शक्ति राष्ट्रको रूपमा उदीयमान चीन विश्वको ध्यान तानिरहेको छ । आर्थिक विकास, सांस्कृतिक तथा भाषिक विशिष्टता, शिक्षा, सूचना तथा प्रविधिको विकास आदिले संसारको ध्यान तानिरहेको चीनलाई बुझ्ने आफ्नै खालका दृष्टिकोणहरू छन् ।
चीनको राजनीतिक विशिष्टता एवम् गरिबी निवारणका प्रयासहरूको विषयले पनि विश्वको ध्यान तानिरहेकै छ । यी विशिष्टताहरूलाई चीनले आफ्नै शैलीमा विश्वलाई बुझाइरहेको छ । अनुभवहरू आदान-प्रदान गरिरहेको छ । अझ भनौं कतिपय सवालहरूमा आफूमाथि उठेका प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिइरहेको छ र धेरै विषय त चीनले बाँकी विश्वलाई पढाइरहेको नै छ ।
एकातिर चीनको विकास र विशिष्टता फैलिइरहेको छ भने अर्कातिर दक्षिणी मुलुक भारतको उस्तै विकास, राजनीति र संस्कृतिको चर्चा विश्वभर छ । मोदी शासनको उदयदेखि आजसम्मको राजनीतिको विशिष्टता चीनको सी शासनको विशिष्टता भन्दा भिन्न तर प्रतिष्ठित नै छ ।
चीनको ग्वाङ सी युनिभर्सिटीको निमन्त्रणामा स्कूल अफ माक्र्सिज्मद्वारा आयोजित गभर्निङ एक्सपेरियन्स अफ माक्र्सिष्ट पोलिटिकल पार्टिज्को कार्यक्रममा सहभागी हुन चार दिन चीनका नानिङ, ग्वांसी लिउझाउ लगायत क्षेत्र पुग्ने अवसर पाएँ । त्यहाँ रहँदा नेपाल र चीनका सन्दर्भमा केही समानता, केही भिन्नता, धेरै सिक्नुपर्ने कुराहरू र मूल रूपमा सांस्कृतिक आदान-प्रदानका सन्दर्भहरूले मनमस्तिष्क छोइरह्यो ।
हामी मूलतः नेपाल र चीन हिमालय क्षेत्रमा मित्रवत् मुलुकहरू र संसारको दृष्टिमा हामी असल छिमेकीकोे छाप जनस्तरमा नै छ भन्ने धेरै हिसाबले अनुभूत गर्न सकिन्थ्यो । सगरमाथा वारिपारिका हामी दुई देशको मित्रता हाम्रो भ्रमणका सन्दर्भसँग विभिन्न ढंगले प्रतिबिम्बित भइरहेकै थियो ।
नेपालमा माक्र्सवादी लेनिनवादी पार्टीको नेतृत्वमा सरकार गठन भएको छ । यो परिवेशमा नेपालको माक्र्सवादी आन्दोलन र यहाँको विषयमा मित्रराष्ट्र चीनको विश्वविद्यालयमा प्रस्तुति राख्ने र अबको नेपालको भावी राजनीति, दुईपक्षीय हित र सम्बन्धका विषयमा अनुभव, अपेक्षा र भावी मार्गचित्रहरू आदान-प्रदान गर्ने अवसर प्राप्त भयो ।
यसो हुँदै गर्दा हाम्रा राजनीतिक तथा प्रशासनिक पक्षहरू, विश्वविद्यालय, नागरिक समाज तथा जनस्तरबाट नै सोच्नुपर्ने, सिक्नुपर्ने र गर्नुपर्ने विषयहरूमा केही ध्यान आकर्षित भएको छ । नेपाल चीनका सम्बन्धको एउटा महत्वपूर्ण पक्ष ज्ञान र सीपको हस्तान्तरणको पक्ष हो ।
