‘प्रधानमन्त्रीको इच्छाशक्ति अनुसार भैरहवा विमानस्थल चल्न थालेको हो’

‘प्रधानमन्त्रीको इच्छाशक्ति अनुसार भैरहवा विमानस्थल चल्न थालेको हो’


मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता विस्तारको काम गरिरहेको छ । सोही अन्तर्गत धावनमार्गबाट ‘एक्जिट ट्याक्सी वे’ निर्माण गर्नुपर्ने भएपछि अहिले दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको छ । यही मेसोमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान संख्या बढेको छ । यो चहलपहल कति दिगो हो ? यही विषयमा केन्द्रित रहेर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग अनलाइनखबरले गरेको कुराकानी :

नेपालमा थप दुई अन्तर्राष्ट्रिय विमानस्थल त बने, तर अपेक्षित चलेनन्, यसमा तपाईंको धारणा के छ ?

अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनको विषय समग्र अर्थतन्त्रसँग जोडिएको विषय हो । त्यसकारण कुनै ठाउँमा हवाई ट्राफिक प्रक्षेपण गर्दा कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगै जोडेर हेरिन्छ । अन्तर्राष्ट्रिय विमानस्थल चल्न अर्थतन्त्र चलायमान र बलियो हुनुपर्छ, तर, त्यसमा जोड गर्न केही सहायक विशेषताले काम गर्न सक्छन् ।

उदाहरणका लागि पोखरा विमानस्थल वा भैरहवा विमानस्थल चल्न सर्वप्रथम अर्थतन्त्र बलियो र विस्तार हुनुपर्छ । साथै, यी विमानस्थल चल्न पोखरामा ताल–तलैया र नजिकमा हिमाल छन् भने भैरहवामा लुम्बिनी छ । अर्कातर्फ, के सोच्नु भएन भने पोखरा त्यहाँका मानिसले मात्र चलाउने हो, वा भैरहवा त्यहाँका मानिसले मात्र चलाउने हो । यो त समग्र मुलुक र यसमा जोडिएका संयन्त्रले चलाउने कुरा हो । यी विमानस्थलमा आन्तरिक वा वाह्य जुन उडान हुँदा पनि यी विमानस्थल चलेको मानिन्छ । जसले अर्थतन्त्रमा योगदान गरिरहेकै हुन्छ ।

सन् २०१२ मा भैरहवा सुरु गर्ने समयमा त्यसबेला हरेक वर्ष १० प्रतिशतका दरले यात्रु संख्या बढिरहेको थियो । हाम्रो आकाशमा यात्रा गर्ने मानिस वर्षेनि ५/६ लाखले बढेको देखिन्छ । यो हिसाबले जाँदा त सन् २०२२ मै त्रिभुवन विमानस्थलको क्षमता पूरा भइसक्यो । यसले धान्न सक्ने क्षमता वार्षिक अधिकतम ९१ लाख यात्रु हो । कोभिड पछाडि अहिले ९० लाख यात्रु पुगिसक्यो । ९१ लाख भनेको पनि आजको दिनको जुन क्षमता र पूर्वाधार छ, त्यसले पुग्छ भनेको होइन । अहिलेकै पूर्वाधारले थेग्न नसक्ने गरी ट्राफिक बढेको छ ।

९१ लाख त नयाँ टर्मिनल भवन बनाएपछि, समानान्तर ट्याक्सी वे बनाएपछि र एयर ट्राफिक अटोमेसनमा गएपछि यो सम्भव हुने हो । आजको दिनमा हामीले क्षमताभन्दा बढी विमानस्थल चलाइरहेका छौं । त्यसकारण त सेवामा प्रश्न उठ्छ । १ सय जनालाई सेवा दिने क्षमताको शौचालयमा १ हजार मानिसले सेवा लिइरहेका छन्, अनि जति सफा गरे पनि फोहोर नै हुने भयो । सडकमा जाम हुन्छ, अध्यागमनमा भीड हुन्छ, भन्सारले थेग्दैन त्यसकारण त्रिभुवन विमानस्थलमा अब थेग्न नसक्ने यात्रुको संख्या पुगिसकेको छ । विमानस्थलको क्षमता बढ्नु भनेको एयर स्पेस, रन–वे र टर्मिनलको क्षमता बढ्नु हो । यी तीन वटै पक्षमा काठमाडौं विमानस्थलमा क्षमताभन्दा माथि पुगिसकेको अवस्था हो ।

