‘दुर्बासा’ पत्रकार ! : RajdhaniDaily.com

‘दुर्बासा’ पत्रकार ! : RajdhaniDaily.com


अजभन्दा ठीक १२ वर्षअघि अर्थात् १२ साउन २०६९ को बिहान ८ बजेतिरको समयमा काठमाडौंको मरुहिटी टोलको एक निवासबाट एउटा आत्माले यस लोकबाट बिदा लियो । यस लोकमा अवतरण भएको ७४ वर्ष पूरा नहुँदै एक अविश्रान्त योद्धाले विश्राम लिए, एउटा भीषण गर्जन सदाका लागि शान्त भयो । नेपालको पत्रकारिता जगतको त्यस अद्वितीय पात्रको नाम थियो – चन्द्रालाल झा । आजको पुस्तालाई यस नामले खासै महत्व राख्दैन । झिल्के पत्रकारिता झाँगिदै गएको वर्तमान परिस्थितिमा यी र यस्ता नामको स्मरण नहुनु कुनै अचम्मको कुरा भएन ।

स्वयं चन्द्रलाल भन्नुहुन्थ्यो, ‘जीवनभर समाचार प्रवाह गरिरहने एउटा पत्रकारको मृत्यु समाचार पत्रका लागि दुई प्याराग्राफको सानो समाचार हो, जसको अन्त्यमा ‘उहाँकी एक श्रीमती तीन छोरा र दुई छोरी छन्’ भनिएको हुनेछ ।’ झाको निधनमा पनि यस्तैयस्तै भयो । सौभाग्यबस भनौं वा संजोग भनौं चन्द्रलाल झा मेरा साख्खै ससुराबुबा हुनुहुन्थ्यो । खोइ के कारणले हो ? उहाँसँगको मेरो सम्बन्ध ज्वाइँ–ससुराको औपचारिकताभन्दा अलि फरक थियो । उहाँको निधन भएलगत्तै कतैबाट विस्तृत समाचार संकलनको आदेश पाएर होला राससका कुनै समाचार संकलकले मलाई फोन गरेर सोधेका थिए– ‘उहाँ कुन पत्रिकामा काम गर्नुहुन्थ्यो ?’ म अक्कबक्क परेको थिएँ । के जवाफ दिने ? नेपालको पत्रकारिताको एउटा अविचलित स्तम्भको एक लाइनमा परिचय दिनु थियो ! मसँग त्यति औकात थिएन । चन्द्रलालको पार्थिव शरीरको तीन फिटको दूरीमा उभिएको म सायद नराम्रो ढंगले झर्किएको थिएँ । पत्रकार र त्यसमा पनि पुराना पत्रकारले समाचारका रूपमा यति स्थान पाउनु नै सायद ठूलो कुरो थियो !

चन्द्रलालको ‘पत्रकारिता स्कुल’बाट स्नातक उपाधि हासिल गर्ने धेरै जना छन् । नेपालमा चन्द्रलालभन्दा वरिष्ठ पत्रकारहरू निश्चित रूपमा हुनुहुन्थ्यो । उहाँहरू सबैको अविस्मरणीय योगदान छ । तर, पञ्चायतकालीन कालरात्रिका दिनमा दुई प्रमुख ‘स्कुल’को नाम लिइन्थ्यो । भनिन्थ्यो – वामपन्थी पत्राकारिता स्कुलका प्रमुख मदनमणि दीक्षित हुन् भने प्रजातन्त्रवादी पत्रकारिता स्कुलका प्रमुखचाहिँ चन्द्रलाल झा ! चन्द्रलाल पत्रकारिता स्कुलबाट स्नातक हुँ भनेर गर्व गर्ने र हामी उहाँका शिष्य हौं भनेर सार्वजनिक रूपमा सगर्व घोषणा गर्ने कामचाहिँ वरिष्ठ पत्रकार किशोर नेपाल र पुरुषोत्तम दाहालले गर्नुभएको छ । उहाँहरूले आफ्नो पुस्तकमा र पत्रपत्रिकामार्फत पनि चन्द्रलाललाई सारगर्भित ढंगले सम्झनुभएको छ । मलाई याद छ– किशोर नेपाल चन्द्रलालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न घरमा वा घाटमा आउनुभएन । किशोरलाई नदेखेर गाइँगुइँ टिप्पणी पनि नसुनिएका होइनन् । भोलिपल्ट किशोरले नागरिक दैनिकको मुखपृष्ठमा एउटा लामै भावुक लेख छाप्नुभयो । किशोरजीका शब्दहरू ठ्याक्कै दोहो-याउन त म सक्दिनँ । तर, उहाँले यस्तै केही लेख्नुभएको थियो – चन्द्रलाल झाको निर्जीव शरीर र मुहार म हेर्न सक्दिनथें । सायद किशोरजी चन्द्रलाललाई त्यही गर्जनयुक्त वाणी र धारिलो लेखाइका साथ मात्र सम्झिन चाहनुहुन्थ्यो !