चीनका विभिन्न विश्वविद्यालयमा नेपालबाट गएर अध्ययन गर्ने हजारौं विद्यार्थीले नेपाल र चीनको सम्बन्ध, दुई देशको आवश्यकता र सम्बन्धको जगमा भावी सम्भावनाका चित्रहरू कोरिरहेका छन् । हामी सहभागी भएको विश्वविद्यालयकै सन्दर्भमा पनि विश्वविद्यालयको विकास मार्फत सूचनाप्रविधि शिक्षा तथा चीनको विकासमा एउटा विश्वविद्यालयले गर्न सक्ने योगदानको बृहत् पक्षलाई विश्लेषण गर्न सकिन्थ्यो ।
विश्व बजार नै कोभिडपछि हायलकायल भएको छ । तर भारतीय स्टक एक्सचेञ्जले आफूलाई संसारकै स्टक एक्सचेञ्जमा आफू बलियो सावित गरिरहेको छ । स्टक एक्सचेञ्ज मार्फत आर्थिक सुधारको मोडलहरू कसरी लैजान सकिन्छ भन्ने सन्दर्भमा पनि अनुभवहरू आदानप्रदान भए
हामीले नेपाल चीन सम्बन्धमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई पनि उत्तिकै महत्वका साथ लिन सक्ने रहेछौं । यस भ्रमणका सन्दर्भमा नेकपा एमालेको नेतृत्वमा शिक्षा तथा सांस्कृतिक विकास मार्फत नेपाल र चीनका हित र आवश्यकताका सन्दर्भमा समेत विश्वविद्यालयमा छलफल एवम् अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भयो ।
नेपाल र चीन बीचको सम्बन्धको अर्को महत्वपूर्ण बीआरआई सम्झौता, कार्यान्वयनको अवस्था र जनस्तरसम्म नै भएका अपेक्षाहरू नै हो । नेपालको विदेश नीति, आर्थिक विकासका लागि गरिएको प्राथमिकता निर्धारण, कूटनीतिक पहल र प्रयत्नहरूको सन्देश पनि आदान-प्रदान भयो ।
खासमा हामीले बीआरआई मार्फत धेरै काम गर्न सकिने अवस्था रहेछ तर हामीले धेरै गर्न सकिरहेका रहेनछौं भन्ने अनुभूत भएको छ । बीआरआईको ऐतिहासिक सुरुवातको सन्दर्भहरू र आजको विश्व सञ्जालमा चीनले गरेको प्रगतिलाई हामीले अनुभूत गर्न सक्थ्यौं ।
नेपाल चीन सांस्कृतिक सम्बन्धको सुदृढीकरण, भाषाको अध्ययनमा हुने सहयोग, विश्वविद्यालय मार्फत ज्ञानको हस्तान्तरण लगायत कुराहरू हाम्रा प्राथमिकतामा पर्न आवश्यक थियो । युनिभर्सिटी सफल हँुदा जनशक्ति, अर्थतन्त्र, शिक्षा, सूचनाप्रविधि आदिमा हुने सकारात्मक असरहरूले देशलाई कसरी माथि लैजान सक्दोरहेछ भन्ने प्रशस्त उदाहरण ग्वांगसीमा हामीले नजिकबाट महसुस गरेर आयौं । हामीलाई यो विषयमा ध्यान दिन पनि विश्वविद्यालयले ध्यानाकर्षण गरेको हुनुपर्छ ।
राजनीतिक रूपमा चीन संसारभर भिन्न ढंगले परिचित छ । समाजवाद मार्फत साम्यवादको दृढ बाटोमा एकपछि अर्को सफलता हासिल गरिरहेको चीनले गरिबी निवारण, उत्पादन वृद्धि, रोजगारी निर्माण, आत्मनिर्भर अर्थतन्त्र आदिका लागि श्रमशक्तिको परिचालन कति धेरै महत्वपूर्ण ढंगले गर्नुपर्छ भन्ने पाठ संसारलाई सिकाएको छ ।
