परराष्ट्रमन्त्रीको भारत भ्रमणको निहितार्थ : RajdhaniDaily.com

परराष्ट्रमन्त्रीको भारत भ्रमणको निहितार्थ : RajdhaniDaily.com


नेपालका दुई प्रमुख ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको वर्तमान गठबन्धन सरकारले देशमा राजनीतिक स्थायित्व कायम गर्ने विश्वास देशभित्र र देशबाहिर पनि बढ्न थालेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाको हालै सम्पन्न भारत भ्रमणका क्रममा त्यहाँ प्राप्त गरेको सम्मान र महत्व यसका उदाहरण हुन् । हुन त भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिलो’ नीतिको उच्च प्राथमिकतामा नेपाल रहेको छ र नेपालका कुनै पनि सरकारलाई भारतले सोहीनुसारको व्यवहार गर्दै आएको छ, तर परराष्ट्रमन्त्री राणाको भारत भ्रमण अवश्य पनि विशेष रूपले सफल भएको मान्न सकिन्छ । यस भ्रमणले नेपाल र भारतबीचको दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबीचको आपसी सम्बन्धलाई पनि बलियो बनाउने निश्चित छ ।

परराष्ट्रम्रन्त्री राणा नेपाली कांग्रेसकी प्रभावशाली नेतृ पनि हुन् । विगत तीन दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसका प्रत्येक राजनीतिक गतिविधि र आरोह–अवरोहलाई नजिकबाट नियाल्दै उनी अहिले आएर पार्टीको सक्रिय नेतृत्वमा देखिएकी छन् । पहिलोपटकमै मुलुकको परराष्ट्रमन्त्री बन्ने अवसर प्राप्त गरेकी राणाले जसरी आफ्नो पहिलो विदेश भ्रमणका लागि दक्षिणी छिमेकी भारतलाई नै रोजिन्, त्यो पनि कम बौद्धिकता र दूरदर्शितापूर्ण निर्णय थिएन ।

आफ्नो भारत भ्रमणका क्रममा उनले आफ्ना भारतीय समकक्षी, त्यहाँका विदेशमन्त्री एस जयशंकर सिंहसँग भेटवार्ता गरिन् र जसरी नेपालका समस्याहरूलाई राख्ने काम गरिन्, त्यो कम प्रशंसनीय होइन । भारतका प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा पनि नेपाल र भारतका दुई पक्षीय हितका विविध विषयमा चर्चा भए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारमा नेपाली कांग्रेसजस्ता ठूला पार्टीको सहभागिताले राजनीतिक स्थायित्वको ग्यारेन्टी गर्छ ।

२०७० सालको आमनिर्वाचनपछि गठित नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारले धेरै हदसम्म मुलुकमा राजनीतिक स्थायित्व प्रदान गरेको थियो । त्यस सरकारका पालामा नै नेपालको संविधान, २०७२ पनि जारी भएको थियो । छिमेकी मित्र राष्ट्रहरू पनि राजनीतिक अस्थिरताका कारण नेपालमा लगानी गर्न अनिच्छुक देखिन्छन् । मुलुकको मुलुकको आर्थिक प्रगति र समृद्धिका लागि राजनीतिक स्थायित्व अनिवार्य आवश्यक सर्त हो । दक्षिणी छिमेकी भारतमा विगत ११ वर्षदेखि मोदी नै प्रधानमन्त्रीमा छन् । यस अवधिमा नेपालमा आठ जना प्रधानमन्त्री फेरिए । राजनीतिक स्थायित्वको अभावमा वैदेशिक लगानी र सहयोग भित्रिन सक्दैन ।

