राजमार्गको पुल नदीमा खस्दा उत्तरी चीनमा ११ जनाको मृत्यु

राजमार्गको पुल नदीमा खस्दा उत्तरी चीनमा ११ जनाको मृत्यु



प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार

उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ ।

यस्तै, तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ । प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको हो ।

राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको सिसिटिभीले बताएको छ । उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरबाट प्रभावित भएको छ ।

राज्य सञ्चालित सञ्चारमाध्यमले शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तिमा पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको जनाएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School