मानिसको उत्पत्ति पृथ्वीको कुन भागमा भएको थियो भन्ने विषयमा विद्वान् खोज अनुसन्धानकर्ताहरूको मतैक्यता छैन । सर्वप्रथम मानव उत्पत्ति भएको स्थान पहिचान गर्न विश्वको कुन कुन स्थानमा प्राचीन मानवका अवशेषहरू प्राप्त भए तथा तीमध्ये सबैभन्दा पहिलो कुन हो भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ । यही विषय खोजी गर्ने क्रममा अफ्रिकाको बेचुआनल्यान्डको टाँग्स भन्ने स्थानको गुफाभित्र एक बालकको शिरको हाड भेटिएको थियो । त्यो पुच्छरविहीन बानर मानवको अंग भएको र मानवसँग मिल्दोजुल्दो भएको मानियो । यो अन्वेषण १९८१ सालमा गरिएको थियो । यसको लगत्तै अन्वेषणकै क्रममा १९९५ सालमा अफ्रिकाकै टाँसक्षेत्रनजिक स्टर्क फौन्टिन भन्ने स्थानमा युवा मानव प्राणीको हाडखोर भेटिएका थिए ।
धेरै मानवशास्त्रीहरूले मानव जातिको उत्पत्ति सर्वप्रथम एसियामा भएको पुष्टि गर्न थालेपछि खोज अनुसन्धानकर्ताहरू एसियातर्फ खोज अन्वेषणमा जुटे । यस क्रममा जावा, पेकिङ मानव चीनमा भेटियो । १९८३ सालमा चीनको चौकुतियान भन्ने स्थानमा गुफामा पूरा मानवका दुईवटा दाँत भेटिए । त्यसको एक वर्षपछि नै अन्य दाँत र त्यसको पनि दुई वर्षपछि मानव शरीर नै फेला प¥यो । यसपछि भने पूरा मानवको पहिलो उत्पत्तिस्थल चीन हो भन्ने स्वीकार गरियो । प्राचीन मानवलाई मंगोल, निग्रो, रेडइन्डियन र मलक्का मानव गरी चार भागमा बाँडियो ।
नेपाल र भारतको भूभागभित्र आदिम मानवको उत्पत्तिका ’boutमा पछि मात्र खोज अनुसन्धान प्रारम्भ भएको थियो । नेपाल, पाकिस्तान र भारतको सिवालिक क्षेत्रमा खोजी गर्दा प्राचीन मानवका अवशेषहरू पाइए । त्यो अवशेषलाई सिवापिथेकस नामकरण गरियो । १९८७ सालमा भारतको सिवालिक प्रदेशमा, २०१४–१५ सालमा चीनका विभिन्न ठाउँमा २०१९ सालमा केन्यामा, २०२९ सालमा युनानमा २०३१ सालमा टर्कीमा, २०३४ सालमा हँगेरी र पाकितानमा तथा अन्त्यमा २०३७ सालमा नेपालमा प्राचीन मानवको अवशेष खोजी गरिएको थियो । चीनको युन्हान प्रान्तमा एकै प्रकारका मानव आकृति भेटिकाले त्यसलाई रामनगरवानर (रामापिथेकस) नामकरण गरिएको थियो । उपरोक्त अवशेषहरूमध्ये केन्यामा प्राप्त अवशेषलाई रासायनिक परीक्षण गर्दा १ करोड ४० लाख वर्ष पुरानो भएको पाइयो । यसैगरी, भारत, चीन र पाकिस्तानमा प्राप्त अवशेष ८५ लाख वर्ष पुरानो तथा नेपालमा २०३७ सालमा बुटवलको तिनाउ नदी किनारमा पाइएको अवशेष १ करोड १० लाख वर्षअगाडिको मानिएको थियो ।
उपरोक्त स्थानमा पाइएका मानव अवशेषहरूमध्ये रामनरवानरका बँगरा केन्या, भारत, पाकिस्तान र नेपालमा पाइएका छन् भने चीनमा खप्पर भेटिएको छ । स्मरण रहोस्, नेपामला वैज्ञानिक तरिकाबाट प्रागैतिहासिक वस्तुहरूको खोजी गर्ने कार्यमा नेपालीहरूलाई कुनै चासो भएन । विदेशीहरूकै प्रयासले २०१९ सालमा पुरातŒव विभागलाई सहयोग गर्ने सर्तमा काठमाडौंको बागमती र विष्णुमतीका दोभानमा उत्खनन कार्य गरिएको थियो । त्यसबखत कुनै अवशवेष प्राप्त भएन । प्राचीन मानवका अवशेष सानाभन्दा ठूला नदीका किनारमा