने क्रममा छन् । तर, विडम्बना नै भन्नुपर्छ ठूला ठगहरूमध्ये अधिकांश जनप्रतिनिधिकै आवरणमा देखिएका छन् । जो प्रत्यक्ष जनप्रतिनिधिहरूका रूपमा विराजमान छैनन् उनीहरूको पछाडि राजनीतिक नेतृत्वको आशीर्वाद रहेको छ । नेपाली जनता यिनै तथाकथित नेताहरूको मीठो अभिव्यक्तिका पछाडि लागि यिनीहरूलाई नै समर्थन गर्न थोरै पनि असहज मान्दैनन् । पटक पटक यिनै लोभीपापी अपराधीहरू नेपालको राजनीतिमा जमेर बसेका छन् । यी अपराधीहरूको विगत नेपाली जनतालाई राम्रो ज्ञान छ । उनीहरूले विगतको आर्थिक अवस्था र अहिलेको यथार्थको सही मूल्यांकन दिनप्रतिदिन गरिराखेका छन् । तिनै कुपात्रहरूलाई निर्वाचनको समयमा मत मागिदिने र मतदान गर्ने यिनै सहकारी पीडितहरू हुन् ।

सहकारीपीडितका रूपमा रहेकाहरू नै सहकारी पीडकको आशंकामा अनुसन्धान भइराखेका व्यक्तिहरूलाई छुटाउन नाराबाजी गर्ने, निर्णायक निकायहरूलाई प्रभावमा पार्ने प्रकारका हर्कतहरू सधन रूपमा गरी आएका छन् । यसले गर्दा पीडकहरू अत्यन्त ज्यादा उत्साहित बनेका छन् । आफ्नो पेसालाई निरन्तरता दिन चाहन्छन् । किनकि यही पेसाबाट आम रूपमा जनतालाई मर्माहत बनाई तिनै मतदाताहरूको मतबाट शासन सत्तामा पुग्न सफल भइराखेका छन् । यस अवस्थामा अपराधीहरू उत्साहित हुने नै भए । नेपालको प्रचलित कानुनले कुनै पनि अपराधीलाई मृत्युदण्डको व्यवस्था गरेको छैन । ठूलाठूला अपराधकर्म गर्नेहरूलाई पनि निर्वाचनमा सहभागिता दिन बन्देज लगाएका छैनन् । त्यसैले देश परिस्थितिअनुसार यिनै यस्तै अपराधीहरूले नै यस देशमा लामो समयसम्म रजगज गर्ने सम्भावना अझ बढी देखिँदै गएको छ ।

अखबारहरूमा सम्प्रेषण भएका समाचारहरूलाई सूचनाहरूलाई ग्रहण गर्दा यस्ता सहकारीका रकम अपचलनकर्ताहरू सबै दलका प्रभावशाली नेताहरू नै देखिएका छन् । उनीहरूले अपचलन गरेको रकम सबै हिसाब गर्दा अर्बांैबराबर छ । यस अवस्थामा यस्ता अपराधीहरूलाई नेपालको राजनीतिक प्रणालीले उत्साहित मात्र बनाएको छ । त्यसैले सहकारीका पीडकहरू सबैले शीघ्र राष्ट्रिय भेला बोलाई एउटा राजनीतिक दल खोली तदर्थ समिति गठन गरी विधिवत् राजनीतिक दल दर्ता गर्न उपयुक्त समय नै यही भएको निष्कर्ष समाजका अग्रजहरूले निकाल्न थालिराखेका छन् । ढिलोचाँडो यसप्रकारको राजनीतिक दल गठन भएमा र त्यही राजनीतिक दलले मीठामीठा अभिव्यक्तिहरू दिई सीधासाधा नेपालीहरूको मत प्राप्त गरी उनीहरूकै सम्मानित प्रतिनिधिको हैसियत बनाए भने यस देशमा जोकोहीले आश्चर्य नमान्दा हुन्छ ।

जनताको अवस्था पनि अत्यन्त कमजोर छ । किनकि सहकारीका ठूला ठगहरू उनीहरूको एकाउन्टमा खातामा रकमा आएको पनि थाहा पाउँदैनन् । आफ्ना मानिसहरूलाई रकम पठाएको पनि पत्तै हुँदैन । त्यो रकम पनि सानो हुँदैन अर्बको हाराहारीमा हुन्छ । यिनै अभियुक्तहरू सहकारीको पीडितहरूको सबै रकम फिर्ता गराउने वाचा गर्छन् । कम्तीमा पनि आफूलाई लगाएको अभियोग र मुद्दाबाट सफाइ पाएमा मात्र यस्तो प्रतिबद्धता व्यक्त हुनुपथ्र्याे । यहाँ जो ठूलो अपराधीको हिसाबले अनुसन्धानको दायरामा परिराखेका छन् । उनीहरूले नै सहकारी पीडितहरूलाई राहत दिने कार्यक्रम दिन्छन् । हामी पीडितहरू नेपाली नागरिकहरू र सोघोषित सचेत वर्ग सबै यस्तै कुराहरूमा विश्वास गर्छौं । यस अवस्थामा हामी सबैले अभियुक्तहरूले नै सहकारी पीडितको डुबेको रकम अठासी अर्ब फिर्ता गराइदिन्छन् भनेर विश्वास गर्नुपर्ने भएको छ ।

नेपालका केही युवाहरू यही विश्वासमा नाराबाजी गर्दै सडकमा उत्रिएका छन् । यसलाई हामीले कानुनी राजका रूपमा स्वीकार गरिदिनुपर्छ । योभन्दा ठूलो दुर्भाग्य देशका लागि के हुन सक्छ ? तसर्थ सहकारीका पीडकहरूले शीघ्र राजनीतिक दल खोल्नुहोस् । मत दिने नेपालीहरू तयार छन् । सरकार बनाउनुस् ढुकुटी पनि लुट्नुस् । देशले आज यही माग गरिरहेको छ । यसप्रकारका टीकाटिप्पणीहरू सचेत वर्गमा साधारण रूपमा भइराखेको स्थिति छ ।

(Visited 3 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School