क्रोटोकसिन (ढुसीजन्य विषादी) शब्द ग्रीक शब्द माइकस ढुसी तथा ल्याटिन शब्द टोकसिकम विषादीबाट ब्युत्पन भएको मानिन्छ । यिनीहरू विषाक्त गराउने सूक्ष्म ढुसीबाट उत्पादित हुन्छन् । यिनीहरू विविध बाली बोटबिरुवा तथा पशुपन्छीको दाना बनाउँदा प्रयोग गरिने वनस्पतिजन्य सामग्रीजस्तै धान, मकै, गहुँ, धानको कनिका, बदामको पिना, तोरीको पिना, सूर्यमुखीको पिना, भटमासको पिना सहायक उत्पादनका रूपमा मानिन्छ । प्रायः साना अन्न गहँु, जौ, धानहरू ढुसीबाट कम प्रभावित हुने गर्छन् भने मकै बढी प्रभावित हुन्छ ।
हालसम्म ३ देखि ४ सयजति ढुसीजन्य विषाक्त पहिचान गरिएको छ, तर सबैले पशुपन्छीलाई असर गरी रोगी बनाउँदैनन् । यीमध्ये एफलाटोकसिन, ओटका टोकसिन फ्युमोनिसिन, भोमीटोकसिन, ट्राइको थेसेन, जेरालेनोन, टी–टोकसिनजस्ता ढुसीजन्य विषाक्तले भने पशुपन्छीको स्वास्थ्य अवस्थामा दीर्घ तथा जीर्णखाले असर पु¥याउने गर्छ । यी ढुसीजन्य विषाक्तहरू खासगरी फ्युजारियम एसपरजीलस तथा पेनीसिलियम प्रजातिबाट उत्पत्ति हुन्छन् । फ्युजारियमलाई खेतमा बालीनाली तथा बोटबिरुवामा संक्रमण गराउने ढुसी मानिन्छ भने एसपरजीलस तथा पेनीसिलियम प्रजातिलाई बाली बिरुवाबाट उत्पादित अन्न तथा दाल तेलहनका गेडाहरू भण्डारण गर्दा संक्रमण गराउने ढुसी मानिन्छन् । यसबाहेक यी ढुसीले उपरोक्तानुसारका सामग्री प्रयोग गरी तयार पारिएको दाना भण्डारण गर्दासमेत प्रदूषित गराउँछ ।
एसपरजीलस प्रजातिले उत्पादन गर्ने उफलाटोकसिन सर्वप्रथम ब्राजिलमा उत्पदित बदामको पिनाका कारण इंग्ल्यान्डमा टर्की प्रजातिमा रोग देखिँदा सन् १९६० मा पत्ता लागेको तथ्य भेटिन्छ । त्यसैगरी, सन् १९३० देखि नै हिउँदमा धानको पराल मात्र खुवाएर पालिएका पाकिस्तानका भैंसीहरूमा देखिँदै आएको डेगनाला रोग फ्युजारियम प्रजातिको ढुसीको प्रदूषणका कारण उत्पादित फ्युमोनीसिनले गर्दा हुने गरेको सन् १९७३ मा पत्ता लागेको वैज्ञानिक अभिलेख भेटिन्छ ।
माइकोटोकसिन उत्पादनमा सहयोग पु¥याउने अवस्थाहरू
भौतिक बातावरणीय अवस्था
माइकोटोकसिन उत्पादन जब ढुसीले खेतमा हुर्कंदै गरेको बाली बिरुवा काट्नेबेला भण्डारण तथा दाना तयार गर्दा प्रशोधनका बेला भौतिक वातावरणीय अवस्थानुकूल भएको अवस्थामा हुन्छ । माइकोटोकसिन उत्पादनका लागि २५ देखि४० डिग्री सेन्टिग्रेड तापक्रम तथा सापेक्षिक आद्रता तथा चिस्यान १२ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ । कीरा