माक्र्सवादी पार्टीहरू बीचमा हुनुपर्ने सहकार्य, एजेण्डाहरूको केन्द्रीकरण र साझा मुद्दाहरूको उठान र पैरवीमा हुनुपर्ने सहकार्यहरूका विषयमा समेत हाम्रो ध्यानाकर्षण गराएको चीनले एउटा माक्र्सवादी पार्टीले चाहँदा कतिसम्म गर्न सक्छ भन्ने कुरा हामीले सिकौं भन्ने चाहना राखेको उनीहरूका हरेक प्रस्तुतिहरूमा देख्न सकिन्थ्यो ।
नेपाल-चीन बीचको सम्बन्धमा भएका आशंकाहरूको निवारण र नयाँ स्तरको सम्बन्धको विकासका विभिन्न आयाममा पनि चिनियाँहरूले नेपाली लगायत विभिन्न देशका माक्र्सवादी पार्टीका प्रतिनिधिहरूलाई सिकाउने कार्यक्रम रहेछ त्यो ।
कार्यक्रम मार्फत उनीहरूले आफूहरूमाथि विशेष गरी पूँजीवादी देशहरूले लगाइरहेका आरोपहरूलाई घरी घरी स्पष्टीकरण शैलीमा चिर्ने प्रयास गर्थे भने घरीघरी आफूहरूका एजेण्डाहरू घुमाउरो पारामा अगाडि सार्थे । यो चिनियाँ शैली आफैंमा रोचक पनि थियो ।
चाउचाउ उद्योगले उठाएको चिनियाँ अर्थतन्त्रको प्रतिबिम्ब देखाउन चाउचाउ उद्योगको भ्रमण लिउझाउमा गराइएको थियो । चिनियाँहरूले गरिबीबाट कसरी आफूलाई उठाए भन्ने देखाउन कठिन प्राचीन गरिब युगदेखि अहिलेको विकसित चीनसम्मको अवस्थालाई देखाउने गरी म्युजियमहरू अवलोकन गराइएको थियो ।
यसरी हामीले चीनको छोटो भ्रमण सकेलगत्तै भारतीय दूतावासको निमन्त्रणामा ८ दिनको भारत भ्रमण गर्ने अवसर प्राप्त भयो । भ्रमणका क्रममा विभिन्न उच्च पदस्थहरूसँगको भेटघाटले हाम्रो दुई देशको सांस्कृतिक सम्बन्धको ऐतिहासिकतादेखि आजको अवस्थासम्मका विशिष्टता, धार्मिक तथा व्यावहारिक पक्षहरू र यसको जगमा विकास गर्न सकिने जनस्तरको सम्बन्धका थुप्रै आयाम हाम्रा छलफलका विषय बने ।
सञ्चारकर्मीहरूको भ्रमण मार्फत जनस्तरमा सन्देश सम्प्रेषणको उद्देश्यले नै आयोजित कार्यक्रमले नेपाल-भारतका बीचमा भएका कतिपय विरोधाभासपूर्ण सन्दर्भहरूलाई स्पष्ट पार्ने उद्देश्य देखिन्थ्यो । नेपालसँगको सम्बन्ध सुधारका लागि मिडिया एक्सचेञ्ज मार्फत भारतले दिन खोजेको सन्देश भारतले हामीसँग कुनै समस्या छैन भन्ने कुराहरू स्थापित गर्न खोजेको प्रस्तुतिबाटै देखिएको थियो ।
