२०३७ सालमा भएको जनमत संग्रहमा बहुदल पक्षको पराजय भयो । कथित सुधारिएको पञ्चायती व्यवस्थाको जित भयो । त्यसलगत्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर हातामा विद्यार्थीहरूको आयोजनामा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । सो सभामा हालका राजावादी राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी पनि वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । मैले उहाँको नाम सो सभाका एक उल्लेख्य साक्षीका रूपमा उल्लेख गरेको हुँ । त्यस सभामा बीपी कोइराला मुख्य वक्ता हुनुहुन्थ्यो । बीपीले त्यस सभामा भन्नुभएको एउटा वाक्य म अझै सम्झन्छु, ‘पञ्चायत नाम गरेको मरेको घोडालाई चाबुक लगाएर ब्युँताउने काम गर्दिनँ ।’
त्यसबेला मलगायत मेरै उमेरका कैयन्लाई लागेको थियो पञ्चायत त जितेर ‘जनअनुमोदित’ बनेको थियो ! त्यो कसरी मरेको घोडा भयो
र ? बीपीको भनाइमा लुकेको निहितार्थ बुझ्न धेरै समय लाग्यो । १० वर्षपछि पञ्चायतको मृत्युको घोषणा स्वयं पञ्चायती व्यवस्थाका एक मात्र नेता राजा वीरेन्द्रले गरे । मैले एक मात्र नेता भनेकामा धेरैलाई आश्चर्य लाग्ला ! त्यसबेला कसैलाई पनि नेता भन्न पाइँदैनथ्यो । कांग्रेस र कम्युनिस्टहरू ‘मुठीभरका अराष्ट्रिय तत्व’ कहलाइन्थे । बाँकी ‘सबै पञ्च नेपाली र सबै नेपाली पञ्च’ थिए । म पुनः डा. लोहनीलाई सम्झँदै छु । उहाँले २०३७ सालपछि निकै उकालो ओरालो पार गर्नुभयो र आरोह अवरोह बेहोर्नुभयो । आजका मितिमा चाहिँ उहाँ साँच्चिकै मरिसकेको घोडालाई चाबुक लगाएर ब्युँताउने प्रयासमा देखिनुहुन्छ । उहाँलाई मृत्युपश्चात् अस्तुसमेत सेलाइसकेको राजसंस्था फर्काउने चाहना छ ।
डा. लोहनीलाई मात्र होइन अन्य धेरैलाई पनि राजा चाहिएको छ । ३ करोड नेपालीमा भित्र मनदेखि पुनः राजा फर्काउन चाहने कति छन् ? म भन्न सक्दिनँ । हजारौंमा छन् कि लाखौंमा अथवा करोडौं पो छन् कि ?! साँच्चिकै बहुसंख्यक जनताले राजा चाहेको भए त फर्किसक्थे ! जनइच्छाको बलमा उठ्ने आँधीबाट जे पनि सम्भव छ ! राजा फर्काउन चाहने जनता साँच्चिकै कति छन् भन्ने कालान्तरमा निक्र्योल होला नै । मेरो व्यक्तिगत आँकलनमा चाहिँ त्यो संख्या अत्यन्तै न्यून छ ।