हुन सक्ने अनुमान गरी नारायणी, कोसी, राप्ति, अरुण, कर्णाली र भेरी नदीका किनार क्षेत्रमा खोजी गर्ने योजना बन्यो । यस क्रममा २०२१ सालमा लुम्बिनीको त्रिवेणी घाटमा एक सर्वेक्षण गरिएको थियो । २०२५–२६ सालमा नवलपरासीको त्रिवेणीघाट, खेराखोला, कोथाला, भीमवन खतनपुरा, पिठाउन्नीघाट, डण्डा, त्रिभुवनटार, तरावा एवं जितु जज्ता ठाउँमा औजारहरू फेला परेका थिए । यही क्रममा खोजी गर्दा चितवनको रामपुुरस्थित कृषि फर्मभित्र प्राचीन मानवले प्रयोग गरेका विभिन्न वस्तुहरू फेला पारेका थिए । मानव अवशेष प्राप्त भएको स्थानको आधारमा तराईभन्दा भित्री मधेस क्षेत्र मानव बस्तीका दृष्टिबाट प्राचीन भएको यकिन गरिएको थियो ।
२०३७ सालमा बुटवललाई केन्द्रबिन्दु मानी तिनाउ नदीको दाहिनतर्फको किनारमा अमेरिकन उत्खननकर्ता डा. जेन्स मुन्थेको नेतृत्वमा नेपाली र अमेरिकी संयुक्त उत्खनन टोलीले अन्वेषणात्मक उत्खनन गर्दा पहरामा टाँसिएको अवस्थामा माथि उल्लिखित १ करोड १० लाख वर्ष पुरानो, रामापिथेकसको माथिल्लो बायाँ बंगरा फेला परेको थियो । नेपालमा करिब १ करोड १० लाख वर्ष पहिलेदेखि बुटबलको तिनाउ नदी आसपासको क्षेत्रमा सर्वप्रथम मानिसको बसोबास भएको थियो भन्ने भरपर्दो प्रमाण नै यही हो ।
प्राचीन मानवको उत्पत्ति कहाँबाट भयो भन्ने कुरामा पुरातत्वविद्हरूले धेरै चिन्तन र परिश्रम पनि गरे । निचोडमा हिमाली भेग नै पहिलो मानव उत्पत्ति क्षेत्र भएको कुरामा उनीहरू सहमत भए
हुन त मानिसको उत्पत्ति, कहाँबाट कहिले भयो भनी खोजी गर्ने कार्य विश्वमै सर्वप्रथम १७६४ सालमा स्वीडेनका ‘कारोलस लिनासस’ नामक उत्खननकर्ताले प्रारम्भ गरेका थिए । त्यसको ७० वर्षपछि अफ्रिका, एसिया, अन्टार्टिका, अमेरिका तथा भेनेजुएलामा खोज अनुसन्धान गर्दा २० हजार वर्ष पुराना मानिसले प्रयोग गरेका सांस्कृतिक अवशेष प्राप्त भएको थियो । युरोपियनहरूले युरोपलाई नै पहिलो मानव उत्पत्तिस्थल मानेको भए तापनि माथि उल्लिखित तथ्यले त्यसलाई स्वीकार गरेन । नेपालको हिमाल र पहाड क्षेत्रमा प्राचीन मानवको बसोबास स्थल रहेको विश्वास भएपछि क्रमशः उत्खनन कार्य पनि प्रारम्भ हुँदै आयो ।
उत्खननको क्रममा चरिकोटमा प्राचीन मानवले प्रयोग गरेको हाते बन्चरो, नवलपरासीको डण्डी खोला छेउ कोट्टेनरीमा विभिन्न आकृतिका पाषाण हतियारहरू, मोरङ, झापा, बैजन्तपुरमा ढुंगे बन्चरा प्राप्त भएका थिए । प्राप्त ढुंगे औजारले नेपाल ढुंगे सभ्यतामा मौलाएको क्षेत्र मानिएको छ । काठमाडौं उपत्यकामा भने प्रागैतिहासिक अवशेष कमै मात्र पाइएका छन् । यसो हुनुको कारण उर्वर कृषियोग्यस्थल भएको मानिसको बस्ती विस्तार एवं खनजोत गर्दा नष्ट भएर प्राप्त हुन नसकेको निष्कर्षमा उत्खननकर्ता पुगेको देखिएको छ । तथापि काठमाडौंको भद्रबासमा केही चीजवस्तु पाइएका थिए, जसलाई डक्कन कलेज पुनामा रासायनिक परीक्षण गरियो । यसैगरी चापगाउँ, नख्खु सिवालिक क्षेत्रका प्राप्त अवशेषहरू पनि भारतको कश्मीर क्षेत्रमा प्राप्त अवशेषसँग मिल्दोजुल्दो भेटियो ।
