एनपीएलको व्यग्र प्रतिक्षा

एनपीएलको व्यग्र प्रतिक्षा


१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन अब एक दिन मात्र बाँकी छ । यस प्रतियोगिताले यति ठूलो चर्चा पाइरहेको छ कि सायद खेलाडी र फ्यानहरूले क्यानले पनि यो सोचेको थिएन ।

सामाजिक सञ्जालदेखि नेपालभर जताततै अहिले एनपीएल क्रिकेटकै चर्चा छ । यो स्तरको चर्चा कसैले सोचेको थिएन । पहिलो पटक स्टार स्पोर्ट्समा लाइभ हुने, विश्व चर्चित स्टार शिखर धवन मार्टिन गप्टिल, जिम्मी निसम, बेन कटिङ जस्ता आउने, टीयू मैदानमा नयाँ सुविधा थपिनु, टीयू मैदानमा डिजिटल स्कोर बोर्डहरूराख्नु जस्ता कारणले पनि एनपीएलको चर्चा र हाइप धेरै बढिरहेको छ ।

यस्तै यस पटक एनपीएलमा भएको लगानीले पनि कर्पोरेट क्षेत्र देखि सबै खाले व्यक्तिहरूलाई आकर्षित गरेको छ ।

विश्वका ठूला स्टार

भारतका लागि तीनवटै पर्म्याटमा खेलिसकेका स्टार ब्याटर शिखर धवन, न्युजिल्याण्डका मार्टिल गप्टिल जस्ता स्टरा खेलाडीहरू पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन् । त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी२० का स्टार नामहरू पनि छन् । यस्तै इंग्ल्याण्डमा काउन्टी र भाइटालिटी ब्लास्ट खेल्नेदेखि अष्ट्रेलियाको बिग बास लिग खेलेका, विश्वकप जितेका सोहेन तनविर देखि एसोसिएटका उत्कृष्ट बास डे लिड र जेरार्ड इरासमस सम्मका खेलाडी एनपीएल खेल्न आउँदैछन् ।

विश्वकै स्टार खेलाडीहरू आएर खेल्दा अहिले नेपाली क्रिकेट र एनपीएलको बारेमा पनि अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढिरहेको छ ।

स्टार स्पोर्ट्समा लाइभ

विश्वकप आईपीएल देखि विश्वका ठूला प्रतियोगिता र लिगहरू प्रशारण हुने स्टार स्पोर्ट्समै अब एनपीएल बउने खबरले पनि यसको चर्चा बढिरहेको छ । स्टार स्पोर्ट्समा हामी विदेशी खेल र लिगहरू हेर्दै आएका थियौँ । अब नेपालमै हुने घरेलु लिग प्रतियोगिता नै स्टार स्पोर्ट्समा प्रशारण हुने भएपछि समर्थकहरूको चासो बढेको छ । यसले नेपाली खेलाडीहरूको खेल पनि अब ठूलो मञ्चमा हेर्न पाइनेछ । विश्वले नै नपालकी खेलाडी र क्रिकेटको बारेमा थाहा पाउनेछन् र हेर्नेछन् ।

विश्वका ठूला स्टार र नेपालका नयाँ युवा खेलाडीहरू एकै साथ खेलेको खेल स्टार स्पोर्ट्समा आउदा त्यसले नयाँ जेनेरेसनलाई पनि खेलमा लाग्न प्रोत्साहित गर्नेछ ।

डिजिटल स्कोरबोर्ड

टीयू मैदानमा पहिलो पटक डिजिटल स्कोर बोर्ड जडान गरिएको छ । अब खेलाडी टिम र समर्थकहरूलाई पनि टीयू मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेटहरू हेर्न सहज हुनेछ । यसअघि स्कोररले नै खेलको स्कोर अपडेट गर्दै आएकोमा अब डिजिटल रुपमै स्कोर अपडेट हुनेछ । जसले गर्दा खेलाडी समर्थकलाई सबैलाई हसज हुनेछ । एनपीएल मार्फत नै उक्त डिजिटल बोर्ड प्रयोगमा आउनेछ ।

फ्यान जोन र भिआईपी टिकट

नेपाल क्रिकेट संघ क्यानले यसपटक समर्थकहरूको सुविधालाई लक्षित गर्दै टीयू मैदानमा विभिन्न सुविधाहरू थप गरेको छ ।

