फेरियो म्यानपावरको ठगीधन्दा


वैदेशिक रोजगारीका निम्ती विभिन्न देश जाने सोच बुनेका युवालाई म्यानपावर व्यवसायीले घुमाउँरो तरिकाले ठग्न थालेका छन् । म्यानपावरले एजेन्ट लगाएर मान्छे ठग्न थालेपछि व्यक्तिका नाममा उजुरी आउने तर संस्थाले उन्मुक्ति लिने अवस्था आएको छ ।

यो प्रवृत्तिका कारण पीडित आफू ठगिएको उजुरी लिएर वैदेशिक रोजगार विभाग जाँदा म्यानपावरविरुद्ध होइन्, एजेन्टविरुद्ध उजुरी दिन पुग्ने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ठगीको घटना बढ्दो छ । जसमा संस्थागत उजुरीभन्दा बढी व्यक्तिगत उजुरी चुलिएका छन् ।

म्यानपावर व्यवसायीहरूसँग राम्रो सम्बन्ध बनाएर एजेन्टहरू दुरदराजदेखि सहरसम्मका मानिसलाई वैदेशिक रोजगारीको प्रलोभन देखाउँने र कमिसन लिएर विदेश पठाउन गरेका थिए ।

त्यस्तै चालु आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्ममा ५ हजार ८८१ उजुरी परेका छन् । जसमा ७५२ उजुरी म्यानपावर व्यवसायीबाट ठगिएको भन्दै विभागमा उजुरी परेका छन् भने ५ हजार १२९ उजुरी व्यक्तिगत ठगीका परेका हुन् ।

विभागमा म्यापावरभन्दा एजेन्टविरूद्ध पीडितहरूको उजुरी बढी परेका छन् । विभागमा पुग्ने पीडितहरूको दावी एजेन्टलाई पैसा हालिदिएको भन्ने रहेको छ । ‘एजेन्टमार्फत म्यानपावरको बारेमा थाहा भएको हो,’ ती पीडित भन्छन्, ‘म्यानपावर कहाँ छ, त्यसले के गर्छ भन्ने पनि थाहा छैन् । म्यानपावरसम्म पुग्नै नपाई विभिन्न देशको प्रलोभन देखाउँने एजेन्ट नै हन्छ । उसैका विरुद्ध उजुरी हाल्न आएका हौँ ।’

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार म्यानपावर व्यवसायीहरूले एजेन्ट राख्न पाउँदैन । विगतमा म्यानपावर व्यवसायीहरू एजेन्ट नियुक्त गरेर कामदार पठाउँदै आएका थिए ।

‘म्यानपावरमा काम गर्न सुरु गरेपछि विभिन्न देशमा राम्रो सुविधा छ भनेर विदेश जान भौतारिरहेका युवालाई विश्वास दिलाउने मेरो जिम्मेवारी थियो ।’

यसरी एजेन्टलाई अगाडि राखेर म्यानपावर कम्पनीहरू छायामा परेर काम गरिरहेका थुप्रै पीडितहरू विभाग रुदैँ कराउँदै धाउँने गरेका छन् । त्यसैले म्यानपावर कम्पनीले ठगी गर्ने धन्दामा नयाँ मोड आएको छ । यति कमिसन दिने भन्दैँ म्यानपावरहरूले एजेन्टहरूलाई ग्राहक तान्ने बिचौचिया बनाएका छन् । विभागको तथ्याकंबाट पनि वैदेशिक रोजगार सम्बन्धि ठगी धन्दामा म्यानपावर कम्पनी भन्दा बढि व्यक्तिगत उजुरी धेरै छ ।