मुलुकको राजनीतिक वृत्तमा र खासगरीकन नेपाली कांग्रेसभित्र यस विषयले धेरै नै चर्चा पाएको छ कि परराष्ट्रमन्त्री राणाको सफल भारत भ्रमणबाट उनको राजनीतिक उचाइ बढेको छ, पार्टीभित्र पनि लोकप्रियता बढेको छ तथा पार्टीका अधिकांश नेता एवं कार्यकर्ताहरू आफ्ना समस्यालाई लिएर सोझै राणालाई भेट्ने क्रम बढेकाले कतै नेपाली कांग्रेसको आगामी नेतृत्व उनले नै सम्हाल्ने त होइनन् ? नेपाली कांग्रेसले आगामी महाधिवेशनमा राणालाई पार्टी अध्यक्षको अनुहारका रूपमा अगाडि बढाउने प्रयास गरे त्यसमा केही अन्यथा मान्नुपर्ने कारण हुनेछैन । दक्षिण एसियाको राजनीतिमा परिवारवादले महत्व पाउँदै आएको हो । नेपाली कांग्रेसमा यस्तो परिपाटी सामान्य कुरा हो तसर्थ आरजु राणा देउवालाई पार्टी नेतृत्वका लागि अगाडि आउँछन् भने त्यसमा अन्यथा मान्नुपर्ने कुनै कारण हुनेछैन । हुन त पार्टीभित्र नेतृत्वका आकांक्षी उपप्रधानमन्त्री प्रकाशमान सिंह र शेखर कोइराला पनि छन्, केही युवा नेतृत्वहरू पनि छन् ।

परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणमा नेपाल–भारतबीचको दुई पक्षीय हितका विविध विषयमा कुराकानी गर्नुका साथै नेपाली कांग्रेस र भारतको सत्ताधारी, भारतीय जनता पार्टीसँग पनि सम्बन्ध राम्रो बनाउने प्रयास गरिन् । नेपाली कांग्रेसमा अहिले पनि यस्ता नेताहरूको एउटा ठूलो समूह रहेका छन्, जो भारतको राजनीतिलाई लोहिया र जयप्रकाश नारायणकै चस्माबाट हेरिरहेका छन् । भारतको राजनीतिमा पनि अब डा. राममनोहर लोहिया र जयप्रकाश नारायणको विचारको सान्दर्भिकता देखिँदैन । विहार र उत्तर प्रदेशको राजनीतिमा पनि अब समाजवाद प्रासंगिक रहेन ।

आरजु राणा देउवाले नेपाली कांग्रेसलाई भारतका सत्ताधारी पार्टीस“ग मैत्री सम्बन्ध बनाउन प्रयास गरेकी छन्

सन् १९९१–०९२ मा तत्कालीन प्रधानमन्त्री पीभी नरसिंह राव र अर्थमन्त्री डा. मनमोहन सिंहले लागू गरेको खुला एवं उदार आर्थिक नीति अब सिंगो मुलुककै आर्थिक नीति बनिसकेको छ । हुन त नेपालका राजनीतिक दलहरूले पनि अब यसै नीतिलाई आत्मसात गरेका छन् । नेपाली कांग्रेसको भारतका राष्ट्रिय कांग्रेससँग कहिले धेरै राम्रो सम्बन्ध रहेन । न त पण्डित जवाहरलाल नेहरू, न त इन्दिरा गान्धी र न त राजीव गान्धीकै पालामा । पीभीनरसिंह राव र डा. मनमोहन सिंहका पालामा पनि भारतीय राष्ट्रिय कांग्रेससँग नेपाली कांग्रेसको राम्रो सम्बन्ध थिएन ।

पुराना पिँढीका नेताहरू नेपाली कांग्रेसमा पनि र भारतमा पनि अब सान्दर्भिक रहेनन् । भारतीय जनता पार्टीसँग नेपालका कुनै पनि राजनीतिक दलको कहिल्यै राम्रो सम्बन्ध रहेन । नेपालका प्रमुख राजनीतिक दलहरूको भारतका दुई प्रमुख राजनीतिक दलहरू भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेससँग धेरै राम्रो सम्बन्ध नरहेका कारण पनि नेपालमा भारत’bout राम्ररी बुझ्ने र बुझाउने काम भएन । परराष्ट्रमन्त्री राणाले यस दिशामा पाइला बढाएकी हुन् । नेपालका प्रमुख राजनीतिक दलहरूको भारतका प्रमुख राजनीतिक दलहरूसँग राम्रो सम्बन्ध रहनुपर्छ ।

