ब्रेन, बोडी र व्यायाम : RajdhaniDaily.com

ब्रेन, बोडी र व्यायाम : RajdhaniDaily.com


‘व्यायाम’स्वास्थ्यका लागि एक परम आवश्यकता हो । अझ शारीरिक कार्य नगर्ने मानिसका लागि त व्यायाम अनिवार्य नै भने पनि हुन्छ । तर, संसारका अधिकांश मानिसहरूले ‘व्यायाम’ गर्दैनन् । व्यायामको महत्व थाहा नभएका मानिसले मात्र होइन कि व्यायामको महत्व थाहा भएका अधिकांश मानिसले समेत व्यायाम गरेको देखिँदैन । तर, व्यायाम गर्ने मानिसले व्यायामबाट प्रशस्त लाभ प्राप्त गरिरहेका हुन्छन् । यस सन्दर्भमा डा. केन्नेथ एच. कुपर भन्छन्, ‘मैले दिनहँु व्यायाम गर्दछु किनकि व्यायामले गाढा निद्रा लगाउँछ, भोक बढाउँछ, प्रमुख कुरो मलाई एकदमै सिर्जनात्मक र ऊर्जावान् बनाउँछ ।’

व्यायाम किन ?
आज विश्वका लगभग ४ अर्बभन्दा बढी मानिस कुनै न कुनै रोगको सिकार छन् । यसरी रोगको सिकार हुने क्रम बढ्दो छ । यसरी रोग बढ्नुको प्रमुख कारण मानिसको गलत जीवनशैली हो, आहार–विहार हो । कतिपय मानिस पर्याप्त र सन्तुलित भोजनको अभावमा कुपोÈणको सिकार भएका छन् भने हुने–खाने, धनाढ्य पनि गलत आहार–विहारका कारणले गर्दा मधुमेह तथा हृदय रोगजस्ता घातक रोगको चपेटामा परेका छन् । अनि प्रशस्त पैसा भएर पनि आफूले खाना चाहेको खानेकुरा खान पाएका छैनन् ।

वास्तवमा मानिसको आहार–विहार ठीक भयो भने मानिसलाई सितिमिति रोग नै लाग्दैन । त्यसैले स्वास्थ्यका लागि जति आहारको महत्व छ, त्यति नै व्यायामको जरुरी छ । त्यो ’cause मानिसको शरीरमा ४५ प्रतिशत मांसपेशी हुन्छ, त्यो मांसपेशीलाई शुद्ध र मजबुत राख्न, शरीरमा पैदा भएका विकारलाई निष्कासन गर्न तथा पोषक तत्वलाई शोषण गर्न पनि व्यायामको आवश्यकता पर्छ ।

व्यायामले शरीरको वृद्धि–विकास, निर्माण तथा रक्षा गर्छ, शरीरलाई बलियो, कसिलो, मजबुत र सुडौल बनाउँछ । नियमित व्यायाम गर्ने हो भने शरीर स्वस्थ र मजबुत हुनुको साथै मज्जाले निद्रा लाग्दछ, शरीरमा उत्साह र स्फूर्ति छाउँछ, शरीरमा ताकत पैदा हुन्छ, शारीरिक सौन्दर्य बढ्नुको साथै अनुहारमा कान्ति छाउँछ, मन नियन्त्रित हुन्छ, मस्तिष्क ज्यादै ऊर्जाशील बन्छ, जसले गर्दा मानिस सधैं ओजस्वी–तेजस्वी जीवन जिउन सक्छ ।

यति मात्र होइन, कतिपय रोग, जस्तै मधुमेह, मोटोपना तथा कब्जियत आदिका लागि त व्यायाम रामवाण औÈधि नै हो । त्यसैले त आयुर्वेदका गुरु आचार्य वाग्भटले लेखेका नै छन्, ‘व्यायामद्वारा शरीरमा स्फूर्ती आउँछ, शरीरको कार्यक्षमता बढ्छ, जठराग्नि प्रज्वलित हुन्छ, मोटोपना रहँदैन तथा शरीरका सम्पूर्ण अंगहरू हृष्टपुष्ट बन्छन् ।’

व्यायाम र ब्रेन
व्यायामले मन–मस्तिष्कलाई ज्यादै छिटो प्रभाव पार्छ । व्यायामले शारीरिक ताकत मात्र होइन कि मानसिक ताकत पनि पैदा गरिदिन्छ, शरीरलाई फूर्तिलो तथा मनलाई आनन्दित तुल्याउँछ, मानिसको बायोकेमिस्ट्रीलाई नै ठीक र सन्तुलित राख्ने कार्य गर्छ । मानिसको मस्तिष्कमा एन्डोरफिन र सेरोटोनिन भन्ने रसायन हुन्छन्, जसको सम्बन्ध आनन्द र खुसीसँग हुन्छ । यदि यी रसायनले ठीकठाक कार्य गरेका छन् भने मात्र मानिसलाई आनन्द र खुसी प्राप्त हुन्छ । तर, यी रसायनले ठीक काम गरेनन् भने मानिसलाई खुसी प्राप्त हुँदैन, मनमा सधैं निराशा छाउँछ अनि मानिस डिप्रेसनको सिकार बन्छ ।