दिल्लीमा रहँदा विशेषगरी राजनीतिक विषय, स्टार्टअप बिजनेश मार्फत विश्व प्रतिस्पर्धामा भारतको तीव्र गति, आविष्कारका दुनियाँमा भारतको बढ्दो प्रयास तथा धार्मिक पर्यटन आदिलाई बुझाउन खोजिएको अनुभव गरेका थियौं । दिल्ली प्रवेशसँगै केहीछिनको विश्रामपछि आयोजकले धार्मिक स्थल अक्षरधाम मन्दिरको भ्रमणबाट सुरुवात गराउनुले नै हिन्दुत्वको सामीप्यता दर्शाउनुले विशेष महत्व राख्दथ्यो ।
हाम्रो तहका भ्रमण र सिकाइले नीति-निर्माताहरूलाई ध्यानाकर्षण गराउन कति सकिएला ? त्यो अलग पक्ष तर जनताका तहमा अनुभव आदान-प्रदान र नेतृत्व तहले गर्नुपर्ने कामका सन्दर्भमा हुने घच्घच्याइका लागि प्रेरक महसुस भएको चीन-भारत भ्रमणबाट धेरै कुराहरू सिकियो
मन्दिरको भ्रमण भने आफैंमा आनन्ददायी थियो जसले कसरी पौराणिककालीन मन्दिरलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिंदोरहेछ र कसरी पर्यटकहरूलाई पौराणिकतामा आधुनिकतालाई मिश्रण गराई प्राविधिक र व्यवस्थापकीय पक्षबाट रमणीय अनुभवमा ओतप्रोत गराई पस्किन सकिंदोरहेछ भन्ने कुराको राम्रो जानकारी प्राप्त भयो ।
हामीले आगरामा धार्मिक तथा सांस्कृतिक सन्दर्भहरू अनुभव गर्ने मौका पायौं । दुई देश हिन्दु धर्म बहुल भए पनि पछिल्ला दिनमा हिन्दु धर्मका सन्दर्भमा आएका विवादलाई स्पष्ट पार्दै नेपाल हिन्दुहरूको आराध्यदेव पशुपतिनाथका कारणले संसारको चासोको केन्द्र भएको भारतीय पक्षले चासोका साथ भनिरहेका पनि थिए । नेपालले धर्म र संस्कृतिका माध्यमबाट भारत र विश्वका हिन्दु धर्मावलम्बीहरूबाट लिन सकिने फाइदाको विषयमा पनि आपसी संवाद भएको थियो ।
भारतले मुम्बईलाई बिजनेस हब बनाइएको सन्दर्भलाई पनि भ्रमणकै क्रममा स्पष्ट पार्ने प्रयत्न भएको थियो । खासगरी समुद्रमाथिको शहरको रूपमा आफूलाई चिनाइरहेको मुम्बईका विविध पक्षहरू हामीलाई जानकारी गराउने काम भयो ।
मुम्बई महानगरपालिकाले नागरिकलाई के-कस्ता काम गर्न सकिन्छ भन्ने कुरा हामीले अनुभव गर्न सक्यौं । त्यहाँ नगरपालिकाका ५० हजार कर्मचारीहरू सफाइका लागि खट्ने गरेको अवस्थाले स्वच्छ शहरका लागि महानगरपालिका आफूले गरेका प्रयत्नहरू बुझ्न सकिन्थ्यो ।
प्रकोप व्यवस्थापन प्रणाली सीसीटीभीबाट हेरिने व्यवस्था यहाँको अर्को रोचक र महत्वपूर्ण विषय थियो । समुद्रमाथि भएको शहरको चिनारी बनाइरहेको मुम्बईलाई पनि फोहोरमैलाको चुनौती छँदैथियो । दैनिक रूपमा १ करोड मानिस आवतजावत गर्ने स्लम सिटीको परिचय बनाइरहेको यो शहरलाई संघीय सरकार, प्रान्तीय सरकार र महानगरपालिकाको समन्वयको मोडलको रूपमा पनि हामीले हेर्न सक्थ्यौं ।
