कृष्णजन्माष्टमीको सन्देश : RajdhaniDaily.com

कृष्णजन्माष्टमीको सन्देश : RajdhaniDaily.com



भनिन्छ कि, भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बीहरू, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्णप्रणामी सम्प्रदायलगायत अन्य हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ व्रतोवास गरी मनाउँछन् । यस दिन भक्तजन उपवास बस्छन् र आधा रातमा भगवान्को पूजाअर्चना गर्दै रातभर भजनकीर्तन तथा कथाश्रवण गर्दै जाग्राम बस्छन् । फलतः श्रीकृष्णजन्माष्टमीको दिन रोहिणी नक्षत्र र बुधबार पर्नुलाई अत्युत्तम मानिन्छ । यसै नक्षत्र र बुधबार भगवान् श्रीकृष्णको जन्म भएको थियो । हाम्रो देशको कुरा गर्ने हो भने कृष्णजन्माष्टमीको अवसरमा मुलुका सबैजसो कृष्ण मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्छ ।

यसमा पनि भन्ने नै हो भने खासगरीकन ललितपुरको मंगलबजारको कृष्णमन्दिरमा पनि यस अवसरमा दिनभर हजारौं संख्यामा भक्तजनको भीड लाग्ने गर्छ । यस दिन यस मन्दिरमा दर्शन पूजा गर्नका लागि राष्ट्रप्रमुख नै आउने प्रचलनसमेत रहिआएको छ । जसमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले कृष्ण मन्दिरका पुजारीको हातबाट टीका थापी जल तथा फूलप्रसाद ग्रहण गर्नुपर्ने धार्मिक मान्यता रहेको पाइन्छ । त्यस्तैगरी, उपत्यकामा रहेको हनुमानढोकास्थित अष्टकोणाकार कृष्ण मन्दिरमा पनि यस दिन भक्तजनको भीड लाग्ने गर्छ । यसै अवसरमा काठमाडौंको असनदेखि बालकुमारीसम्म पनि ठाउँठाउँमा श्रीकृष्णका विभिन्न तस्बिरहरू झुन्ड्याइने गरिन्छ ।

श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ । यो नै पूर्वीयजगत्को प्रेम दिवस हो र भ्यालेन्टाइन डेका नाममा नेपाल भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण पनि हो । यसर्थ, श्रीकृष्ण जन्माष्टमीको दिन श्रद्धालु भक्तजनहरूले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शिलालाई काँक्रोभित्र राखिराख्छन् । यसको ठीक मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लासका साथ जन्मोत्सव गरिन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको संकेतका रूपमा लिइन्छ । त्यसपछि पञ्चामृत वा शुद्ध जलले भगवान्लाई स्नान गराई श्रीखण्ड, चन्दन, तील, अक्षता र फूलले भगवान्को पूजा गरिन्छ । यसमा पनि भगवान्लाई वस्त्र र जनैसमेत अर्पण गरी धूपदीप बालिन्छ र भोग चढाइन्छ । नैवेद्यको भोग लगाउँदा विशेषतः हलुवा, पेडा, मिठाई तथा केरा, नासपाती, स्याउ आदि फलफूलको भोग लगाइन्छ । त्यसपछि भजनकीर्तनसहित आरती गरिन्छ र पुष्पाञ्जली चढाएर भगवान्लाई साष्टांग प्रणाम गरी अखण्ड दीप बालिन्छ । अनि, रातभर श्रीकृष्णको भजनकीर्तन गाएर जाग्राम बस्ने चलन छ ।

