घरमा रातभरको तलासीपछि भर्जिनियाको मनाससबाट बेपत्ता ममता काफलेका श्रीमान् नरेश भट्ट पक्राउ

घरमा रातभरको तलासीपछि भर्जिनियाको मनाससबाट बेपत्ता ममता काफलेका श्रीमान् नरेश भट्ट पक्राउ



प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार

घरमा रातभरको तलासीपछि भर्जिनियाको मनाससबाट बेपत्ता ममता काफलेका श्रीमान् नरेश भट्ट पक्राउ

भर्जिनियाको मनासस पार्क प्रहरीले बिहीबार बिहान ममता काफ्ले भट्टका श्रीमानलाई पक्राउ गरेको छ । घरमा रातभर खानतलासीपछि विहान नरेश भट्टलाई पक्राउ गरेको हो । अधिकारीहरूले नरेश भट्टलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।

प्रहरीले भट्टमाथि के अभियोग लगाएको छ भन्ने तत्काल खुल्न सकेको छैन । बिहान ११ बजेसम्म ममता भट्टको अवस्था अज्ञात छ। मंगलबार १ वर्ष पुगेकी उनकी छोरीलाई बिहीबार बिहान प्रहरीले घरबाट निकालेका थिए ।

भर्जिनियाको मनसास पार्कबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा अनुसन्धान गरिरहेको मनासस पार्क प्रहरीले घटनाको अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले समन्वय नगरेको बताएको थियो । बुधबार बेलुदेखि घरमा खानतलासी सुरु गरेको प्रहरीले खानतलासीकै बीचमा गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा उनका श्रीमान् नरेश भट्टले सहयोग नगरेको बताएको थियो ।

घरमा रातभरको तलासीपछि भर्जिनियाको मनाससबाट बेपत्ता ममता काफलेका श्रीमान् नरेश भट्ट पक्राउ

प्रहरीले उनका श्रीमान् भट्ट प्रहरी अनुसन्धानमा चासोको व्यक्ति अर्थात् पर्सन अफ इन्ट्र्रेस्ट भएको समेत बताएको थियो । प्रहरीले घरमा बुधबार बेलुकी ५ बजेतिर खानतलासी सुरु गरेको थियो । उक्त खानतलासी रातीसम्म चलेको थियो ।

मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भट्टसँग कुरा गरेका थिए । तर श्रीमान नरेश भट्टले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School