प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार
थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’ सुरु भएको छ । यात्रुहरूलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले यो प्रणाली सुरु गरेको हो ।
आफ्ना छ वटा प्रमुख विमानस्थलहरूमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्ने तयारी गरेको थाइल्यान्ड एयरपोर्ट्स ९एओटी० ले जनाएको छ ।
आन्तरिक यात्रुहरूले नोभेम्बरदेखि स्वचालित बायोमेट्रिक पहिचान प्रणालीमा नामाङ्कन गर्न सक्नेछन् । यसले यात्रु पहिचान गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्दछ ।
यो प्रणाली डिसेम्बरदेखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि पूर्ण रूपमा सञ्चालन हुने एओटी अध्यक्ष किराती कितमानवतले बताउनुभयो ।
२०२४ सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्षमा बैङ्ककको सुवर्णभूमि र डन मुआङ विमानस्थलसहित छ वटा अन्तर्राष्ट्रिय गेटवेमा ११ करोड ९२ लाख ९० हजारभन्दा बढी यात्रुहरूलाई सेवा दिइएको थियो ।
विशेषगरी अन्तर्राष्ट्रिय रुटहरूमा उडान कनेक्टिभिटी बढेकाले चालु आर्थिक वर्षमा थाइल्याण्डमा १२ करोड ९९ लाख ७० हजार ९७ यात्रु पुग्ने त्यहाँको सरकारले प्रक्षेपण गरेको छ ।