श्रीकृष्णजन्माष्टमीको दिन रोहिणी नक्षत्र र बुधबार पर्नुलाई अत्युत्तम मानिन्छ

भगवान् श्रीकृष्ण पौराणिक ग्रन्थमा मात्र नभई ऐतिहासिक पुरुष हुन् भनी चर्चाहरू उठ्न थालेको छ । जबकि, भगवान् श्रीकृष्णसँग सम्बन्धित तिथिमितिहरू संस्कृतिकर्मी नुतनधर शर्माले एक सांस्कृतिक पत्रिका साप्ताहिक अमलेखमा यसरी लेख्छन्– श्रीकृष्णको जन्म मथुरा नगरीमा भाद्रकृष्ण अष्टमीका दिन ३२२८ ईसापूर्वमा भएको हो । उहाँले १ सय २५ वर्षको उमेरमा फागुपूर्णिमाको दिन अर्थात् १८ फेब्रुवरी ३१०२ ईसापूर्वमा देहत्याग गर्नुभएको थियो । यसै दिनबाट कलियुग प्रारम्भ भएको मानिन्छ । त्यस्तैगरी अर्का विद्वान् विश्वनाथ चक्रवर्तीको भनाइनुसार भगवान् श्रीकृष्णले आफ्नो जीवनको सुरुका ३ वर्ष चार महिना गोकुलमा बिताए । त्यत्तिकै समय वृन्दावन, नन्दग्राम र द्वारकामा बिताएका थिए । अतः पृथ्वीमा आत्मराम आन्मकाम पूर्णब्रह्म श्रीकृष्णको हृदयमा जीवनमाथिको कारण नै पशुपंक्षी, जलचर आदि प्राणीका रूपमा आवतरित हुनाको मुख्य कारण हो । जब श्रीकृष्णको हृदयमा मनुष्यमाथि कृपा वर्षाउने इच्छा हुन्छ, तब स्वयं भगवान् श्रीकृष्ण अनेक अवतारको रूपमा अवतरित नभईकन स्वयं नै नन्दबाबा यशोदा मैयाको घरमा नरवतलीला गर्ने क्रममा मनुष्यका रूपमा जन्म लीला गर्नुहुन्छ । यसर्थ, कंशको अत्याचारबाट मथुरा र मथुरावासीलाई मुक्ति दिलाउन र गीतामा वर्णित अनेकौं जीवनोपयोगी दर्शनज्ञान संसारलाई दिन नै कृष्णावतार भएको हो भन्नुमा कुनै दुईमत नहोला ।

अन्त्यमा भन्नुपर्दा भगवान् श्रीकृष्ण पतित पावन अवतार भगवान् चैतन्य महाप्रभु कलिकालको जीवका लागि विशेष रूपले भगवान्को नाम कीर्तनको शिक्षा दिनुहुन्छ । वस्तुतः साधनामा भगवान्को नामजस्तो श्रेष्ठ साधना अरू छैन, जसले प्रेम प्राप्त गरोस् । यो नै देश, काल, द्रव्य आदिद्वारा ‘परिच्छेद्रहित अधिकार विवर्जित’, जीव मात्रको परमहित, सज्जनद्वारा अनुमोदित अनन्तसिद्ध साधकहरूद्वारा आधारित नाम संर्कीतन नै सबै शास्त्रमा प्रेम प्राप्तिका परम उपायका रूपमा निर्णीत भएको छ । त्यसै कारणले गर्दा संसारमा धेरैले दुःख भोगिरहनुपरेको छ । त्यसबाट उम्कन एक मात्र उपाय कृष्ण शरणागति नै हो । जुन कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रूपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । जसरी कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । यसमा पनि चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत् वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊ’ भन्ने आकाशवाणी भएको थियो ।

महाभारत युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो

यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । जहाँ वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्दपत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसंग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको वध गरी हजुरबुबा उग्रसेन, माता–पिता देवकी एवं वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । जसमा भन्ने नै हो भने संसारमा विद्यमान रहेको अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरूप आजको पर्व मनाउने गरिएको हो । अतः श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गर्नुभएको थियो । जसरी कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो ।

मूलतः युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै ‘श्रीमद्भागवत् गीता’ हो । यसैकारण, श्रीमद्भागवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । जसमा भन्ने नै हो भने बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आउनुभएका श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यस महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ । यो नै पूर्वीयजगतको प्रेम दिवस हो र भ्यालेन्टाइन डेका नाममा नेपाल भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण मनाइने पर्व पनि हो ।

The post कृष्णजन्माष्टमीको सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School