स्मरण राख्नुपर्ने कुरा के भने एन्डोरफिनबिना सुख तथा उत्साहको कल्पना गर्न सकिँदैन । यसैले सुख–शान्ति र उत्साहका लागि एन्डारेफिन सन्तुलित रूपमा सक्रिय हुनु ज्यादै आवश्यक छ । तर, पहिलो कुरा मानिसको आहार सन्तुलित भएन भने यस्ता स्नायु रसायन पर्याप्त मात्रामा बन्दैनन् । अर्को कुरा उचित र नियमित व्यायाम भएन भने यी रसायान सक्रिय हँुदैनन् । त्यसैले व्यायामको सम्बन्ध सिधैं स्नायु रसायनसँग छ, मन–मस्तिष्कसँग छ ।

यति मात्र होइन कि नियमित व्यायामले शरीरको रोगप्रतिरोध प्रणालीलाई ठीक राख्छ, जसले गर्दा रोग लाग्न पाउँदैन । मानिसलाई सधैं सुख र शान्तिको अनुभव भइरहन्छ, हरेक किसिमको दर्दमा नियन्त्रण हुने गर्छ । यसका साथै सेक्स हार्मोन पनि व्यायामबाट नै सन्तुलित हुने गर्छ ।

मानिसको शरीरमा एक अर्को महत्वपूर्ण रसायन, नोरएपिनेफ्रिन हुने गर्छ, व्यायामले यस रसायनलाई पनि क्रियाशील गराउने हँुदा मनस्थिति ठीक हुने र मस्तिष्कमा रक्तसञ्चार पर्याप्त हुने गर्छ । यसको साथै नियमित व्यायामबाट नर्भ ग्रोथ फ्याक्टर नामक हार्मोनको पनि क्रियाशीलता बढ्छ, जसले गर्दा सम्पूर्ण मस्तिष्कमा अपार ऊर्जा फैलिन्छ, मस्तिष्कमा पैदा भएका विकारलाई हटाउने कार्य गर्छ, जसले गर्दा मस्तिष्क स्वस्थ हुनुको साथै मस्तिष्कको कार्य क्षमतासमेत बढ्ने गर्छ । त्यसैले त डा. केन्नेथ एच. कुपरले भनेका अगाडि भन्छन्, ‘मैले थुप्रै यस्ता मानिस देखेको छु, जसले १५ वर्षदेखि व्यायाम गरिरहेका छन् । उनीहरू अहिले ७०, ८० वर्षका भए तर उनीहरूको मुटुको धड्कन ५० वर्षका मानिसको जस्तै छ ।’

व्यायामको प्रकार
साधारणतया व्यायाम दुई किसिमका हुन्छन् एरोविक व्यायाम र एनारोविक व्यायाम । हिँडाइ, दौडाइ तथा पौडी आदि जस्ता व्यायाम एरोविक व्यायाम हुन भने भारात्तोलन एनारोविक व्यायामको उदाहरण हो ।

एरोविक व्यायामले मन–मुटु तथा सम्पूर्ण शरीरमा प्रभाव पार्छ । यस्ता व्यायामको सर्वाधिक प्रभाव श्वास–प्रश्वास क्रियामा पर्छ । सामान्यतया एक स्वस्थ मानिसले १ मिनेटमा १५–१८ पटक सास लिने र छोड्ने गर्छ । तर यस्ता व्यायाम गर्दा सासको गति तीव्र हुन्छ, यसले गर्दा शरीरमा रक्तसञ्चार पनि तेज हुन्छ, शरीरको त्वचाको रोम–कुप खुल्छ तथा पसिनामार्फत शरीरभित्रको फोहोर बाहिर आउँछ, शरीरको सफाइ ठीक तरिकाले हुने गर्छ ।

जबकि, एनारोविक व्यायामले मांशपेशीमा बढी प्रभाव पार्दछ । तर, यस्तो व्यायामले हृदयलाई त्यति सहयोग गर्दैन । त्यसैले स्वास्थका लागि सबैभन्दा सरल, उत्तम र फोकटको व्यायाम हो, हिँडाइ र दौडाइ । यस व्यायामका लागि एक पैसा पनि खर्च गर्नुपर्दैन । बस्, एक जोर जुत्ता भए पुग्यो । व्यायामका लागि बिहान सबेरैको समय सर्वोत्तम हुन्छ । त्यो ’cause बिहानको समयमा वातावरण अत्यन्तै आनन्दायक तथा वायु शुद्ध र स्वास्थ्यवर्धक रहन्छ ।

तर, धेरै मानिस आफूलाई कुनै रोग लागेपछि मात्र व्यायाम गर्ने गर्छन् । बुटवलकी राधा मधुमेहले समातेपछि अहिले बिहान उठेर चार किलोमिटर हिँड्ने गर्छिन् । योगा गर्छिन् । बिहानको हिँडाइ र योगासनले गर्दा मधुमेहको औषधि खान नपरेको उनी बताउँछिन् । बुटवलका कुलबहादुर गुरुङ पनि आफू मुटुको रोगबाट पीडित भएपछि मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीको सल्लाहअनुसार बिहान हिँड्न थालेको बताउँछन् ।

