भारतीय उद्योगपति रतन टाटाको निधन, प्रधानमन्त्री मोदीले दिए श्रद्धाञ्जली

भारतीय उद्योगपति रतन टाटाको निधन, प्रधानमन्त्री मोदीले दिए श्रद्धाञ्जली



प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार

भारतीय उद्योगपति रतन टाटाको निधन, प्रधानमन्त्री मोदीले दिए श्रद्धाञ्जली

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ। टाटा सन्सका चेयरम्यान एन चन्द्रशेखरनले टाटा समूहको तर्फबाट वक्तव्य जारी गर्दै रतन टाटाको निधनको पुष्टि गरेका छन्।

राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका धेरैजसो प्रतिष्ठित व्यक्तिहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको बताएकी छिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दुरदर्शी व्यवसायिक नेता र असाधारण व्यक्ति रहेको उल्लेख गर्दै भारतको एक प्रतिष्ठित उद्योग घरानालाई स्थायी नेतृत्व दिएका बताएका छन् ।

कांग्रेस नेता राहुल गान्धीले पनि रतन टाटालाई श्रद्धाञ्जली दिँदै रतन टाटासँग एक अद्वितीय दृष्टिकोण रहेको र उनले व्यवसायतथार परोपकारको क्षेत्रमा आफ्नो अमिट छाप छोडेका बताएका छन् ।

रक्षामन्त्री राजनाथ सिंहले पनि श्रद्धाञ्जली अर्पण गर्दै रतन टाटाको निधनले आफू निकै दुःखी भएको उल्लेख गरेका छन् । रतन टाटा भारतीय उद्योग क्षेत्रका असाधारण व्यक्ति भएको जनाउदै उनले देशको अर्थतन्त्र, उद्योग र व्यापारमा सम्झनलायक योगदान दिएका सिंहले उल्लेख थरेका छन् ।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। ९ अक्टोबर २०२४ मा उनले आफ्नो अन्तिम सास लिएका हुन्। भारत सरकारले उनलाई पद्म विभूषणबाट सम्मानित गरेको थियो। अधिकांश भारतीय अर्बपतिहरूको तुलनामा, रतनको जीवनशैली धेरै नियन्त्रित र सरल थियो।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School