अन्ततः अन्वेषणकर्ताहरू हिमाली क्षेत्रमा प्राचीन मानवको बसोबासस्थल भएको विश्वासमा पुगे । यस क्रममा चीनको विज्ञान प्रतिष्ठानले नेपालको सगरमाथा क्षेत्रमा उत्खनन गर्दा वैज्ञानिक तथ्यांक पायो । त्यही क्षेत्रमा ‘हिप्पोरियन’ नामक तीनखुर भएको घोडाको अवशेष फेला प¥यो । मानिसको हत्केला, हाँसको खुट्टो देवदारुको टुक्रो, माटाका भाँडाका टुक्रा आदि पाइयो । समुद्र सतहदेखि १ हजारदेखि ३ हजार मिटरको उचाइसम्म प्राचीन मानव अवशेष प्राप्त भएका छन् । यसर्थ मानिसको उत्पत्तिका सन्दर्भमा सगरमाथाको उत्तर, दक्षिण पाटोदेखि हिन्दकुश हिमालभर रहेको कुरामा जीवशास्त्रीहरू सहमतिमा पुगे । यो कुरालाई नेपालकै उल्लिखित हिमाली पहाडी क्षेत्रमा प्राप्त प्रागमानव अवशेषले नै पुष्टि गर्छ ।
विश्वकै इतिहासविद्हरूकै मानव उत्पत्ति, विकास र विस्तारका ’boutमा एकमत छैन । कसैले विश्वको सबैभन्दा पुरानो इपू ४५ सयमा विकसित सुमेरियन सभ्यतालाई पहिलो सभ्यता मानेका छन् । सुमेरु सभ्यतालाई पहिलो सभ्यता मान्ने इतहिासकारहरूले मिस्रको सभ्यतालाई दोस्रो सभ्यता मान्छन्, जसको विकसित स्वरूप इपू ४ हजार वर्षपहिले भएको मानेका छन् । कतिपयले मिस्रककै सभ्यता सबैभन्दा पहिलो हो, यसको स्थापना इपू ५ हजारमै भएको थियो, भनेका छन् । खोज उत्खननबाट प्राप्त सामग्री मात्रै इतिहासका यथेस्ट स्रोत होइनन् । तथापि, यसलाई पनि हामीले इतिहास लेखनको आधार मान्न सकिन्छ । किनकि मृतक व्यक्तिको चिहान, स्मसानघाट, गुफामा पाइने चीजवस्तु, सामाजिक चरित्र, संस्कृति, लुगाकपडा, हातहतियार र शृंगारका सामानबाट धेरै कुरा थाहा पाउन सकिन्छ । दृष्टान्तका लागि नारीको चिहानमा ऐना, चुरा, गहना, लामा रौं, लुगा छोटा हाडखोर भेटिन्छ भने पुरुषको चिहानमा हतियार, लुगा, गहना, लामा हाड र भाँडाबर्तन पाउन सकिन्छ । यस्तै, चीजवस्तुको प्राप्त अवस्थाले इतहिासको स्रोत पहिचान गर्न सकिन्छ ।
प्राचीन मिस्रको सभ्यतादेखि नै मृतक व्यक्तिलाई चिहानमा राख्ने प्रचलन प्रारम्भ भएको विश्वास गरिएको छ । मिस्रका विशाल पिरामिड यसैका दृष्टान्त हुन् । पुरातत्वविद्हरूले जमिनभित्रका अवशेषबाट इतिहास पत्ता लगाउने प्रयास गरेका हुन्छन् । प्राचीन मानवको उत्पत्ति कहाँबाट भयो भन्ने कुरामा पुरातत्वविद्हरूले धेरै चिन्तन र परिश्रम पनि गरे । निचोडमा हिमाली भेग नै पहिलो मानव उत्पत्ति क्षेत्र भएको कुरामा उनीहरू सहमत भए । विशेषगरी, सगरमाथाको १५ किलोमिटर क्षेत्रबीचको उपत्यकामा सर्वप्रथम मानव सभ्यता मौलाएको विश्वास गरिएको छ । यसर्थ प्रागैतिहासिक सभ्यतालाई अध्ययन गर्न सकिने नेपालकै मुस्ताङ भेकमा रहेका गुफाको अध्यापनले ठूलो सहयोग पु¥याएको छ । ती गुफामा प्राचीन मानवका लुगा, हाड, भाँडा, तामाका वस्तु, धनुवाणका टुप्पा, कस्तूरी, काठका चम्चा, ढुंगाका भाँडाबर्तन प्रशस्त मात्रामा पाइएका छन् । ती वस्तुहरूले नेपालको मानव सभ्यतालाई प्राचीन इरान र क्रेटको सभ्यतासँग तुलनामा गर्न सकिने भएको छ ।