सर्वश्रेष्ठ योग
योग अर्थात् प्राणायाम, आसन तथा ध्यान बालबालिका, युवा तथा वृद्धवृद्धा सबैका लागि उपयुक्त एक अदभूत र सर्वश्रेष्ठ वैज्ञानिक व्यायाम हो । योगले शरीरलाई मात्र होइन मनलाई समेत स्वस्थ, सुदृढ र निर्मल राख्छ । अहिलेसम्म योगजस्तो उत्कृष्ट व्यायाम यस संसारमा देखापरेको छैन ।

योगासनको सतत् अभ्यासले तनाव, दुश्चिंता (एनजाइटी), कुंठा, निराशा तथा स्नायु दौर्वल्यता आदि अनेक मनोरोगबाट मुक्त हुन सकिने तथ्य वैज्ञानिक रूपमा नै प्रमाणित भइसकेको छ । ठीक र उचित ढंगले योगासन गर्नेहरू मनोविकारको सिकार हुँदैनन् । योगासनले मस्तिष्क शक्ति, इच्छा शक्ति, संकल्प शक्ति स्मरणशक्ति तथा सकारात्मकता बढ्छ । अधिक शक्ति र स्फूर्तिको अनुभव हन्छ । जीवनमा आउने उतारचढावलाई सक्षमतापुर्वक समाधान गर्न सक्ने सामथ्र्य बढ्छ ।

व्यायाम गर्दा ध्यान दिनुपर्ने कुरा
व्यायाम मस्तिष्कको एउटा अर्को प्रमुख ऊर्जा भए पनि यसको अर्को पक्ष पनि छ । त्यो के भने यदि व्यायाम ठीक ढंगबाट गरिएन भने व्यायामले पनि उल्टो असर गर्न सक्छ । त्यसैले व्यायाम गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्छ ः

व्यायाम शुभारम्भ गर्नु पूर्व यो ख्याल गर्न आवश्यक छ कि तपाईंको शारीरिक गठन कस्तो किसिमको छ ? तपाईको कार्य क्षेत्र के हो ? सोहीअनुसारको व्यायाम छनोट गर्नुपर्छ । जस्तो कि दुब्लो–पातलो व्यक्तिले यस्तो व्यायाम गर्नुपर्छ, जसले मांशपेशी मजबुत तथा सुदृढ बनाउँछ भने जो व्यक्ति मोटो र भद्दा छन्, यस्ता व्यक्तिले मोटोपना घटाउने व्यायाम गर्नु श्रेयष्कर हुन्छ । यस्तै जसको शरीर सुडौल एवं मजबुत छ भने यस्तो व्यक्तिले कठोर व्यायाम गर्न ठीक हुन्छ ।

व्यायाम गर्दा खुकुलो लुगा लगाउनुपर्छ । कस्सिएको लुगा लगाएर व्यायाम गर्नुहुँदैन । व्यायाम गर्ने ठाउँ शान्त, शुद्ध र स्वच्छ हावा खेल्ने खुला हुनुपर्छ । कोठामा भन्दा खुला चौर वा पार्कमा व्यायाम गर्नु उत्तम हुन्छ । व्यायाम गर्ने सबै भन्दा उपयुक्त एवं उत्तम समय प्रातः काल हो । त्यसो त खाना खाएको ४–५ घण्टापछि साँझपख पनि व्यायाम गर्न सकिन्छ ।

रोगी–बिरामीहरूले व्यायाम गर्दा चिकित्सकको परामर्श लिएर गर्नुपर्छ । सकिनसकी व्यायाम गर्नुहुँदैन । व्यायाम गर्दा थकाइ लाग्यो भने केही क्षण विश्राम गर्नुपर्छ । व्यायाम सधैं खाली पेट गर्नुपर्छ । व्यायाम गरेको आधा घण्टापछि मात्रा खाना खानुपर्छ । व्यायाम गर्दा जुन अंगको व्यायाम गरिएको छ, मनलाई त्यसैमा एकाग्र गर्नुपर्छ । व्यायाम गर्नेको भोजन उचित तथा सन्तुलित हुनु अनिवार्य छ ।

पुछारमा
अतः बिहान सबेरै उठेर चार-पाँच किलोमिटर दौडिने वा लामोलामो पाइलामा हिँड्ने र पार्क आदि जस्तो खुला, शान्त र स्वच्छ ठाउँमा बसेर आधा घण्टा जति प्राणायाम, ध्यान तथा योगासनजस्ता व्यायाम गर्नु अति नै श्रेष्ठ हुन्छ । बिरामी तथा वृद्धवृद्धाहरूले दौड लगाउनुहँुदैन, लामो र छिटो पाइलाले हिँडनुपर्छ । तर, युवा हिँडेर मात्र हुँदैन, दौड लगाउने गर्नुपर्छ । पसिना निस्कनेगरी दौड लगाउने हो भने व्यायामबाट बढीभन्दा बढी फाइदा प्राप्त हुन्छ ।

(Visited 12 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School