म्यानपावरले ठग्ने प्रक्रियामा काचुली फेरिएको छ । वैदेशिक रोजगारीका नाममा ठगीको धन्दामा विकृत्ति आएको छ । तर, राज्य यस विषयमा चुपचाप रहेको सर्वसाधारण बताउँछन् । यहाँ ठगी धन्दान चलाउन पतिले वैदेशिक रोजगारीमा जान खोज्ने युवालाई आर्थिक प्रलोभन देखाएर पैसा लिन्छन् र आफ्नी पत्नीलाई दिने गर्छन् । मिलोमतोमै पछि उनीहरू एक आपसमा सम्बन्ध विच्छेद पनि गर्छन् । पत्नीकै नाममा घरजग्गा जोड्ने लगायत सँगै बस्ने कार्य पनि थुप्रैले गर्दै आएका छन् । यसरी ठगीको प्रक्रिया फेरिएको छ । त्यस्तो व्यक्तिलाई राज्यले पनि केही गर्न नसकेको विभाग धाउँने पीडितहरू बताउँछन् ।

म्यानपावर व्यवसायीहरूसँग राम्रो सम्बन्ध बनाएर एजेन्टहरू दुरदराजदेखि सहरसम्मका मानिसलाई वैदेशिक रोजगारीको प्रलोभन देखाउँने र कमिसन लिएर विदेश पठाउन गरेका थिए ।

चालु आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्ममा ५ हजार ८८१ उजुरी परेका छन् । जसमा ७५२ उजुरी म्यानपावर व्यवसायीबाट ठगिएको भन्दै विभागमा उजुरी परेका छन् भने ५ हजार १२९ उजुरी व्यक्तिगत ठगीका परेका हुन् ।

वैदेशिक रोजगारीमा पठाउने नाममा ठगिएको भन्दै दैनिक सयौँ पीडितहरू विभाग धाउँने गरेका छन् । म्यानपवारको सहायता पाएका एजेन्टले धेरै युवालाई ठग्ने उदेश्य बोकेर काम गरिरहेका हुन्छन् । सबै पीडित उक्त एजेन्ट विरुद्ध उजुरी दिन विभाग पुगेसँगै एजेन्टलाई ¥याख¥याख्ती पार्न थालेपछि एजेन्ट आफैलाई म्यानपावर कम्पनीले यसो गर्न लगाएको भन्दैँ उनी पनि पीडित सहर उजुरी दिन आएका विभागका अधिकारीहरू बताउँछन् ।

वैदेशिक रोजगारीमा जान तयार रहेका युवाले एजेन्टको बैंक खातामा रकम हालिदिएका हुन्छन् । एजेन्टले पनि सकेसम्म हातमै पैसा लिने नसकेमा आफ्नै बैंक खातामा पैसा हाल्न लगाउँछन् । तर, म्यानपावर कम्पनीले उक्त एजेन्टबाट हाताहाती पैसा लिएको हुन्छ । जसले गर्दा म्यानपावर कम्पनी कानुनी चक्करमा पर्दैनन् । कतिपय पीडितलाई आफू कुन म्यानपावरद्धारा विदेश जादै छु र किन पैसा व्यक्तिलाई बुझाएको छु भन्ने समेत थाहा पाउँदैनन् । यसले गर्दा पीडितले म्यानपावरलाई होइन् एजेन्टविरुद्ध उजुरी दिन विभाग धाउँने स्थिति आएको हो ।

यसरी विभागमा म्यानपावर कम्पनी विरुद्ध भन्दा बढि व्यक्तिगत उजुरी बढ्न पुगेका विभागकै अधिकारीहरू बताउँछन् ।

वैदेशिक रोजगार विभागमा निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा थुप्रै एजेन्ट आफै ठगिएको भन्दैँ उजुरी दिन जाने गरेका छन् । एक एजेन्टले पीपुल फोरमका कर्मचारीलाई यसो समेत भनेका रहेछन्, ‘कामको खोजीमा म आफैं पनि म्यानपावर कम्पनीमा ठोक्किन पुगेँ । म्यानपावर कम्पनीले नेपाली युवालाई विदेश पठाउँने काम गर्छ भन्ने पनि थाहा थिएन् । म्यानपावरमा काम गर्न सुरु गरेपछि विभिन्न देशमा राम्रो सुविधा छ भनेर विदेश जान भौतारिरहेका युवालाई विश्वास दिलाउने मेरो जिम्मेवारी थियो ।’