अब यो विमानस्थल बोटल नेक भइसकेको छ । हरेक वर्ष ६/६ लाखले यात्रु बढ्ने र काठमाडौं विमानस्थलले ९१ लाखभन्दा माथि नथेग्ने अवस्थामा अरू यात्रु कहाँ जाने ? मानिसलाई जहाज नचढ भन्ने वा वैकल्पिक विमानस्थल बनाउने ? त्यही सोचले पोखरा र भैरहवा विमानस्थल बनेका हुन् । भैरहवाको बुद्धिज्म, पोखराको टुरिज्म सहायक पाटो हो । तर, यी दुई विमानस्थल नेपालको आवश्यकताले बनेका हुन् । कोभिड महामारी अगाडि नेपालको जीडीपी ६/७ प्रतिशतले बढिरहेको थियो । सरकारसँग पनि पर्याप्त रकम थियो ।

अहिले कार्यनीति काठमाडौंको चाप घटाएर यहाँ गुणस्तरीय सेवा दिने र बाँकी दुई विमानस्थलबाट पनि सोही गुणस्तरको सेवा यात्रुलाई दिने नै हो ।

भैरहवा विमानस्थल निर्माण र जग्गाको मुआब्जामा एकै वर्ष २०/२२ अर्ब रुपैयाँ खर्च गरेको अवस्था पनि थियो । काठमाडौंमा बढी भएको यात्रुमध्ये केही भैरहवाले थेग्छ, केही पोखराले थेग्छ भन्ने उद्देश्यले नै यी विमानस्थल बनेका हुन् । यी विमानस्थल नबनेका भए नेपाल एयरलक हुन्थ्यो । ल्यान्डलक त थियो नै, एयरलक पनि हुने अवस्था आउँथ्यो । यी विमानस्थल बनेसँगै यसले दुइटा ढोका खोल्यो, एक त एयरलक नहुने निश्चित भयो । हिजो टर्किस एयरलाइन्स दुर्घटना हुँदा जसरी नेपालबाट अन्तर्राष्ट्रिय उडान ठप्प भयो, यो घटना दोहोरियो भने अवस्था के होला ? दमकल किन राखिन्छ ? सधैं आगो लाग्छ भनेर हो र ? अस्पताल किन राखिन्छ, सधै बिरामी भइन्छ भनेर हो र ? होइन नि ! परेका बेला राज्य तयार हुनुपर्छ, त्यही सिद्धान्त अनुसार दुई ठूला विमानस्थल बनेका हुन् ।

दोस्रो, अर्थतन्त्रको विस्तार । काठमाडौंको ट्राफिक नधान्ने अवस्थामा हामीले वितरण त गर्नु नै थियो । हाम्रोमा विमानस्थल भएनन् भने नागरिकले विदेशी भूमिमा जानुपर्ने अवस्था हुन्थ्यो । राज्यले त्यो वातावरण त बनाउनु भएन नि ! यसरी यी दुई विमानस्थल बनेका हुन् । विमानस्थल जसरी बने, त्यसमा कुनै चिन्ता मान्नुपर्ने अवस्था छैन । बीचमा कोभिड महामारी आयो, त्यसले सोचे जसरी अर्थतन्त्र अगाडी बढेन । यसको असर नयाँ विमानस्थलमा पनि परेको हो । कोभिडका कारण हामी कम्तीमा चार वर्ष पछाडि धकेलिएका छौं । सन् २०२२ मा पूरा गर्ने गरी राखिएका लक्ष्य २०२६ सम्म धकेलिएका छन् । यो हाम्रो कारणले भएको होइन ।

त्यसोभए नयाँ विमानस्थल चलाउने उपाय के हो त ?

नयाँ विमानस्थल चलाउने उपाय भनेकै मुलुकको जीडीपी बढाउने हो । नीतिगत रूपमा भन्दा यही हो । तर, कार्यनीतिमा गर्नुपर्ने काम धेरै छन् । टर्कीले इस्तानबुलमा नयाँ विमानस्थल बनाएसँगै लो कस्ट क्यारियर फ्लाइट, ट्रान्जिट फ्लाइट, कार्गो लगायत फ्लाइट नयाँ विमानस्थलमा सार्‍यो । राजधानीको विमानस्थलमा कूटनीतिक उडान, गुणस्तरीय उडानमात्र केन्द्रित गर्‍यो । उनीहरू अहिले वार्षिक १० करोडभन्दा बढी यात्रु व्यवस्थापन गरिरहेको छन् । चीनले न्यु बेइजिङ विमानस्थल चलाउन स्लट नै अक्सनमा राख्यो । नयाँ विमानस्थलको स्लट सस्तो र पुरानाको स्लट बढायो ।