हुन पनि चन्द्रलाल त्यस्तै हुनुहुन्थ्यो । आजका मितिमा कति जनाले अखबार पढ्छन् ? पढ्नेले पनि कति जनाले सम्पादकीय पढ्छन् ? निश्चित रूपमा अत्यन्तै नगन्य व्यक्ति भन्ने उत्तर आउँछ । आजको पुस्तालाई यो सुन्दा अचम्म लाग्ला – उहाँको अखबार नेपाल टाइम्सको सम्पादकीय पढ्न मानिस लाइन लाग्थे । पञ्चायतकालमा नेपाल टाइम्स दैनिक सानो आकारमा चार पेजमा साँझ निस्कन्थ्यो । १० पैसा मूल्यको त्यो अखबार किन्न मानिसहरू दिउँसो ३ बजेदेखि नै उहाँको मरुहिटी निवासस्थित प्रेसमा लाइन लाग्थे ! उता, नयाँ सडक पीपलबोटमा त्यही हाल हुन्थ्यो ! अखबार किन्ने वा पढ्नेको उद्देश्य एउटै हुन्थ्यो – सम्पादकीय पढ्ने ! वास्तवमा त्यो सम्पादकीय झन्डै राजनीतिक पर्चाका रूपमा हेरिन्थ्यो । सम्पादकीयमा त्यो धारिलोपन सायद नेपालको पत्रकारिताको इतिहासमा कहिल्यै अन्त देखिएन ।

चन्द्रलाल झाको ‘पत्रकारिता स्कुल’बाट स्नातक उपाधि हासिल गर्ने धेरै जना छन् । नेपालमा चन्द्रलालभन्दा वरिष्ठ पत्रकारहरू निश्चित रूपमा हुनुहुन्थ्यो । उहाँहरू सबैको अविस्मरणीय योगदान छ । तर, पञ्चायतकालीन कालरात्रिका दिनमा दुई प्रमुख ‘स्कुल’को नाम लिइन्थ्यो

उहाँले एउटा टिप्पणी लेख्नुभएछ – ‘राजा कस्तो हुनुहुन्न ?’ त्यसमा उहाँले राजा तस्कर हुनुहुन्न, मूर्तिचोर हुनुहुन्न र हत्यारा हुनुहुन्न आदि इत्यादि तमाम कुरो लेख्नुभएछ । राजाका अकण्टक राजका ती दिनमा राजा र राजपरिवारका कैयन् सदस्यहरूलाई यस्तैयस्तै आरोप लागेको थियो । खुला रूपमा लेख्ने बोल्ने कुनै सम्भावना थिएन । त्यसबेलाका बूढापाकाहरू भन्ने गर्थे – नचाहिँदा कुरा नगर्नु है, जिब्रो काट्लान ! भित्रभित्रै नानाथरी हल्ला हुन्थ्यो, गफका रूपमा । वास्तवमा कतिपय हल्ला सत्य पनि हुन्थ्यो । त्यस्तो वातावरणमा चन्द्रलालले राजाका ’boutमा यस्तो हुनुहुन्न र त्यस्तो हुनुहुन्न वा नहोस् भनेर लेख्नुभयो । तत्कालीन बाग्मती अञ्चालाधीश बिष्णुमणि आचार्यले उहाँलाई बोलाएर भनेछन् – राजाका ’boutमा पनि यस्तो लेख्ने ! के गरेको यस्तो ? चन्द्रलालजीको जवाफ थियो – मैले राजाका ’boutमा नराम्रो के भनें र ! अब बिष्णुमणिलाई ठूलो अप्ठ्यारो ! यस लेखका लागि गिरफ्तार गरौं भने लेखेको गलत भन्नुप¥यो । अब के राजा तस्कर हुनुपर्छ भन्ने त ? चन्द्रलालजीलाई पछि अन्य कुनै बहाना गरेर गिरफ्तार गरियो । आन्दोलन गरेर, राजनीतिक विद्रोह गरेर वा जुलुस आदि इत्यादि गरेर धेरै जनाले दुःख पाएको रेकर्ड छ । तर, फगत लेखेकै कारण १८ पटक कारावासको सजाय भोग्ने रेकर्डचाहिँ चन्द्रलालकै मात्र होला । कुल मिलाउँदा उहाँले झन्डै ५ वर्षको बन्दी जीवन बिताउनुभयो ।

राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धराको १५ भदौ २०३४ मा निधन भयो । अधिराजकुमार बसुन्धरा आमजनताका बीच बदनाम थिए । उनले नेपालका बहुमूल्य मूर्तिकला विदेशमा लगेर बेचेको चर्चा थियो । चन्द्रलालजीले अधिराजकुमारको निधनमा सम्पादकीय लेख्नुभयो – ‘श्री ५ अधिराजकुमार बसुन्धराको निधनले नेपाली जनता मर्माहत छन् । यतिखेर नेपाली जनता मौसुफको कलाकृति प्रेमलाई सम्झिरहेका छन् । मौसुफ नेपाली कलाकृतिलाई यति प्रेम गरिबक्सन्थ्यो कि विदेश सवारी हुँदासमेत कलाकृति साथै लगिबक्सन्थ्यो ।’ राजाको अकण्टक राजकाज चलिरहेका बेला यसभन्दा निडर कटाक्षयुक्त लेखन केही हुन सक्ला त ?

चन्द्रलाल झाको सम्पादकीय र लेखको प्रतीक्षा पञ्चायतइत्तर प्रतिपक्षीलाई त हुन्थ्यो नै, सत्तापक्ष अर्थात् र दरबारलाई पनि उत्तिकै हुन्थ्यो । झाले के लेखिदिने हुन् भन्ने व्यग्रताले उनीहरूलाई सताइरहन्थ्यो । उहाँको लेखाइले राजाको निरंकुशतन्त्र विरोधीलाई ऊर्जा प्राप्त हुन्छ र आमजनताबीच राजा र उनको व्यवस्थालाई कमजोर बनाउँदै लान्छ भन्ने कुराको उनीहरूलाई राम्रो हेक्का थियो । यही डरका कारण शासकहरूले दण्डको नीतिको भरपुर उपयोग गरेका थिए । जतिसुकै गर्दा पनि झा नझुकेपछि शासकहरूले दाम अर्थात् लोभ्याउने प्रयास गरे ।

बिष्णुमणिको संयोजनमा चन्द्रलाललाई राजा महेन्द्रसँग भेट गराइयो । राजासँगको भेट’bout चन्द्रलालजीले स्वयं मलाई बताउनुभएको थियो, ‘महेन्द्रको भेटघाटको अनौठो पारा थियो । चम्किलो बत्ती मतर्फ फर्काइएको थियो । राजाचाहिँ बत्तीको पछाडि । मैले उनको अनुहार अत्यन्तै धमिलो देख्थें । अनुहारको भाव पढ्न नसकिने ।’ भेटमा राजा महेन्द्रले व्यवस्थाको विरोध नगर्न भनेछन् । अञ्चलाधीश वा मन्त्री कस्तो पद खाने हो दिन तयार रहेको बताएछन् । चन्द्रलालको तत्काल जवाफ यस्तो थियो – ‘म १० पैसे मानिस, त्यत्रो ठूलो पद खान सुहाउन्न !’ उहाँको इशारा आफ्नो अखबार नेपाल टाइम्सको मूल्य १० पैसाप्रति थियो ।

चन्द्रलाललाई दुर्बासा भनिन्थ्यो । उहाँको रिससँग सबै डराउँथे । उहाँ कसैलाई मुखैअगाडि जे भनिदिन पनि पछि पर्नुहुन्नथ्यो । स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई ‘तपाईं मसँग त्रिताली (जाली) कुरा नगर्नोस् किसुनजी’ भन्नुभएको मैले स्वयं सुनेको छुँ । उहाँले बीपी, गणेशमान र गिरिजाबाबु मात्र नभई उहाँका सबैभन्दा निकट सूर्यप्रसाद उपाध्यायलाई समेत केके भन्नुभयो, त्यसको नालीबेली लगाउने हो भने लामै किस्सा बन्छ ।

रिस उहाँको सबैभन्दा ठूलो कमजोरी हो भने त्यो नै उहाँको सर्वोत्कृष्ट गुण पनि हो भन्दा फरक नपर्ला ! उहाँको लेखाइमा जुन धार थियो, मिजासमा निडरपन थियो र अनौठो जिद्दीपन थियो, त्यो उहाँमा व्याप्त रिसकै कारण थियो । र, त्यसैले उहाँलाई अद्वितीय बनाएको थियो ।

(Visited 8 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School