दर्शकहरूलाई यसअघिको जस्तो कठिन नहोस् भनेर प्यान जोन छुट्याइएको छ । हरेक फ्यान जोनको फरक टिकट हुनेछ । दर्शकले जुन जोनको टिकट काट्नेछन् त्यही जोनबाट भित्र पस्ने र बाहिरिने गर्नुपर्छ ।

यस्तै हरेक जोनको बाहिर दर्शकहरूका लागि टेम्पोररी ट्वालेट महिला र पुरुषका लागि फरक कको पनि व्यवस्था गरिएको छ ।

यसैगरी पहिलो पटक टीयू मैदानमा दर्शकका लागि भिआईपी टिकटको सुविधा पनि राखिएको छ ।

अली धेरै पैसा तिरेर हेर्न चाहने दरश्कका लागि क्यानले यस पटक टेम्पोरी १२०० थान सिट नै अट्याच गरेको छ ।

करोडौँ लगानी

एनपीएलमा यसपटक लगानी धेरै भएको छ जुन अर्को विशेषता हो । सहभागि ड फ्रेन्चाइज टिमले दिल खोलेर खर्च गरेका छन् ।

फ्रेन्चाइज टिम किन्नकै लागि ३ करोडसम्म खर्च भएको छ । पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि १ करोड भन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ ।

एनपीएलको व्यग्र प्रतिक्षा

यस बाहेक मार्की खेलाडीला२ २० लाख, खेलाडी अक्सनमा गरेको खर्च, विदेशी खेलाडीको खर्च र अनय खर्च गरेर एक फ्रेन्चाइजले कम्तीमा ७ देखि १० करोडसम्म खर्च गरेका छन् । ८ टिमले टिम लिन मात्र करिब १७ करोड क्यानलाई बुझाएको छ ।

यस बाहेक एनपीएलको मुख्य प्रायोजकको रुपमा क्यानले सिद्धार्थ बैंकसँग ५ वर्षको लागि सम्झौता गरेको छ । सम्झौत रकम नखुलाइएपनि यो नेपाली खेलकुदमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ठूलो रकम भनेर क्यानले दावी गरेको छ ।

पुरस्कार राशी

यति धेरै लगानी र खर्च भएको लिगमा पुरस्कार राशी पनि ठूलै हुने अनुमान छ । क्यानले प्रतियोगिताको अघिल्लो दिनसम्म पुरस्कार राशी सार्वजनिक गरेको छैन । तर यो अहिलेसम्म भएको लिगमध्ये धेरै पुरस्कार राशी हुने स्रोतले जनाएको छ ।

यसअघि सन् २०२२ मा भएको नेपाल टी२० लिगमा विजेताले पाउने पुरस्कार राशी ५५ लाख थियो ।

यस पटक क्यानले प्रेन्चाइज फि देखि प्रायोजकहरूबाट पनि राम्रो रकम उठाएकोले पुरस्कार राशी पनि धेरै हुने भएको हो ।

६२ लाखको कार

उत्कृष्ट नेपाली खेलाडीले ६२ लाखको कार पाउनेछन् । नेपाली क्रिकेट र खेलकुदको इतिहासमै उत्कृष्ट खेलाडीले पहिलो पटक कार पाउन लागेको क्यान सचिव पारस खड्काले बताएका छन् ।

त्यसका लगि क्यानले ओमोडा एण्ड जेइकोसँग सम्झौता नै गरेको छ । सम्झौता अनुसार एनपीएलमा उत्कृष्ट हुने नेपाली खेलाडीले लिग सकिएपछि ६२ लाख बराबरको ओमोडा इ ५ कार प्राप्त गर्नेछन् ।

कार पाउने भएपछि अहिले नेपाली खेलाडीहरूमा निकै ठूलो उत्सह छ । मैदानमा उत्कृष्ट प्रदर्शनै गर्दै कार जित्नका लागि उनीहरू प्रतिस्पर्धामा छन् ।

पहिलो पटक ८ टिम सहभागी

नेपालमा भएको प्रेन्चाइज क्रिकेट लिग मध्ये एनपीएल त्यस्तो लिग हो जहाँ ८ टिम सहभागि छन् । यसअघिका लिगमा बढीमा ६ टिमसम्म सहभागि थिए । त्यस हिसावमा यो टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो र धेरै छ ।