नेपाल र भारत दक्षिण एसियाका दुई यस्ता मित्रराष्ट्र हुन्, जसलाई भूगोल र इतिहासले पनि सँगसँगै गाँसिदिएको छ । खुला सिमाना, आर्थिक र राजनीतिक सम्बन्धले हामीबीचको मित्रतालाई निरन्तर रूपमा सुदृढ बनाउँदै लगेको छ । यो सम्बन्ध केवल राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ । परराष्ट्रमन्त्री देउवाको यस भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।

अहिले नेपाल–भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समीक्षा गरी यसलाई समयसापेक्ष बनाइनुपर्ने चर्चा चलिरहेका छन् । इतिहासको समीक्षालाई नराम्रो भन्न मिल्दैन, तर आपसमा अविश्वास र आशंकाको गुन्जायस रहनुहुँदैन । आशंका उत्पन्न हुने बित्तिकै दुवै मुलुकका सम्बन्धित अधिकारीहरूले वार्ताको टेबुलमा बसी वार्ताका माध्यमबाट त्यस्ता आशंकाको अन्त्य समयमै गर्नु बुद्धिमानी ठहरिन्छ । आशंका एउटा सीमाभन्दा बाहिर पुग्दा केही नहुँदा पनि अनर्थ भइरहेको जस्तो लाग्छ । नेपाल–भारतबीच सुमधुर, मैत्रीपूर्ण र परस्पर सहयोग एवं विश्वासमा आधारित सम्बन्धको विकल्प छैन ।

नेपालका वामपन्थीहरूको उत्तरी छिमेकी चीनको सत्ताधारी कम्युनिस्ट पार्टीसँग राम्रो एवं सुमधुर सम्बन्ध छ । दुवै मुलुकका कम्युनिस्ट पार्टीका नेताहरूको भ्रमणको आदान–प्रदान पनि नियमित रूपमा भइरहेकै छ । भारतमा कम्युनिस्ट पार्टीको अवस्था दयनीय छ । स्वाभाविक रूपमा नेपालका कम्युनिस्ट पार्टी र भारतका कम्युनिस्ट पार्टीहरूबीच अब त्यति राम्रो सम्बन्ध रहेन । खुल्दै बन्द हुँदै र औचित्यहीन साबित हुँदै गएका मधेसी दलहरू हावामा उडिरहेका बेलुनसमान हुन्, यसको न त नीतिगत उचाइ छ, न त गन्तव्य र भविष्य नै ।

यस्तोमा राणाले यदि नेपाली कांग्रेसलाई भारतका सत्ताधारी भारतीय जनता पार्टीसँग मैत्री सम्बन्ध बनाउने दिशामा प्रयास गरेकी छन् भने यसलाई स्वाभाविक रूपमा र एउटा उपलब्धिका रूपमा लिनुपर्छ । भारतीय जनता पार्टी एउटा अनुशासित राजनीतिक पार्टी हो । यसका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको हुँदैन । यसका नेताहरू सांस्कृतिक राष्ट्रवादमाथि मन, कर्म र वचनले समर्पित हुन्छन् । सनातन धर्म संस्कृतिको रक्षाका लागि प्रतिबद्ध छन्, तर के नेपाली कांग्रेसका नेताहरू पनि यस्तै गर्न सक्छन् ? नेपाली कांग्रेसजस्तो पार्टीको भारतका दुवै प्रमुख राजनीतिक दलहरूसँग राम्रो एवं सुमधुर सम्बन्ध हुनुपर्छ । यसले गर्दा दुवै मुलुकका नेताहरू एक अर्काका मुलुकको राजनीतिक गतिविधिका ’boutमा राम्ररी अवगत हुन सक्छन् र अनावश्यक भ्रम सिर्जना गर्नेहरू लज्जित हुनेछन् ।

(Visited 81 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School