कम्पनीहरू सस्तोमा गए, यात्रु उतै गए । विश्वकपको समयमा दोहामा हाम्रा जहाज अवतरण गर्न दिइएन । नेपाललाई पनि यो अधिकार छ । आफ्नो विमानस्थल चलाउन म जहाजहरू यो विमानस्थलमा बढी स्लट दिन्छु भन्ने अधिकार हाम्रो प्राधिकरणको महानिर्देशकलाई पनि छ । मैले यो निर्णय कार्यान्वयन गर्न खोजेको पनि थिएँ । तपाईं सम्झनु हुन्छ होला, त्रिभुवन विमानस्थलमा चार दैनिक उडान गर्नेको एक उडान भैरहवा पठाउने निर्णय । यो ऐतिहासिक निर्णय थियो । तर, कार्यान्वयनमा अवरोध भयो । विरोध भयो ।

भैरहवामा आउने यात्रु हेर्दा त अझ बढ्यो । यस अनुसार त त्रिभुवन विमानस्थल बन्द गर्दा नेपालको उडान संख्यामा कुनै असर गरेको छैन । यसै बहानामा कसैले भाडा बढाउँछ भने त्यो नेपालीले नेपालीलाई ठगेको हो ।

डीजीको स्वार्थ विमानस्थल चलाउने वा जीडीपी बढाउने मात्र थियो । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सबाट समेत यो निर्णयमा विरोध हुनु दुःखद थियो । किनकि, उनीहरू त यसै राज्यका उत्पादन हुन् नि ! भैरहवा वा पोखरा चल्दा उनीहरूलाई पनि त फाइदा छ । कतिपय विदेशी एयरलाइन्सले त भैरहवा पनि विमानस्थल हो र ? भन्दै थिए । आज गए त सबै । वाइडबडी नै अवतरण हुन थालिसक्यो । त्यसकारण एउटा त वातावरण बनाउने हो, दोस्रो राज्यको नीति अनुसार वायुसेवा कम्पनीलाई त्यसतर्फ लैजान सक्ने कार्यनीति पनि बनाउने हो । अहिले हाम्रो कार्यनीति काठमाडौंको चाप घटाएर यहाँ गुणस्तरीय सेवा दिने र बाँकी दुई विमानस्थलबाट पनि सोही गुणस्तरको सेवा यात्रुलाई दिने नै हो ।

यसमा सरकार र राज्य सञ्चालकबाट कत्तिको सहयोग पाइरहनुभएको छ ?

प्राधिकरण सरकारको एक अंग हो, डीजी सरकारको तलब खाने एउटा कर्मचारी मात्र हो । मेरो मात्र सोचले यहाँ केही हुँदैन । अहिले जसरी भैरहवा चल्न थालेको छ, यसमा प्रधानमन्त्रीज्यू, पर्यटनमन्त्रीज्यूको ठूलो हात र भूमिका छ । प्रधानमन्त्रीको इच्छाशक्ति, प्रतिबद्धता अनुसार नै अहिले यो प्रगति भइरहेको हो । हामी अह्राएको काम गर्ने संयन्त्रमात्र न हौं । यसको जस राजनीतिक नेतृत्वमाथि नै जान्छ ।

भैरहवा चलाउने वातावरण बनाउन काठमाडौं विस्तारको बहाना बनाइएको हो भन्छन् नि ?

स्वाभाविक रूपमा केही काम गर्दा प्रश्न उठ्छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गुरुयोजना अनुसार अगाडि बढेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार काम गर्दा उडानहरू सूचारु राखेर निर्माणको काम निरन्तर गर्न सम्भव थिएन ।

सोहीकारण जारी पर्यटकीय सिजनमा सकेसम्म कम असर पर्ने र अगाडि सिजनलाई असर नगर्ने गरी साविकको तुलनामा मात्र ६ घण्टा बढी विमानस्थल बन्द गरेर निर्माणको काम अगाडि बढाएका हौं । भैरहवा चलाउने बहानामा मात्र हुन्थ्यो भने त हामी दुई वर्ष अगाडि नै यसै गर्न सक्थ्यौं नि त, यी आरोपमात्र हुन् ।

‘प्रधानमन्त्रीको इच्छाशक्ति अनुसार भैरहवा विमानस्थल चल्न थालेको हो’

जब काठमाडौं विमानस्थल १० घण्टा बन्द गरेर काम थालियो, यसले केही विषय उजागर गरेको छ । बन्द हुनु अगाडि दैनिक ४८ ल्यान्डिङ हुने गरेकोमा यो ४४ मा झरेको छ । ६ घण्टा समय घटाउँदा चार वटा उडानमात्र कटौती भयो । आन्तरिकमा कुनै फरक नै परेको छैन । भैरहवामा शून्य उडान रहेकोमा दैनिक ५ पुग्यो । अब तपाईं नेपालको भूगोलको हिसाब गर्नुहोस त, यो निर्णयले त उडान संख्या बढेको छ । वायुसेवा कम्पनीका साथीहरू उडान कटौतीको बहानामा भाडा बढाउनु हुन्छ । यो हिसाब कसरी मिल्यो ? यात्रु संख्या हेर्दा पनि काठमाडौंबाट उड्ने यात्रु दैनिक २ सय जनामात्र कम भएको देखिन्छ ।

