झ्याप्ले खोलामा दुई पहिरो बीचमा जिन्दगी

झ्याप्ले खोलामा दुई पहिरो बीचमा जिन्दगी


हामी पर–परका सशस्त्र युद्धको विरोध गर्छौं । तर, आफ्नै आँखा अगाडि बेथितिले निम्त्याएको नरसंहारलाई सामान्य ठान्छौं ।

गत वर्ष भूूकम्पले तहसनहस भएको जाजरकोट र रुकुमपश्चिमले अझै उद्धार पाएको छैन । अस्थायी टहरो बनाउन राज्यले दिएको वचन अनुसारको दोस्रो किस्ता पीडितले अझै पाएका छैनन्, स्थायी बासको त कल्पनै नगरौं ।

भूकम्पले तहसनहस बनाएका घर र आफन्त गुमाएका अनुहार उस्तै उदास र विचल्लीमा छन् । ढाड भाँचिएका घाइतेले सही उपचार पाएका छैनन् । जीर्ण टहरोमा जाडो काटे । यसपालिको बर्खा टरेकै छैन । उही टहरोमा दशैं आयो ।

बालुवाटार, सिंहदरबार र संसद् भवनलाई हेर्नुस् नागरिकको यो भयानक पीडा कहाँनिर महसुस छ ? तीन तहको सरकार सहकार्य गर्दैन । बरु सरकार दशैंका लागि च्याङ्ग्राको बन्दोबस्त गर्दै होला !

रुकुमपश्चिम छिन्मखेतकी भीमाकुमारीको आन्द्रामा घाउ छ । भूकम्पमा श्रीमान् बिते । टिनको टहरोमा उनी ४ सन्तान सहित गुजारा गर्दैछिन् । गाउँमा गरिबीका कथा अनगिन्ती छन् ।

शासकहरूलाई देश समृद्धितिर लम्किरहे झैं लाग्छ । हामीलाई युद्ध प्यालेस्टाइन र इजरायल वा युक्रेन र रसियातिर भए जस्तो लाग्छ । आम नागरिक भने चरम शान्तिले थिचिएर निसास्सिएका छन् ।

**** 

कर्णाली नाट्य यात्रामा थियो शिल्पी थिएटर । हामी नाटक यात्रालाई आधामै छोडेर काठमाडौं फर्किंदै थियौं । रुकुमपश्चिमबाट रुकुमकोट हुँदै पोखरा आउनु थियो । खुर्कोट पूर्वको मध्यपहाडी लोकमार्ग हामी हिंडिसकेका थियौं । पश्चिमको लोकमार्ग पनि हिंडिने भइएको थियो ।

परियोजनाको १५ वर्ष बितिसक्दा पनि बाटो लथालिङ्ग नै रहेछ । बेलाबेला पिचरोड आउँदा खुसीले सबैका अनुहार उज्यालो हुन्थ्यो, फेरि आउँथ्यो गाडीको मात्रै हैन मान्छेको पनि करङ भाँच्चिने बाटो । हामीले मेलम्ची भोग्यौं । सुरुडमार्ग भोग्दैछौं ।

नगरकोट र नख्खु सडक समयमा नसकिने यो देशमा लोकमार्ग परलोक मार्ग जस्तो हुनुमा कुनै आश्चर्य भएन । बाटो बन्ने कुराले उत्साहित गाउँलेका सबै उत्साह मरिसके तर बाटो पूरा भएन ।

रुकुमपश्चिम बाफिकोटमा पर्ने स्यार्पु ताल विशाल रहेछ । रुकुमकोटको कमल ताल पनि उत्तिकै मनमोहक थियो । नदीनाला टम्म भरिएर बगेका थिए । पहाडबाट छाँगा छहरा छङछङ झरेका थिए । पत्रपत्रमा ठडिएका हरिया पहाड सुन्दर देखिन्थे । पर्यटकका आँखाले प्राकृतिक सौन्दर्यको व्याख्या गरेर तिनै पहाडको काखमा बस्ने आम मानिसको पीडा कसरी महसुस गर्न सकिन्छ ?