लागेको वा कीराले खाएको अन्नमा सग्लो अन्नभन्दा ५ देखि ६ गुणा बढी ढुसीजन्य प्रदूषण हुने गर्छ । भण्डारको दयनीय अवस्था, राम्रोसँग बेलैमा भित्याउन नसक्दा, अन्न, तेलहन, दलहनजन्य दानाका लागि प्रयोग गरिने सामग्री ओसारपसार गर्दा बेचबिखन गर्दाका बेला माथि उल्लिखित मौसमी अवस्थानुकूल भयो भने ढुसी प्रदूषणको मात्रा बढ्न सहयोगी हुन्छ । यदि, तयारी दाना वा दाना बनाउने सामग्री राख्ने भण्डार पानी चुहिने, सेपिलो बढी, ओस्याइलो हुने खालको रहेछ भने त्यस्तोमा ढुसी चाँडै बढेर जाने गर्छ । विगतको लामो खडेरीपछि अहिलेको बाढी तथा डुबानले हाल उपलब्ध घाँस पराल दाना बनाउने अन्न प्रभावित छन् ।
दानामा प्रयोग गरिने सामग्रीको रासायनिक संरचनाको अवस्था
माइकोटोकसिन उत्पादन हुने परिघटनामा दाना बनाउन प्रयोग गरिने सामग्रीको रासायनिक संरचनामा पनि भर पर्छ । गहँु, धान, मकैमा कार्बोहाइड्रेटको मात्रा बढी हुने हुँदा यी अन्नमा ढुसीको संक्रमण बढी हुने गर्छ । यसको विपरीत भटमास, बदाम, कपासका दानामा कम हुने गर्छ । जसले गर्दा अन्न बाली र अन्नबाट बनेको दानामा ढुसीजन्य विषादी बढी हुने गर्छ ।
दानाका लागि कीराले नखाएको, कालो निलो कुनै दाग नभएको अन्न छनोट गर्नु उचित हुन्छ
पशुपन्छीमा माइकोटोकसिनको कुप्रभाव
ढुसीजन्य विषादीले तीन किसिमको वंशानुगत विकृति गराउँछ । कारसियोजेनिक, भ्युटोजेनिक, टेराटोजेनिक यसबाहेक, कोशिकाजन्य विषाक्ति तथा रोग प्रतिरोधक क्षमतामा ह्रास गराउँछ । ढुसीजन्य विषाक्तिले अन्यखाले रोगप्रति ग्रहणशीलता पनि बढाउँछ । कोचकोच गरी पाल्ने हावाको दोहोरो निकास राम्रो नभएको, अमोनियाको मात्रा बढी भएकाले, लाक्षणिक अवस्था नभएको रोगको उपस्थिति तथा कुपोषणजस्ता अवस्था भएका बेलाले माइकोटोकसिन असर बढाउने तथा पशुपन्छीको स्वास्थ्य अवस्था जटिल बनाउन मद्दत गर्छ ।
कुखुरामा देखिने माइकोटोकसिनजनित कुप्रभावका लक्षण
खाने अरुचि, दानाको उपभोग घट्ने, तथा मृत्युदर बढी हुने, चल्ला कोरलिने क्षमता कम हुने, पातलो खरजस्तो फुलको खोल हुने, फुलको बोक्रा पातलो र नाजुक हुने, चाँडै फुट्ने, खुट्टाको तल्लो भागमा गाढा पहेंलो रङ जम्मा हुने जसलाई पेल बर्ड सिन्ड्रोम भनिन्छ, तन्तुको एकात्मकता घटाउनुका साथै सुम्ला पर्ने तथा पांग्राको म्युकस झिल्ली गलेर जाने, रेसपाइरिटोरी अल्कालोसिसका कारण सास फेर्दा क¥याककुरुक्क गर्ने, शरीरमा ग्लुकोजको अल्पताका कारण राम्ररी खुट्टा