धेरै समय अघिदेखिनै म्यानपावरको यो खेल सुरु हुँदै आएको छ । म्यानपावर कम्पनीमार्फत ठगीका घटना भएको विभागको तथ्याकंमा छ । तर, एजेन्ट तथा व्यक्तिमार्फत ठगीका घटना बढेका छन् ।

म्यानपावरले आफूलाई लगाएको कामको प्रकृतिबारे एजेन्टले पीपुल फोरममा भनेका थिए, ‘सुरुमा म्यानपावर सञ्चालकले अहिले हाम्रो बैंक खाता विग्रिएको छ । विदेश जान चाहने युवाको आवश्यक कागजात र लाग्ने सबै पैसा तिमीनै लिएर आउँनु । विदेश जान खोजेको मानिसले पैसा हाताहाती दिन नमानेमा तिम्रो बैंक खातामा हाल्न लगाउँनु । अनि त्यो पैसा निकालेर अफिस ल्याउँनु । हामी त्यो व्यक्तिको विदेश जाने प्रक्रिया अघि बढाउँछौ ।’

यसरी म्यानपावर कम्पनीहरू आफू कानुनी कारवाहीमा नपर्न धेरै जालो बिच्छ्याउँदै आएको विभागका अधिकारीहरू बताउँछन् ।

एजेन्ट आफै पीडित भएर थुप्रै पीडितको लिस्ट सहित विभाग उजुरी दिन आएका बखत संवाद भएको पीपुल फोरमका एक कर्मचारीले बताए । ‘विदेश जाने मानिसबाट मेले पैसा लिन्थ्ये अनि म्यानपावर कम्पनीमा लगेर बुझाउँथे । उनीहरूको भित्री कुरा के थाहा हुन्थ्यो र? पैसा पु¥याएका मध्ये केही मात्रै विदेश उडिसकेका पनि हुन्थ्ये । काम हुँदैछ भन्ने मलाई पनि आस लाग्थ्यो । विदेश जाने युवाबाट पैसा उठाउँदै म्यानपावर पु¥याउँने गर्थे । आज आफै फसियो ।’

पिपुल फोरमका कर्मचारीले त्यस्ता व्यक्तिहरूलाई विभाग परिसरमा नियमित देखिरहेका हुन्थे । तर, कुनै बेला भने एजेन्टहरू आफैँ ठगीमा परेको भन्दै उजुरी दिन आउँने गरेको पीपुल फोरमका कर्मचारीहरू बताउँछन् । पीडितहरूबाट उठाएको पैसा सबै म्यानपावर व्यवसायीलाई बुझाएको हुन्छ । तर, अन्तिममा म्यानपावर व्यवसायी नै सम्पर्कविहीन भएपछि केही एजेन्टहरू नै विभागको सम्पर्कमा आउँने गर्छन् । पछिल्लो समय वैदेशिक रोजगार विभागमा आउने धेरै जसो उजुरी यस्तै खालका हुन्छन् । जहाँ एजेन्टहरू नै पीडित बनेर पुग्ने गरेका छन् ।

ती एजेन्टहरूले मनलाग्दी तरिकाले पैसा उठाए । उनीहरू न आधिकारिक व्यक्ति हुन्, न लाइसेन्स हुन्छ । उनीहरूकै कारण समस्या आइरहेको हो,’ महानिर्देशक घिमिरेले भने ।

धेरै समय अघिदेखिनै म्यानपावरको यो खेल सुरु हुँदै आएको छ । म्यानपावर कम्पनीमार्फत ठगीका घटना भएको विभागको तथ्याकंमा छ । तर, एजेन्ट तथा व्यक्तिमार्फत ठगीका घटना बढेका छन् ।

