अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पद्धारा दोश्रो बहसमा नबस्ने घोषणा

अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पद्धारा दोश्रो बहसमा नबस्ने घोषणा



प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति पदका रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले दोश्रो बहस नगर्ने घोषणा गर्नुभएको छ ।

ह्यारिस अभियानले दोश्रो बहसका लागि आव्हान गरिरहेको र सीएनएनले दोश्रो बहसका लागि अक्टोवर २३ का लागि निमन्त्रणा गरेको सन्र्दभमा पूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत दोश्रो बहस आवश्यक नदेखिएको बताउनु भएको हो ।

उहाँले ठुलो अक्षरमा लेख्नु भएको छ दोश्रो बहस हुनेछैन । केही राज्यहरूमा मतदान सुरु भइसकेको र पछिल्ला जनमत सर्वेक्षणहरूमा आफनो अग्रता प्रष्ट देखिएको दावी गर्दै ट्रम्पले दोश्रो बहस नगर्ने घोषणा गरेको बताउनु भएको छ ।

यद्यपि, स्विङ राज्यहरूमा गरिएको सर्वेक्षणहरूले कमला ह्यारिससँगको प्रतिस्पर्धा निकट रहेको देखाइरहेका छन ।

फक्स न्यूज जस्तो ट्रम्पका लागि अनुकूल ठानिएको मञ्चमा पनि बहस गर्न अस्वीकार गर्नुले उपराष्ट्रपतिसँग प्रत्यक्ष प्रतिस्पर्धाको जोखिम लिन ट्रम्प अनिच्छुक रहेको संकेत गर्दछ ।

अभियानको अन्तिम चरणमा ट्रम्पले अर्को बहसको सम्भावनालाई टार्न खोज्नु भएको छ । ह्यारिस भने दोस्रो बहसको लागि खुला रहेको बताइरहनु भएको छ ।
फक्सले यस महिनाको अन्त्यतिर पेनसिल्भेनियामा बहस गर्ने प्रस्ताव राखेको केही घण्टापछि ट्रम्पको सामाजिक सञ्जाल पोस्ट आएको थियो ।

ह्यारिसले सेप्टेम्बर १० मा एबीसीले आयोजना गरेको पहिलो बहसपछि दोस्रो बहसका लागि सहमति जनाउनु भएको थियो ।

ट्रम्पले पहिलो बहसलाई आफ्नो जीतको रूपमा चित्रित गर्न खोज्नु भएको छ । तर धेरैले त्यसलाई उपराष्ट्रपति ह्यारिसका लागि सफलतापूर्ण बहस मानेका छन् ।
सिएनएनले अक्टोबर २३ मा एटलान्टामा बहसको प्रस्ताव गरेको छ । ह्यारिसले उक्त प्रस्ताव स्वीकार गरिसक्नु भएको छ ।

अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पद्धारा दोश्रो बहसमा नबस्ने घोषणा

नेटवर्कले दुवै पक्षलाई निम्तोको जवाफ दिन बिहीबारसम्मको समय दिएको छ । गत महिनामा, ह्यारिस अभियानले उपराष्ट्रपति अक्टोबर २३ मा एटलान्टामा हुने बताएको थियो । डोनाल्ड ट्रम्पले पनि मतदाताहरूको सामना गर्न तयार हुनुपर्ने अभियानले भनेको थियो।

ट्रम्पको सामाजिक सञ्जाल पोस्टपछि ह्यारिसको अभियानले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकामा नोभेम्वर ५ मा राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School