टेक्न हिँड्न नसक्ने ढलमलिएर हिँड्ने, कलेजोमा असर गर्नाले भिटामिन ‘डी’को क्रियाशीलता घट्ने हुँदा क्याल्सियमको असर पर्ने हुँदा शरीरको हाडमा उचित खनिज व्यवस्थापन अवरोध हुँदा खुट्टा लुला तथा टुटफुट हुने सम्भावना बढ्ने फुलको बोक्रा कमजोर हुने फोस्रो, सडेको जस्तो कलेजो हुने तथा बोसो जमेको मात्रा बढी हुने बरसा फावरिसीयम तथा थाइमसको आकार घटेर जाने हुँदा कुखुरामा रोग प्रतिरोधक क्षमता दबिएर जाने हुन्छ । व्यापारिक रूपमा उपलब्ध ककसिडियोसविरुद्ध प्रयोग गरिने औषधिको प्रभावकारिता घटाउने हँुदा यस्ता बथानमा ककसिडियोसिसको ग्रहणशीलता तथा मृत्युदर बढेर जान्छ । यसबाहेक, अन्य सरुवा तथा सरुवा रोगविरुद्ध प्रयोग गरिने खोप निष्प्रभावी हुने हुन्छ ।
उघार काट्ने पशुमा देखिने ढुसी विषादीजनित कुप्रभावका लक्षणहरू
ढुसी प्रदूषित दाना आहारा खाएका पशुहरूमा शारीरिक वृद्धिदर घट्ने कलेजो तथा मिर्गाैलाजनित विषादी बढ्ने, प्रजनन कार्यमा असफल मस्तिष्कजन्य विकृतिका लक्षण साथै मृत्युवरण पनि गर्छन् । बाख्रा छाला तथा मासुजन्य तन्तुमा थोप्ले वा सम्पूर्ण तथा अन्य भित्री अंगमा रक्तस्राव हुने हुँदा हिमरहेजिक एनिमिया सिन्ड्रोमबाट ग्रसित हुन पुग्छन् ।
बंगुर तथा घोडा प्रजातिमा देखिने ढुसीजन्य विषाक्तिको कुप्रभावका लक्षण
बंगुरमा झाडा पखाला लाग्ने, बान्ता गर्ने, ख्याउटे हुने, छालामा कत्ला आएको जस्तो हुने आन्द्रामा रक्तस्राव भई हिमरहेजिक सिन्ड्रोम हुने तथा अचानक मृत्यु हुने गर्छ । साथै, गर्भपतन हुने, तुहिने, बच्चा माउको गर्भमै मृत्यु भई कुहिएर आउने जस्ता लक्षण देखिन सक्छ ।
घोडा प्रजातिमा ढुसीजन्य विषादीका लक्षण
इकवाइन इनसेफालो मलाइसिया, मस्तिष्क थिलथिलो भएर जाने, जसले गर्दा अचानक थरथर काप्ने, पसिना काढ्ने, ढल्ने तथा पेट दुखेजसो गरी खुट्टा बजारने, दाँत कटकटाउने तथा मृत्यु हुने गर्छ ।
दाना आहारा तथा घाँस परालमा हुने ढुसीजन्य विषादी न्यूनीकरणका उपायहरू
ढुसीजन्य विषादी भएको दाना उत्पादन गरिने अन्नहरूमा यति जटिल प्रक्रियाले प्रदूषण हुन्छ कि दानाबाट यो पूर्ण रूपमा हटाउन हालसम्म कुनै पनि प्रभावकारी उपाय एवं प्रविधि विकास भइसकेको अवस्था छैन । यस उसले आजको व्यावसायिक पशुपन्छी पालनको एउटै ध्येय यो विषादीको दानामा हुने प्रदूषणको मात्रा कसरी न्यूनीकरण गर्ने भन्ने मात्र छ । यसका लागि निम्न तरिकाले दानाबाट ढुसीजन्य प्रदूषण न्यूनीकरण गर्न अभ्यास गर्न सकिन्छ ।