२०२२ मा भएको नापल टी२० मा ६ टिम सहभागि थिए । त्यस लिगलाई निरन्तरता दिन नसकेको क्यानले दुई वर्षपछि फरक शैलीमा नेपाल प्रिमियर लिग आयोजना गर्दैछ र यसमा टिम संख्या पनि थपिएको छ ।

यस्तै नेपालको सातवटै प्रदेशको सहभागिता हुने गरी टिम तयार पारिएको छ । जसमा बागमती प्रदेशबाट काठमाडौं र चितवन दुई टिम छन् ।

एनपीएलमा लिग चरणमा हरेकले एक आपसमा खेल्दा कूल २८ खेल हुनेछ । यस्तै प्लेअफमा क्वालिफाय र रफाइनलसहित थप ४ खेल हुनेछ र कूल ३२ खेल हुनेछ ।

एसोसिएटकै ठूलो लिग बनाउने लक्ष्य

एसोसिएटमा नेपाली क्रिकेट क्रेज धेरै छ । प्यानहरू धेरै छन् । हरेक खेल हेर्छन् । विश्वमा नेपाली क्रिकेटको चर्चा व्यापक छ । आईसीसीले पनि नेपालको करेज र चर्चा देखेर फ्यान इनगेजमेन्ट अवार्ड नेपाललाई दिएको थियो ।

त्यसैले पनि फ्यानहरूले पनि ठूलो प्रतिक्षा गरेको छ । खेलाडी क्यान प्रशिक्षक समर्थक सबैले एनपीएललाई व्यग्र प्रतिक्षा गरिरहेका छन् । यसलाई एसोसिएटकै ठूलो लिग बनाउने क्यानको लक्ष्य छ ।

क्यान सचिव पारस खड्काले एनपीएललाई अबको ३-४ वर्षम यसलाई विश्वकै शीर्ष ५ लिग भित्र पुर्‍याउने एक कार्यक्रममा बताएका थिए ।

अहिले एसिएट मध्ये युएईमा इन्टरनेशनल लिग टी२० र क्यानडामा ग्लोबल लिग टी२० हुन्छ । यस्तै अमेरकामा मेजर क्रिकेट लिग हुँदै आएको छ । अनय एसोसिएट राष्ट्रमा खासै यो स्तरको फ्रेन्चाइज लिग हुन सकेको छैन । युएई अमेरिका र क्यानडा पनि स्थानिय खेलाडी भन्दा विदेशी खेलाडी धेरै हुने भएकोले त्यहाँको स्थानिय क्रिकेटको चर्चा हुँदैन । तर नेपालमा भने नेपालकै क्रेज बढी छ ।

छिमेकी भारतमा विश्वकै चर्चित र ग्ल्यामरस आईपीए हुन्छ । त्यही आईपीएल खेलेको अज आईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने शिखर धवन नेपाल आउँदै छन् ।

यस पटक राम्रोसँग लिग आयोजनजा भएमा अर्को सिजन अहिले खेलिरहेका टेष्ट राष्ट्रका ठूला खेलाडी पनि आउन सक्छन् ।

यसैगरी एनपीएललाई नेपाली क्रिकेटमा गेम चेन्जर इभेन्ट बनाउने र खेल संस्कार पनि विकास गर्ने क्यानको लक्ष्य छ ।

एनपीएल एउटा खेल र क्रिकेट मात्र नभएर यसमार्फत नेपालमा खेल संस्कार बसाउने क्यान सचिव पारस खड्काले बताएका छन् ।

एनपीएलमार्फत खेलाडीहरूले विश्व चर्चित स्टारहरूसँग खेल्न पाउँछन् नै साथै केही आर्थिक आर्जन पनि गर्नेछन् । विदेशी खेलाडी आउँदा नेपालको पर्यटन र आर्थिक रुपमा पनि फाइदा हुन्छ ।

एनपीएल ३ साता चल्ने भएपनि आर्थिक रुपमा एक अरब भन्दा बढी कारोबार हुनेछ ।

खेलाडी, प्रशिक्षक र यसमा इन्भल्ब हुने धरैले रोजगारी पाएका छन् । टीयू मैदानको स्वरुप नै फेरिएको छ ।

एनपीएल नेपाली क्रिकेटमा एउटा कोशेढुलंगा सावित हुने तयारीमा छन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School