कुनै वंशलाई पुनस्र्थापित गर्न सकियो भने त्यो वंश परिवारको कृपाले स्वतः पुजारी, बैठके र गुरुज्यूजस्ता मान वा जागिर आफू मात्र होइन आफ्ना सन्तान दरसन्तानले पनि पाउने आशामा विगतका त्यस्ता कृपापात्रले गर्नु स्वाभाविक होला । त्यस्ता कृपापात्र परिवारका लागि त स्वेच्छाचारी राजा सबैभन्दा उपयुक्त हुन्छ । मैले त्यस्तै उपाधि पाउन सक्ने सम्भाव्य थरी अत्यन्तै सम्भ्रान्त एवं शिक्षित व्यक्तिले प्रत्येक दिन ‘यस मुलुकलाई ध्वस्त पार्ने गिरिजा हुन्’ भन्दै सरापेको देखेको छु ।
राजा महेन्द्रका पुर्खा रणबहादुर शाहका जेठा छोरा युवराज रणोद्यत शाहका जेठा हुँदै राजउत्तराधिकारीक्रम अगाडि बढेको भए राजा महेन्द्रको समयमा राजा हुने पालो जगतप्रकाशजंग शाहको थियो
हार्वर्ड विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका ती व्यक्तिको गिरिजाप्रसाद कोइरालाप्रति घृणा थियो । कारण फगत के भने उनका दृष्टिमा राजतन्त्र फ्याँकिनुको प्रमुख कारक व्यक्तित्व गिरिजाप्रसाद कोइराला हुन् । ती व्यक्तिले अहिले पनि ‘ज्ञानेन्द्र महराजाधिराजबाट आज हुकुम भो’ र ‘पारस सरकार आज मन्दिर सवारी भएछ’ भनेर सम्बोधन गरेको सुनेको छु । यी र यस्ता वंशाणुगत रूपमा ‘पाउका अनन्य भक्त’हरू त छँदै छन्, राजतन्त्रको राप र तापको पटक्कै अनुभव नगरेका आलाकाँचा युवा जमात पनि फगत राजसंस्थासँग जोडिएको अनौठो परिधान र अनौठो बोली र व्यवहारका कारण मादक रोमाञ्चसँग जोडिएर राजा चाहिन्छ भन्दै हिँडेका पनि देखिन्छन् । भित्र हृदयदेखि राजसंस्थाले मात्र देशको हित गर्छ भनेर विश्वास गर्ने पनि थोरै होलान् । ‘एउटै भाषा एउटै भेष’ नारा बोक्ने अन्धो राष्ट्रवादले पनि कतिपयलाई आकर्षित गरेको हुनसक्छ । राजसंस्था भनेको कुनै निर्जीव प्रतीकात्मक वस्तु मात्र त हुँदै होइन । त्यसो हुँदो हो त कुनै निर्जीव प्रतिमा स्थापना गरेर ‘राजा’ मानिदिए भइहाल्यो । राजा भन्ने व्यक्ति र उनको परिवार एवं आफन्त हामीजस्तै आहार, निन्द्रा र मैथुन आदि चाहिने मनुष्य नै हुन् । मनुष्य भइसकेपछि उनले जे जस्तो भए पनि आचरण र व्यवहार गर्छन् नै । म यो कुरा किन भन्दै छु भने मरिसकेको घोडा अर्थात् राजतन्त्रलाई चाबुक मारेर ब्युँताउन खोज्नेहरूले मनुष्योचित आचरण त खोज्नु पर्ने हो ! के हाम्रा विगतका राजा र राजपरिवारले मनुष्योचित आचरण गरेका छन् त ?