दिगो पशुपन्छी व्यवसायका लागि गुणस्तरीय पोषण उपलब्ध गराउने आर्थिक हैसियत हुनु आवश्यक छ
(१) घाममा सुकाउने
सूर्यको घाममा खुला हावाको अन्न तथा अन्नजन्य उत्पादन वा तयारी दानालाई सुकाउँदा केही मात्रा ढुसीजन्य विषादी न्यूनीकरण भएर जान्छ
(२) पोषणजन्य फेर बदल
दाना आहारामा बढी बोसो बढी प्रोटिन (मेथियोनिन) भएको औषधि र कोलिन क्लोराइड भएको भिटामिन ‘बी’ कम्प्लेक्स दिँदा ढुसीजन्य विषादीको कुप्रभाव कम गर्न उत्साहजनक परिणाम देखिएको पाइन्छ ।
(३) माइकोटोकसिन बाइन्डर
यी अवयवले पशुपन्छीहरूको पाचन प्रणालीमा समस्या हुँदा उत्पन्न ढुसीजन्य विषादीलाई आफैंसँग बाँधी अन्य पोषक तत्वसँगै रगतमा सञ्चेतन हुन दिँदैन तथा गोबर बड्कुँला बिष्टासँगै शरीरबाहिर बिर्सजन गराउछन् । जसले गर्दा पशुपन्छीको शरीरमा यस विषादीको कुप्रभाव देखिन पाउँदैन । हाइडे«टेड सोडियम क्याल्सियम अलमिनो सिलीकेट शून्य दशमलव ५ देखि १ प्रतिशत दानामा मिसाएर प्रयोग गरिन्छ । यसले दानामा चिस्यान थपिएर बस्ने घटाउँछ तथा दाना डल्ला पर्नबाट बचाउँछ । यसले १० प्रतिशत गोबरमा उत्पन्न हुने अमोनिया पनि आफूमा संग्रहित गर्छ ।
(४) इस्टेरिफाइड ग्लुकोमान्स
यी जस्टिल ग्लुकोजयिस्टको तन्तुको पर्खालबाट संग्रहित गरिन्छ । यसले एकैपटक धेरैखाले ढुसीजन्य विषादीहरूलाई आफूसँग बाँध्छ । यिनीहरूमा कलेजोमा अत्यधिक जम्न गएको बोसो पगाली कलेजोलाई पहिलेकै अवस्थामा पु¥याउने क्षमता पनि हुन्छ । भिटामिन, खनिज तथा अन्य पोषण तत्वलाई कुनै नकारात्मक असर पु¥याइकनै यसले काम गर्छ ।
(५) जैविक अम्लहरू
एसेटिक, प्रोपायोनिक, फ्युमारिक, सोरबिक तथा बेन्ज्वाइक अम्ल तथा यिनका लवणहरू दानामा ढुसीजन्य जीवाणुको विकास हुन नदिन प्रयोग गरिन्छ । दानामा यिनको प्रयोगले कीरा फट्यांग्रा भन्किने पनि गर्छ । यिनको प्रयोगले पाचन प्रणालीमा अम्लको मात्रा बढ्ने र पीएच कम हुने हुँदा ढुसी तथा अन्य जीवाणु त्यस्तो वातावरणमा बाँच्न हुर्कन सक्तैनन् ।
(६) एन्टी अक्सिडेन्टको प्रयोग
ढुसीजन्य विषादीका कारण कलेजोका तन्तुहरूमा हुने अक्सिडेटिभ परिवर्तित अवस्थालाई सेलेनियमयुक्त एन्टी अक्सिडेन्टको प्रयोगले रोकथाम गर्न सकिन्छ ।
(७) जडिबुटीजन्य औषधिको प्रयोग
धेरैखाले जडिबुटी तथा मसलाजन्य बोटबिरुवाका विभिन्न भागबाट निकालिएका अवयवहरूको प्रयोगबाट कलेजो ढुसीजन्य विषादी हुन पुगेमा पुनस्र्थापना गर्न सकिन्छ ।
(८) प्रोबायोटिकको प्रयोग