अब भैरहवामा बौद्ध धर्मावलम्बीलाई केन्द्रित गरौं र दोस्रो श्रमिकलाई सुविधासम्पन्न विमानस्थलबाट सहज यात्राको व्यवस्था गरौं । यो सबैका लागि विन–विन परिस्थिति हुनेछ ।

भैरहवामा आउने यात्रु हेर्दा त अझ बढ्यो । यस अनुसार त त्रिभुवन विमानस्थल बन्द गर्दा नेपालको उडान संख्यामा कुनै असर गरेको छैन । यसै बहानामा कसैले भाडा बढाउँछ भने त्यो नेपालीले नेपालीलाई ठगेको हो । ट्राभल एजेन्सी र जीएसएले अग्रिम बुकिङ लिएर भाउ बढाएका हुन् । यो कालोबजारी हो । बन्दका कारण भाउ बढेकै होइन । अन्य वर्षमा पनि पर्यटकीय सिजन र चाडबाडमा मूल्य बढ्ने गरेको थियो । तर, अहिले जति थिएन । विगतमा एउटा एयरलाइन्सले रातिको उडान गर्न खोज्दा विमानस्थल २१ घण्टासम्म चलाउनुपरेको थियो । राज्यशक्तिको ठूलो स्रोत खर्च हुने गरेको छ । आगामी दिनमा त्यो हुँदैन ।

त्यसो भए राज्य र सरोकारवाला निकायसँग प्राधिकरणको अपेक्षा के छ ?

प्राधिकरणले जहाज पठाउनुपर्ने थियो, पठायो । अब राज्यका अन्य निकाय जो–जो जिम्मेवार हुनुहुन्छ, उहाँहरूले पनि आफ्नो संयन्त्र नयाँ विमानस्थल र सो विमानस्थल भएको सहरमा पठाउनुपर्‍यो । यसमा पनि राजनीतिक नेतृत्वबाटै बढी भूमिकाको अपेक्षा हामीले गरेका छौं । किनकि, जब राज्य सञ्चालकको इच्छाशक्ति हुन्छ, त्यसपछि कर्मचारीतन्त्रलाई पनि काम गर्न धेरै सहज हुन्छ । अहिले जसरी भैरहवामा उडान भइरहेका छन्, यी दिगो हुनुपर्छ । त्यसका लागि आवश्यक रणनीति अपनाउनुपर्ने छ । त्यो रणनीति सबै निकायले बनाएर लागु गर्नुपर्छ ।

‘प्रधानमन्त्रीको इच्छाशक्ति अनुसार भैरहवा विमानस्थल चल्न थालेको हो’

वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइमध्ये बाहुल्य तराईको छ । अझ नारायणी पारिको ६० प्रतिशत हाराहारी छ । उनीहरूलाई काठमाडौं जस्तो महँगो सहरमा ल्याएर किन दुःख दिने ? हिजो त विकल्प थिएन । आज घरमै विकल्प छ । हाम्रा दाजुभाइ, दिदीबहिनीलाई आफ्नो घरको विमानस्थलबाट उड्ने र घरकै विमानस्थलमा अवतरण गर्न सक्ने सुविधा भैरहवामा बनेको छ । अब वैदेशिक रोजगारसँग सम्बन्धित सबै निकाय भैरहवामा जाऔं र नेपाली दाजुभाइलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गरौं ।

अब भैरहवामा बौद्ध धर्मावलम्बीलाई केन्द्रित गरौं र दोस्रो श्रमिकलाई सुविधासम्पन्न विमानस्थलबाट सहज यात्राको व्यवस्था गरौं । यो सबैका लागि विन–विन परिस्थिति हुनेछ । किनकि, यसलाई श्रमिकको डेडिकेटेड विमानस्थल बनाऔं । त्यसो हुँदा जीएसएलाई भैरहवा पठाऔं, ट्राभल एजेन्सीलाई भैरहवा पठाऔं, म्यानपावरलाई भैरहवा पठाऔं । किनकि, त्यो अब राज्यको आवश्यकता भयो । यसमा राज्य सञ्चालकबाटै पहल हुने मेरो अपेक्षा पनि छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School