आजकल एकथरी मानिसहरू स्वर्गीय राजा महेन्द्रलाई अत्यन्तै न्यायप्रेमी, देशभक्त र प्रजावत्सल आदि इत्यादि विभूषण दिँदै महिमागान गर्न व्यस्त छन् । भर्खरै पलाएको प्रजातन्त्र गला निमोठेर उनले गरेको महाअपराधलाई त ‘देश बेचुवालाई ठेगान लगाएको’ भन्दै बचाऊ गर्न अघि सर्छन् । तिनको राजनीतिक अपराधका ’boutमा त कति लेख्न सकिन्छ सकिन्छ । म आज यहाँ राजा महेन्द्रले गरेको जधन्य अपराधका दुई घटना उल्लेख गर्न चाहन्छु ।
राजा महेन्द्रका पुर्खा रणबहादुर शाहका जेठा छोरा युवराज रणोद्यत शाहका जेठा हुँदै राजउत्तराधिकारीक्रम अगाडि बढेको भए राजा महेन्द्रको समयमा राजा हुने पालो जगतप्रकाशजंग शाहको थियो । जगतप्रकाशजंग शाह नेपाली कांग्रेसका सक्रिय नेता हुनुहुन्थ्यो । उहाँ नाट्यसम्राट बालकृष्ण समका ज्वाइँ एवं त्रिविविका पूर्व उपकुलपति नवीनप्रकाशजंग शाहका पिता हुनुहुन्थ्यो । नेपाली कांग्रेसको संघर्षका दौरान पक्राउ परेका जगतप्रकाशजंग शाहलाई राजा महेन्द्रको ठाडो आदेशबाट शरीर छियाछिया पारेर चिर्दै टाउकोसमेत अंगभंग गरेर हत्या गरिएको थियो । पृथ्वीनारायण शाहका वंशज चौतरिया वा साहेवज्यू खलकका जगतप्रकाशजंग शाहलाई राजा महेन्द्रको आदेश नभई त्यस्तो नृशंस हत्या हुनै सक्दैनथ्यो । महेन्द्रलाई आफ्नो गादी जगतप्रकाशले खोस्ने पीरले सताएको थियो । क्रूर तानाशाहको त्यस्तै मनस्थिति हुन्छ ।
अर्को एउटा घटना पनि उल्लेख गरौं । जनकपुरमा राजा महेन्द्रलाई बम हानेको आरोपमा दुर्गानन्द झालाई गिरफ्तार गरियो । उनलाई मुद्दा चलाइयो । तर, त्यसबेला मृत्युदण्ड हुने अपराधमा पनि ब्राह्मणलाई मृत्युदण्ड नदिने परम्परा थियो । राणाकालमा शुक्रराजलगायत चार शहीदसरहको आरोप लागेका टंकप्रसाद आचार्य र रामहरी शर्मालाई ब्राह्मण भएकै कारणले मृत्युदण्ड नदिइएको हो । दुर्गानन्द झा पनि ब्राह्मण भएको हुँदा मृत्युदण्ड दिन हुन्न कि भन्ने कुरो उठ्दा महेन्द्रले ‘मधेसी बाहुनलाई ब्राह्मण मान्ने होइन’ भने भन्ने व्यापक हल्ला दरबारिया सूत्रले नै चलाएका थिए ।
पछि कथित नियम नै परिवर्तन गरेर दुर्गानन्द झालाई मृत्युदण्ड दिइयो । यी दुई घटनाबाट थाहा हुन्छ राजा महेन्द्र क्रूर, आत्मकेन्द्रित, आततायी शासक थिए र आफ्नो स्वार्थका लागि संस्कार र परम्परालाई तीलाञ्जली दिन्थे । उनमा फगत तानाशाही प्रवृत्ति थियो, कुनै विवेक वा करुणा अथवा प्रजावत्सलता त छँदै थिएन । अर्को एउटा सामान्य कुरो पनि उल्लेख गरौं । नेपालका पहिला रक्तदाता दयावीरसिंह कंसाकार हुनुहुन्थ्यो । यो तथ्य स्वर्गीय कंसाकारले तिथि, मिति र प्रमाणसहित स्वयं मलाई बताउनुभएको हो । तर, राजा महेन्द्रलाई पहिलो रक्तदाता भन्दै फोटोसहित प्रचार गरियो । दयावीरलाई प्रतिवाद नगर्न चेतावनी दिइएको थियो । राजा महेन्द्रको ‘सुशासन’मा दयावीरसिंह कंसाकारसँग कुनै विकल्प थिएन ! यी त भए राजा महेन्द्रका चरित्रको सानो झलक ! अत्यन्तै