ल्याक्टो ब्यासिलस एसिडो फिलस, ल्याक्टो क्यासिलस प्लान्टारफयुक्त प्रोबायोटिक प्रयोगबाट पनि ढुसीजन्य विषादीको कुप्रभाव न्यूनीकरण गर्न सकिन्छ ।
ढुसी तथा ढुसीजन्य विषादीको कुप्रभावको रोकथाम तथा नियन्त्रण
ढुसीको सर्वव्यापी उपस्थिति तथा ढुसीजनित विषादीहरूको रासायनिक संरचनाले गर्दा ढुसी तथा ढुसीजन्य विषादीको प्रदूषण दानाका लागि प्रयोग गरिने अन्न तथा दानामा नियन्त्रण गर्न सजिलो देखिँदैन । खेतको बालीनालीमा, बाली भित्याउने बेला, भण्डारण तथा दाना तयार गर्ने बेला बोट बिरुवा तथा तिनबाट उत्पादित अन्नमा ढुसीको विकास हुन दिनु हँुदैन र राम्रोसँग हावाको दोहोरो निकास भएको ठाउँमा भण्डारण गरिएको कीराले नखाएको कालो निलो कुनै दाग नभएको अन्न दानाका लागि छनोट गर्नु उचित हुन्छ । साथै, यसलाई फ्युमिगेसन गर्नुपर्छ । मानवश्रम, औजार तथा विद्युतीय औजार प्रयोग गरी प्रदूषित भएको अन्न दाना तयार गर्नुअघि नै छुट्याउनुपर्छ । आफ्नो उत्पादन दिगो राख्न उचित खालको टोकसिन बाइन्डर उचित समय र मात्रामा प्रयोग गर्ने तथा दाना बनाउँदा र भण्डारण गर्दा एवं दाना खान दिने बेला विशेष ध्यान पु¥याउने गर्नुपर्छ ।
अन्त्यमा
कुनै पनि प्रकारका पशु तथा पन्छी पालन व्यवसाय दिगो हुनका लागि गुणस्तरीय जसले पूर्ण पोषण उपलब्ध गराउन सक्ने हुनु आवश्यक छ । खाद्य सुरक्षामा ढुसीजन्य विषादीको प्रदूषण चुनौतीले आर्थिक सबलताको साधन बनेको पशुपन्छी पालनमा प्रभाव पार्न सक्छ । विषाक्त गराउने भएको हुनाले माइकोटोकसिनको प्रभावमा पशुपन्छीहरू विविध अन्यखाले रोगहरूप्रति अति ग्रहणशील हुन पुग्छन् । प्रभावित पशुपन्छीको उपचारले कुनै अर्थ नराख्ने हुँदा यसरी ढुसीजन्य विषादी प्रदूषित दाना बदल्नु नै बुद्धिमानी हुन्छ । तसर्थ, ढुसीजन्य विषादीको पशुपन्छीमा हुने कुप्रभावलाई ध्यान मनन गर्दै दानाका लागि आवश्यक सामग्री खरिद गर्दा भण्डारण गर्दा उचित रोकथामका उपाय अवलम्बन गरिएमा मात्र प्रभावकारी तथा सुरक्षित पशुपन्छीजन्य उत्पादनको अपेक्षा गर्न सकिनेछ । विगतको लामो खडेरीपछि हालको बाढी तथा डुबानका कारण घाँस, पराल तथा डाले घाँस तथा दाना बनाउन प्रयोग गरिने अन्न प्रभावित भएकाले पशुपन्छीहरूमा ढुसीजन्य विषादीजनित खानेकुराको कुप्रभाव देखिने सम्भावना बढेर गएको छ । त्यसतर्फ आवश्यक रोकथाम नियन्त्रण तथा उपचारप्रति सजगता अपनाउनुपर्ने आवश्कता देखिन्छ ।
(Visited 1 times, 1 visits today)