****

रुकुम र जाजरकोटको तीनहप्ते जटिल यात्रापछि नाटक टोली पोखरामा बास बस्यो । सबैलाई आरामको खाँचो थियो । मित्र गनेस पौडेलसँग साहित्य र फिल्मका कुरा भए । फिल्म साम्बाला का कुरा भए ।

मेरो प्रश्न गनेस र राज गौलीलाई थियोः प्राकृतिक सौन्दर्य बाहेक पोखराको खास विशेषता के होला ? उत्तर यहाँ लेख्न मिलेन । अनुप बरालको निर्माणाधीन हंसध्वनि थिएटरमा पुग्यौं । एउटा स्रष्टाले आफ्नो बुताले भ्याउनेभन्दा माथिको काम अनेकौं दुःख गरेर गर्छ । पछि त्यही नगर र देशको सान बन्छ । लेकसाइडमा साँझ अबेरसम्म अनुप सरसँग रंगमञ्चका सपना र नयाँ कामका बारेमा कुरा भए ।

पोखराबाट काठमाडौंका लागि हिंड्दा बिहानको नौ बजेको थियो । राज गौली र धर्मेनसँग बिदा भएर हिंड्यौं । गनेस पौडेलले बाटोमा समाए । एउटा सानो पोको थमाए– बालेन शाहलाई गिफ्ट ।

उहिले कृष्णप्रसाद कोइरालाले तत्कालीन राणा प्रम चन्द्रशमशेरलाई पठाएको उपहार जस्तो त हैन होला ? पठाउनै परे ओली सरकारलाई पठाउनुपर्ने हो । गनेसलाई प्रश्न गरिनँ । नगरप्रमुखको उपहार जतनले राख्यौं र उत्साहले अघि बढ्यौं ।

पृथ्वी राजमार्गमा हिंड्दा अचेल नारायण वाग्लेको याद आउँछ । उहाँ व्यास नगरपालिका, बेलटारी जामुनेबाट ३ किलोमिटर लम्किएर कफीकै लागि दमौली आउने हो कि के हो ? सिद्धार्थ होटलले दमौलीमा भर्खरै आफ्नो नयाँ शाखा खोलेको रहेछ ।

नयाँ भएकोले कफी सस्तोमा दिने रहेछ । हामीले नारायण दाइलाई त्यहीं भेट्यौं । दाइका खेतीबालीका कुरा पनि सुन्यौं । त्योभन्दा बढी राष्ट्रिय राजनीतिका कुरा भए । गफगाफको विशेष लाइन थियोः कम्बलले छोपेको बिरालोले आखिर म्याउँ गर्‍यो ।

हाइवेको खानाको सरसफाइ र मूल्यमा कसैको चासो छैन । मुग्लिनमा खाना खाएर कुरिनटारसम्म पुग्दा बाटो सफाचट थियो । प्रहरी पोष्ट वा सडक विभाग कसैको केही सूचना हामीले पाएनौं ।

मित्र बसन्त बस्नेतको किताब विमोचनमा पुग्न सकिएन भनेर हाम्रा टोली सदस्य तथा नागरिक आन्दोलनका जुझारु युवा पवन थापा दुःखी थिए । तर, भारी वर्षाको कारणले विमोचन स्थगित भएको खबरले उनी दुःखी भएनन् ।

एकजना सत्तासीन पार्टीका प्रभावशाली नेताको पनि फोन आयो । उनले गृहमन्त्रीसँग कुरा गरेर स्थितिको जानकारी गराउने बताए । करिब आधा घण्टापछि मोबाइल फोनमा ती नेताजीको बहुत निराशाजनक म्यासेज आयो ।

किनभने उनलाई त्यस कार्यक्रममा जसरी पनि उपस्थित हुनु थियो । हामी सोसल मिडियामा हेर्दै थियौं निरन्तरको वर्षाले काठमाडौंलाई विद्रोही सैनिकहरूले झैं घेर्दै थियो । फिल्म, पुस्तक तथा सार्वजनिक कार्यक्रम स्थगित हुँदै थिए । उसरी नै हामी ५ बजेदेखि जाममा पर्‍यौं । जाम सर्दै हामी झ्याप्ले खोलामा पुग्यौं, राति ८ बजे । त्यहाँ रोक्किएपछि हामी त्यहाँबाट सर्न पाएनौं ।

झमझम पानी परेको छ; निरन्तर, निरन्तर । गाडी अगाडि बढेको छैन । सबैको आशा थियो अगाडिको पहिरो हटाइयो भने हामी त्यहाँबाट अघि बढ्न सक्नेछौं । आधिकारिक जानकारी लिने कुनै स्रोत थिएन ।

