अमेरिकामा अर्को शक्तिशाली आँधी , फ्लोरिडामा ठूलो क्षति पु¥याउन सक्ने अनुमान

अमेरिकामा अर्को शक्तिशाली आँधी , फ्लोरिडामा ठूलो क्षति पु¥याउन सक्ने अनुमान



प्रकाशित मिति : आश्विन २२, २०८१ मंगलबार

ह्युरिकेन मिल्टन शक्तिशाली आँधी फ्लोरिडाको पश्चिमी तटतर्फ अघि बढिरहेको छ ।

अमेरिकी राष्ट्रिय ह्युरिकेन केन्द्रले दिएको पछिल्लो जानकारी अनुसार यो मेक्सिकोको खाडीमा करिब १० माइल प्रति घण्टा को गतिमा उत्तरपूर्वतर्फ गइरहेको छ ।
आँधी टम्पाबाट ४४० माइल ७१ किलोमिटर दक्षिण पश्चिममा थियो ।

यसको अधिकतम स्थायी हावा गति १६५ माइल प्रति घण्टा २७० किमी प्रति घण्टाको रहेको छ । यसलाई श्रेणी ५ को खतरनाक आँधी को नाम दिइएको छ । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् ।

मिल्टन पूर्वी मेक्सिकोको खाडीमा सर्ने क्रममा यसको तीव्रतामा उतारचढाव आउन सक्ने सम्भावना छ ।

तर मिल्टन फ्लोरिडाको पश्चिम मध्य तटमा बुधबार राति पुग्दा पनि खतरनाक ठूलो आँधीको रूपमा रहने अपेक्षा गरिएको ह्युरिकेन केन्द्रले बताएको छ ।

अमेरिकी विपद् व्यवस्थापन एजेन्सीले दुई हप्ताअघि फ्लोरिडामा हेलेन आँधीले ठूलो विनाश मच्चाएपछि फैलिएका गलत जानकारीहरूका विरुद्ध लडिरहेको छ ।

राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य केही व्यक्तिहरूबाट फैलाइएका गलत दाबीहरू छन । यसैबीच एजेन्सीले अर्को ठूलो विपद्को सामना गर्न तयार भइरहदा पुन फैलिनसक्ने भ्रमहरुलाई चिर्न कठिन हुन सक्ने आकलन गरेको छ ।

राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।

अमेरिकामा अर्को शक्तिशाली आँधी , फ्लोरिडामा ठूलो क्षति पु¥याउन सक्ने अनुमान

बाइडनले भनेका छन्, ‘यो जीवन र मृत्युको सवाल हो । यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ । ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School