नेपालको हिमाली र पहाडी भेक विश्वकै पुरानो प्राचीन मानव बसोबास स्थलमध्येमै पर्छ भन्ने कुरा माथि दिइएको तथ्यले नै पुष्टि गर्छ । विश्वकै पुरानो बसोबासस्थलबाट हुँदै आएको बस्ती विस्तार र विकासको विद्यमान अवस्थाका ’boutमा पनि संक्षिप्त चचा गरौं । विश्व अहिलेसम्म प्राप्त ऐतिहासिक तथ्यको आधारमा मानव उत्पत्ति र विकासमा नेपाल विश्वकै दोस्रो स्थानमा पर्छ । नेपालको हिमवत् खण्ड मानव उत्पत्ति, विकास र विस्तारमा अग्रणी स्थल हो भन्ने कुरा तथ्यले नै स्वीकार गरेको छ । यही भूमि ऋषिमहर्षिको तपोभूमि भएको मान्यतालाई अनुसन्धानले समर्थन गरेको छ । आदिम मानवको उत्पत्ति, विकास र विस्तारको अवस्थालाई दृष्टिगत गर्दा माथि उल्लिखित रेड इन्डियन, मंगोल, निग्रो र मलक्का मानवमध्येबाटै बसोबास विस्तार र विकासको क्रममा मानिस अनेकौं समूहमा विभाजित एवं परिचित हुँदै आयो । अहिलेसम्म नेपाली भूमिमा उपरोक्त ४ समूहकै प्राचीन मानवमध्येबाटै उत्पन्न भएका अनेकौं जातजाति र थरले परिचित मानवको बाहुल्य रहँदै आएको छ ।
हामीले अहिले देख्दै आएको समुदायको विस्तार, बसोबास र विकास प्राचीन ४ मानव समूहभित्रकै हो । प्रायःगरी कुनै एक मानव समुदाय कुनै खास स्थान विशेषमा औसत दुई, अढाई सय वर्षसम्म फैलिएर रहने तर त्यसपछि बसोबास विस्तार र विकासकै क्रममा क्रमशः लोप हुँदै जाने कुरा त इतिहासले नै बताउँदै आएको छ । यो मानव सभ्यता विकास र विस्तारको सामान्य विशेषता नै हो । आज नेपाली भूमिमा जेजति जातिप्रजातिका बासिन्दा छौं । प्रायःजसो अधिकांशको व्यावसायिक कर्मथलो विश्वका सबै मुलुक बन्दै आएका छन् । यो क्रम निरन्तर बढिरहने भएकाले अहिलेको नेपाली समूह नै केही समयपछि नै विदेशी बन्न पुग्छन् । विस्तारित हुने क्रममा अहिलेका हामी नेपालीका सन्ततिहरू नै दुई, अढाई सय वर्षपछि विश्वका सबै मुलुकका बासिन्दाको रूपमा परिचित हुन पुग्नेछन् । त्यतिखेर उनै हाम्रा सन्तानका लागि नेपाल एकादेशको कथा बन्न पुग्छ, जसरी अहिले आर्य, खस र मंगोलियनका लागि युरोपियन भूमि र मंगोलिया एकादेशका कथा बनेका छन् । यसलाई मानव उत्पत्ति, विकास र विस्तारको चक्र भन्नु उपयुक्त हुन्छ ।
समूहगत रूपमा हेलमेल गर्दा कतिपय समुदायको प्रारम्भिक पहिचान लोप हुने, कतिको पहिचान नै परिवर्तन हुने कतिले नयाँ पहिचान पाउने कुरा सामान्य मानिन्छ । फुट र सम्मिश्रणकै परिणाम उत्पन्न भएको प्राचीन मानव समूह रेड इन्डियन, मंगोल, निग्रो र मलक्का मानव पनि क्रमशः परिवर्तन हुँदै अहिले सयौं थर र समूहमा परिणत भएका हुन् । तथापि मानिसको उत्पत्ति विकास र विस्तारको हिसाबले नेपाली भूमि विश्वमै परिचित भएको कुरा धर्मग्रन्थले नै बताउँदै आएको थियो, त्यसैलाई खोज अनुसन्धानकर्ताले पनि स्वीकार गरेको अवस्थाले हामी सबैलाई गौरवान्वित बनाएको छ । यस’boutका अन्य विवादास्पद विषय वस्तुका ’boutमा पनि विस्तृत खोज अनुसन्धान गरी ऐतिहासिक तथ्यले नै नेपाललाई विश्व समुदायमा परिचित गराउने प्रयत्न सबैले गरौं ।
(Visited 1 times, 1 visits today)