पुलिसलाई १०० मा फोन गर्दा पनि हामीले केही सूचना पाउन सकेनौं । बाटो खुल्ला र अघि बढौंला भन्ने आश बाहेकको अर्को विकल्प भएन । अनेकौं शंका र डर सहित हामी रात काट्दै थियौं ।

अचानक नजिकै कतै पहिरो खसेको आवाज सुनियो । घरी चट्याङको आवाजले डरायौं । चट्याङ पर्दा पनि पहिरो नै हो कि भन्ने डरले हामी त्रसित हुन्थ्यौं ।

कति पटक त डरले चट्याङलाई पहिरो ठानेर हामी गाडीबाट हतारहतार ओर्लिएर भाग्थ्यौं । ठूलो पानी परेको हुनाले निस्किएर कतै जाने हिम्मत आएन । पहिरो पर कतै गएको छ हामी सुरक्षित ठाउँमै छौं भन्ने अनुमान थियो ।

गाडीको झ्याल खोले पानी छिर्ने, बन्द गरे निसास्सिने । जेनतेन म तन्द्रामा गएछु ।

‘बचाउ बचाउ…’ आवाजले म झल्याँस्स भएँ । कसलाई के भएको हो पत्तो छैन । कहाँ जाने कसरी जाने केही विकल्प भएन । केही मानिस रुँदै आत्तिंदै कुदिरहेका थिए ।

एक जना विदेशी महिला बजारको भीडमा बाउआमाबाट छुटेर हराएको बालक झैं रुँदै थिइन् । चालकले उनी चढेको गाडीका यात्रुलाई भाग भनेपछि उनी पनि ओर्लिएर भागिछन् । गाडी र गाडीका साथीलाई उनले कहाँ छोडिन् थाहा भएन ।

केही हिलाम्मे मानिसहरू कुद्दै थिए । थाहा लाग्यो कतै नजिकै पहिरो गयो । ओर्लिएर गाडीको दायाँपट्टिको पहाड हेर्‍यौं । सहीसलामत नै थियो । चालक मीनजीले अगाडि पछाडिका गाडीलाई निवेदन गरेर किनारको हाम्रो गाडीलाई भित्तातिर च्यापेर सडकमा सारे । एकछिनमा हल्ला कम भयो । ती विदेशी महिला कता गइन् थाहा भएन । यसरी नै रात बित्दै थियो ।

झिसमिसेमा यात्रुहरूको चहलपहल भयो । अनि थाहा लाग्यो हाम्रो गाडीको सय मिटर अगाडि ठूलो पहिरो गएको रहेछ । दुई वटा ठूला यात्रु बस पहिरोले ध्वस्त छन् । एउटा माइक्रो बसको छतको टुप्पो हिलोमाथि देखियो । आ–आफ्ना अनुमान र डरसँगै उज्यालो भयो ।

मानिसहरू हिंडेर जाने निर्णय गर्दै थिए । अगाडिको पहिरो पार गरेर बाहिर निस्कने सम्भावना रहेनछ । केही यात्रुले कोसिस गरे तर हिलोमा गाडिए । एक जना रेनकोट धारी सिपाही देखिए । उनले अगाडि नजान अनुरोध गरे । यात्रुहरू पछाडि नै फर्किए ।

हाम्रो टोली पनि हिंडेर जाने विकल्प खोज्दै थियो । पछाडि पनि करिब २०० मिटर पर पहिरो खसेको रहेछ । हिलो त्यति गहिरो नभएकोले त्यहाँबाट जान सकिने अरू यात्रुहरूले बताए । साँच्चै संकटमा परेको र केही विकल्प नदेखिएकोले मैले बिहान ४ः३० मा फेसबुुकमा आफ्नो स्थिति लेखें । सोही कुरा ट्विट गरें ।

आधा साथीहरू कटेपछि त्यही ठाउँमा निकै ठूलो पहिरो गयो । एकछिन साथीहरू रोकिए । फेरि पहिरो कम भएपछि बाँकी साथीहरू उसरी नै पार भए । हामीसँगै मानिसहरूको लस्कर थियो ।

केही समयपछि साथीहरूका चिन्ता र सान्त्वना मिसिएका फोन आए । धेरै शुभचिन्तकका म्यासेज आए । एक जना सत्तासीन पार्टीका प्रभावशाली नेताको पनि फोन आयो ।

उनले भने : ‘के सहयोग चाहिएको छ ?’

