प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली संघको चुनावमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको पार्टी राष्ट्रिय ¥यालीले ठूलो जित हासिल गरेपछि अचानक देशमा संसदीय निर्वाचनको घोषणा गर्नुभएको छ । यी चुनाव यसै महिनाको अन्त्यमा हुनेछन् ।
एक्जिट पोलका अनुसार अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ३२ प्रतिशत मत प्राप्त गर्न सक्नेछ । जुन राष्ट्रपति म्याक्रोनको रेनेसास पार्टीको दोब्बर हो, रेनेसास पार्टीले १३ प्रतिशत मत प्राप्त गर्नेछ ।
देशको संसद विघटन गर्ने घोषणा गर्दै म्याक्रोनले निर्वाचनका लागि जुन ३० र जुलाई ७ मा दुई चरणमा मतदान हुने बताउनु भयो ।
म्याक्रोनले एक टेलिभिजन सम्बोधनमा यो आश्चर्यजनक घोषणा गर्नुभयो । युरोपियन युनियनमा फ्रान्सको मतदान सकिएपछि र एक्जिट पोलको नतिजा आएपछि उहाँले एलिसी प्यालेसबाट यो घोषणा गर्नुभएको हो ।
यसअघि २८ वर्षीय राष्ट्रिय ¥यालीका नेता जोर्डन बर्डेलाले संसदीय निर्वाचन गराउन राष्ट्रपतिलाई खुलेर आग्रह गर्नुभयो ।
उहाँले फ्रान्सका जनताले आगामी पुस्ताका लागि सही निर्णय लिनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।