उदार, प्रजातन्त्रवादी र कमलो भनिएका राजा वीरेन्द्रसँग जोडिएको एउटा घटना भन्दै छु । राजा वीरेन्द्रको विराटनगर भ्रमणका बेलामा कसैलाई कुनै हानि नहुनेगरी एउटा बम पड्काइएको थियो । धनकुटा निवासी कांग्रेसी कार्यकर्ता भीमनारायण श्रेष्ठ पक्राउ परे र उनीमाथि मुद्दा चलाएर मृत्युदण्डको सजाय सुनाइयो । यहाँसम्मलाई ऐन कानुनअनुसारको काम भनिएला । अब म स्वर्गीय भीमनारायण श्रेष्ठका सुपुत्रलाई उद्धृत गर्दै कांग्रेसका वरिष्ठ नेताले सुनाएको एक घटना’bout लेख्दै छु । एक दिन प्रशासनबाट भीमनारायणका परिवारलाई चितवन बोलाइयो । उहाँसँग भेट गर्न दिने भनिएछ ।
चितवन पुग्दा भोलि भेट दिने भनिएछ । उहाँहरू रात्रि विश्राममा हुनुहुन्थ्यो । घनघोर पानी परिरहेको थियो । अकस्मात सैनिक जत्था आएर भीमनारायणका सुपुत्रलाई उठाइयो र उनलाई एक्लै जीपमा हालेर जंगलमा कतै लगियो । एक ठाउँ बीच जंगलमा पुगेर सँगै गएका दुई–तीन गाडीको बत्ती निभाइयो र सबै गाडीलाई न्युट्रलमा राखेर अकस्मात जोडजोडले एक्सिलिरेटर दबाउँदै आवाज निकाल्न थालियो । त्यसपछि कतै टर्च लाइटले झ्यापझ्याप गर्दै सिग्नल दिएपछि भीमनारायण पुत्रलाई गाडीबाट ओरालेर लगियो र अकस्मात् एक ठाउँमा पुगेर तयार पारिएको चितामा भएको शरीरलाई दागबत्ती दिन भनियो । हेर्दा शरीर भीमनारायणको थियो र छातीबाट रगत निस्कँदै नै थियो । पुत्रलाई लाग्यो आफ्ना पिता अझै जिउँदै हुनुहुन्छ । तर, जबर्जस्ती आगो झोस्न दिएर उनलाई तत्काल त्यहाँबाट हटाइयो । अघि गाडीले आवाज गरेको चाहिँ गोली हानेको आवाज नसुनियोस् भनेर रहेछ ! महान् कोमल एवं उदार राजा वीरेन्द्रको कोमलता यस्तो थियो ।
महेन्द्रका भाइ बसुन्धराको चर्तिकला त अलि पुरानो पुस्तालाई थाहा छ । बाकस भरीभरी मूर्ति ओसार्थे भन्ने जगजाहेर थियो । बसुन्धरा र वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रको स्त्रीलम्पट, कामूक र व्यभिचारी चरित्रका ’boutमा सयौं सत्य कथा लेख्न सकिन्छ । नमिता र सुमिता नाम गरेकी दुई युवतीको शव पोखराको सेती किनारमा बेपत्ता भएको धेरै पछि फेला प¥यो भने पराजुली थर भएकी अर्की युवती त फेलासम्म परिनन् । यो चर्चित काण्डमा पनि राजकुमार एवं अन्य शाही नातेदारहरूको नाम जोडिएको थियो ।
भक्तपुर दरबार स्क्वायरको भूपतिन्द्र मल्लको सालिक मध्यरातमा क्रेन लगाएर उठाउन खोजिएको र स्थानीयको प्रतिकारपछि चोर कृत्यका पालनकर्ताहरू भागेको भन्ने घटना पनि ४५ वर्षजति पुरानो होला । यस घटनामा तत्कालीन अधिराजकुमारहरूको नाम व्यापक चर्चामा आएको थियो । दुईदिने राजा दीपेन्द्रले त राजपरिवारकै अनुसार वंशनाश नै गरे । पारस शाहको चरित्रका ’boutमा के उल्लेख गर्नु र ! राजसंस्था वा राजा भन्ने व्यक्तिको यस्तैयस्तै आचरण र व्यवहारबाट पुलकित भएर वा सम्झना भएर ‘राजा चाहियो’ भन्ने नारा झिनै भए पनि उठेको हो र ?
(Visited 33 times, 1 visits today)