मैले भनें : ‘साथीहरू बिरामी पनि भएको र ठूलो पानी परिरहेकोले रेनकोट सहित पुलिस वा आर्मीले हामीलाई पहिरोबाट पार लगाइदिए हामी हाम्रो बाटो आफैं पहिल्याउँथ्यौं ।’

उनले गृहमन्त्रीसँग कुरा गरेर स्थितिको जानकारी गराउने बताए । करिब आधा घण्टा पछि मोबाइल फोनमा ती नेताजीको बहुत निराशाजनक म्यासेज आयो ।

पत्रकार किरण भण्डारीले निकै ताकेता गरे सहयोग जुटाउन । पत्रकार देवेन्द्र भट्टराईले धादिङका सिडियोको मोबाइल नम्बर पठाइदिए । सिडियोले निकै हँसिलो बोलीमा फोन उठाए तर उद्धारको कुनै सम्भावना नरहेको आत्मविश्वासका साथ बताए ।

हरेक प्रकोपले शासकहरूको औकात नाप्छ । साम्यवादीहरूको सामन्तवादी चरित्र देखाउँछ । समाजवादीहरूको पूँजीवादी स्वभाव देखाउँछ । बाढी आओस् कि आँधी आओस्, डडेलो लागोस् कि भूकम्प आओस् शासकहरू समय घर्किसकेपछि शोक उत्सव मनाउँछन् ।

सत्तामा बसेकाहरू उत्तरदायित्वबाट पन्छिन पीडितलाई राहतको घोषणा गर्छन् र केही महिनापछि बिर्सन्छन् ।

शान्तिका नाममा नागरिकले खुसुखुसु ज्यान गुमाउनु र सत्तामा बसेकाहरू विलासितामा रमाउनुभन्दा सत्तामा बसेकाहरूका विरुद्ध हतियार उठाउनु ठिक जस्तो लाग्यो ।

हामीले पछाडि फर्किने निर्णय गर्‍यौं । तर माथिबाट पहिरो खस्न निरन्तर थियो । माथिबाट खसिरहेको पहिरोलाई छल्दै पछाडि फर्किने कि त्यहीं बसेर दुर्घटना कुर्ने ? दुई ठुला पहिरोको बीचमा छौं । यस्तो लाग्दै थियो पहिरोले हामीलाई च्याप्दै थियो । आतेस र डरले सबैका ओठ–तालु सुकेका छन् । यस्तो बेलामा निर्णय गर्ने क्षमता पनि हराउने रहेछ ।

हामीले पछाडि फर्किने निर्णय गर्‍यौं । तर माथिबाट पहिरो खस्न निरन्तर थियो । माथिबाट खसिरहेको पहिरोलाई छल्दै पछाडि फर्किने कि त्यहीं बसेर दुर्घटना कुर्ने ? दुई ठूला पहिरोको बीचमा छौं ।

हामीले हाम्रा चालकसँग सल्लाह गर्‍यौं । चालकले गाडी छोडेर जान नमिल्ने बताए । तर, गाडीकै कारणले सबै जना त्यो जोखिममा बस्ने कि नबस्ने त ? मैले चालकलाई फेरि सोधेंः सबै साथीहरूलाई यही जोखिममा राख्ने कि जान दिने त ? उनले भनेः ‘जाँदा हुन्छ । म अरू गाडीका चालकहरूसँग हुन्छु । तपाईंहरू जानुस् ।’

यो निर्णय ज्यादै निर्दयी किसिमको थियो । तीन हप्ता सँगै यात्रा गरेका मीनकुमार श्रेष्ठ नाटक टोलीको सदस्य झैं भएका थिए । पहाडी र अप्ठ्यारा बाटाहरूमा हरेक जोखिमबाट बचाएर उनले यत्रो दिन हामीलाई सुरक्षित राखे ।

अहिले उनलाई नै छोड्नुपर्ने स्थिति आयो । केही हजार रुपैयाँ उनको हातमा थमाएर निन्याउरो अनुहार लगाउँदै हामीले त्यहाँबाट निस्कने निर्णय गर्‍यौं ।