हाम्रो जस्तो संघीयता कार्यान्वयनका सन्दर्भमा तीन तहका सरकार प्रमुखबीच अनेक खाले घोचपेच र कामगराइमा हानथाप चलिरहेको सन्दर्भमा मुम्बईमा भएको विकासका नमूनाले हामीलाई नयाँ सिकाइ दिएको थियो ।
विश्व बजार नै कोभिडपछि हायलकायल भएको छ । तर भारतीय स्टक एक्सचेञ्जले आफूलाई संसारकै स्टक एक्सचेञ्जमा आफू बलियो सावित गरिरहेको छ । स्टक एक्सचेञ्ज मार्फत आर्थिक सुधारको मोडलहरू कसरी लैजान सकिन्छ भन्ने सन्दर्भमा पनि अनुभवहरू आदानप्रदान भए ।
यी आर्थिक तथा विकासका बहुआयामिक विषयहरूसँगै हालै सम्पन्न अम्बानी परिवारको विवाहको विषयलाई पनि हाम्रो अवलोकन भ्रमणको अवसरले केही सन्देश सिकाएको छ । अम्बानी परिवारले विवाह सम्पन्न गरेको घर निता मुकेश कल्चरल सेन्टरको रूपमा विकास भइरहेको छ ।
सांस्कृतिक अनुभवसँगै व्यापारिक केन्द्रको रूपमा पनि विकास गरिंदै गरेको यो कल्चरल सेन्टरमा कृष्णलीलादेखि विवाह लगायतका सांस्कृतिक पक्षसँग सम्बन्धित धेरै कुराहरू हेर्न सकिने र यो केन्द्रलाई पर्यटन आकर्षण र व्यापार वृद्धिको एक माध्यमका रूपमा समेत विकास गरिएको रहेछ ।
अटलविहारी सेतु समुद्रमाथि बनेको पुलको अवलोकन मार्फत भारतले गरिरहेको चामत्कारिक विकासहरूको सन्देश दिन खोजिएको हामीले महसुस गर्यौं ।
फिल्मसिटीको अनुभव जहाँ संसारका धेरै चलचित्र सरोकार राख्नेहरूको आकर्षणको सन्दर्भ रहेको छ । यसले पनि पर्यटनको नयाँ विधा र चलचित्र उद्योगको पक्षलाई विश्वमाझ सन्देश लैजाने भारतीय नीति स्पष्टै बुझ्न सकिन्थ्यो ।
अनलाइन भुक्तानी प्रणाली अर्को एउटा महत्वपूर्ण पक्ष थियो । सूचनाप्रविधिको विकास सँगै भारतले आफूलाई डिजिटल पेमेन्ट सिस्टममा निकै माथि उठाएको रहेछ । यी धेरै विकासका सन्दर्भहरू सँगाल्दै ताज होटलको बसाइले आतंककारी आक्रमण र त्यसको प्रतिवाद गर्दै भारतले आफूलाई उठाएको सन्दर्भ पनि विश्वले सिक्नुपर्ने विषयको रूपमा हामीले अनुभूति गरेका छौं ।
चीन र भारतका भ्रमणसँगै धेरै विषयलाई सिक्यौं । धेरै सिक्नुपर्ने विषयका रूपमा बुझ्यौं । सबैभन्दा ठूलो र महत्वपूर्ण विषय देशलाई आफूसँग भएको सम्भावनामा उभ्याएर समृद्ध बनाउनपर्ने र त्यसमा सबै एकमत हुनुपर्ने विषय बुझ्यौं ।
हाम्रो तहका भ्रमण र सिकाइले नीति-निर्माताहरूलाई ध्यानाकर्षण गराउन कति सकिएला ? त्यो अलग पक्ष तर जनताका तहमा अनुभव आदान-प्रदान र नेतृत्व तहले गर्नुपर्ने कामका सन्दर्भमा हुने घच्घच्याइका लागि प्रेरक महसुस भएको चीन-भारत भ्रमणबाट धेरै कुराहरू सिकियो ।