पहिरो खस्न कम भएको बेला झटपट पार गर्ने निर्णय गर्‍यौं । माटोको लेदोको भास भएकाले दगुर्न पनि सकिंदैनथ्यो । हामीले एकएक गर्दै त्यसरी नै पार गर्‍यौं ।

आधा साथीहरू कटेपछि त्यही ठाउँमा निकै ठूलो पहिरो गयो । एकछिन साथीहरू रोकिए । फेरि पहिरो कम भएपछि बाँकी साथीहरू उसरी नै पार भए । हामीसँगै मानिसहरूको लस्कर थियो । १३ घण्टाको भयावह स्थितिपछि हामी संकटबाट निस्किएका थियौं ।

सबै जना भारी वर्षाले भिजेका पहिरोको हिलोले रंगिएका । अब त हप्तौं हिंड्नु परे पनि हामीसँग भयंकर उत्साह र हिम्मत थियो । मृत्युको मुखबाट उम्किएको मानिस यस्तै हुन्छ होला सायद ।

साथमा बिरामी छन् । उकालो हिंड्न नसक्ने बच्चा र वृद्धहरू छन् । कोही ज्यादै मोटा मानिस छन् । कसैका पढाइका भिसा लागेका वा कामको भिसा लागेका विदेशी उडान छुटेका छन् । कसैले आफ्ना ठूला झोला पनि माया मार्न नसकेर बोकेर आएका छन् । एकअर्कालाई सहयोग गर्दै अघि बढ्यौं ।

करिब ४ घण्टा हिंडेपछि हामी थानकोट आइपुग्यौं । लाग्योः हामी त राजधानीबाट धेरै टाढा रहेनछौं । तर, पनि सरकारका लागि हामी पुग्नै नसकिने दूरदराजमा थियौं । हामी हिंड्दासम्म एउटा लुखुरे सिपाही बाहेक सरकारको उपस्थिति शून्य थियो । जनताको पसिनाबाट पालिएका सेना कहाँ थिए, प्रहरी कहाँ थिए ? पानी रोकिएपछि र पहिरो खस्न रोकिएपछि दुर्घटनाग्रस्त क्षेत्रको राजकीय भ्रमणमा जाने तयारीमा थिए सायद ।

थानकोटमा हामीले गाडी समायौं र मुफ्तमा मिलेको जीवनको लामो श्वास फेर्‍यौं । मोबाइल फोन अफ थियो । समाचारहरूबाट बेखबर थियौं । घर पुगेपछि थाहा लाग्यो काठमाडौंले काठमाडौंलाई नै बचाउन सकेको रहेनछ ।

गुहार माग्दामाग्दै सहयोग नपाएर राजधानीमै दर्जनौंले ज्यान गुमाइसकेका रहेछन् । देशभरमा सयौं नागरिकले ज्यान गुमाइसकेका रहेछन् । हामी बाँचेर फर्किएकाको के कुरा भयो र ? सबैभन्दा ठूलो विडम्बना के भने यस्ता निर्दयी नेताहरूलाई जिताउन आगामी चुनावका लागि एकथान भोट बाँचेर आएछु । अनि यिनै निरीह जीवनले कथित लोकतन्त्र जोगाउने जिम्मा लिनुपर्ने ।

भोलिपल्ट बिहान थाहा लाग्यो, हामी अघिल्तिरको पहिरोले पुरिएका गाडीहरूबाट ३५ वटा लास निकालिएछ । आफन्त गुमाएका परिवार, घर–सम्पत्ति बगाएका परिवार र खेतबारी बगाएका किसानका दुःखले फेरि वर्षौंसम्म चहराइरहने घाउ भएका छन् ।

शासन गर्नेहरूले यो सबै केही दिनमै भुल्ने छन् । विलासितामा मस्त हुनेछन् । २०७२ को भूकम्प, कोरोनाकाल, त्यसपछिका प्राकृतिक प्रकोप र विनाशलाई हेरौं । शासकहरू नागरिकको दुःखमा राजनीति गरिरहेका छन् ।

बाहिरबाट हेर्दा शान्ति छ तर चरम बेथिति भएको देश युद्धग्रस्त मैदान झैं क्षत–विक्षत हुने रहेछ । यसरी मर्नुभन्दा साँच्चिकै युद्ध लड्नु ठिक को कि ?





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School