यस अघि गत आर्थिक वर्ष २०७९÷८० मा ४ हजार ४ सय ६४ पुगेको थियो । जसमा १ हजार ४ सय २८ म्यानपावर व्यवसायीबाट ठगिएका पीडितहरूको उजुरी थियो भने ३ हजार ३६ उजुरी व्यक्तिगत ठगीका थिए । ती उजुरीमा ५५ करोड ६१ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको थियो ।

वैदेशिक रोजगार विभागको पछिल्लो पाँच वर्षको तथ्याकं हेर्दा हरेक वर्ष ठगीका घटना बढ्दो क्रममा छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८-७९ मा देशभरबाट वैदेशिक रोजगारीमा ठगीसम्बन्धी १ हजार ७ सय ४२ घटना दर्ता भएका थिए । यसरी वैदेशिक रोजगारीमा ठगीको घटनाले चालु आर्थिक वर्षको तथ्याकं झन ठूलो रहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुनै संस्था इजाजतपत्र प्राप्त हो वा होइन, वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत यकिन गर्ने, बिना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिने र वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउने गर्दा ठगीबाट बचिने जनाएको छ ।

कतिपय पीडितलाई आफू कुन म्यानपावरद्धारा विदेश जादै छु र किन पैसा व्यक्तिलाई बुझाएको छु भन्ने समेत थाहा पाउँदैनन् । यसले गर्दा पीडितले म्यानपावरलाई होइन् एजेन्टविरुद्ध उजुरी दिन विभाग धाउँने स्थिति आएको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन तथा प्रलोभन देखाएर रकम लिई ठगी गरेमा कारबाही हुने व्यवस्था छ ।

अवैध रूपमा कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च भराई तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार म्यानपावर कम्पनीहरूका एजेन्ट तथा ब्रोकरहरू नियुक्त गर्दा व्यक्तिगत ठगीका घटना बढिरहेको छ । ‘म्यानपावर कम्पनीहरूले सिदैँ पैसा लिन नमिल्ने कानुनी प्रकृया छ,’ उनले भने, ‘त्यसो हुँदा आफू र विदेश जान चाहाने युवाको बिचमा दलाल खडा गर्ने गर्छन् । युवाले एजेन्टलाई पैसा बुझाउँछ र म्यानपावरले एजेन्टबाट पैसा लिने गर्छन् । यस्तो गर्दा म्यानपावर कम्पनी ओभानो हुने भए । पीडितहरू एजेन्टले ठग्यो भन्दैँ विभाग आउँने गरेका छन् ।’

घिमिरेले भने, ‘हामी कानुनी प्रकृया अन्र्तगत प्रमाण हेर्ने वर्ग हौँ । पीडितले ल्याएका ठगिएको प्रमाणमा म्यानपावर कम्पनी कहीबाट मुछिएका हुँदैनन् । प्रमाण नहुँदा म्यानपावरलाई समात्न सकेका छैनौँ । आफू जोगिनलाई म्यानपावर कम्पनीहरूले ठग्ने प्रक्रिया परिवर्तन गरेका छन् । ठगिको प्रमाण हेर्दा एजेन्टहरू पर्ने गरेका छन् । जसले गर्दा संस्थागत उजुरी कम छ ।’ बिना प्रमाण विभाग आएका पीडितले आरोप लगाएका म्यानपावरलाई सोधपुछ गर्दा ठगी गरेको प्रमाण भए कानुनी दायरामा आउन तयार छु भन्ने गरेको घिमिरे बताउँछन् ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८-७९ मा देशभरबाट वैदेशिक रोजगारीमा ठगीसम्बन्धी १ हजार ७ सय ४२ घटना दर्ता भएका थिए । यसरी वैदेशिक रोजगारीमा ठगीको घटनाले चालु आर्थिक वर्षको तथ्याकं झन ठूलो रहेको छ ।

विना एजेन्ट सिधै कामदार पठाउने म्यानपावर करिब २ सय वटा रहेको उनले बताए । करिब ८ सय भन्दा बढि म्यानपावर कम्पनीहरूले एजेन्ट राखेर काम गरेसँगै आएका पैसालाई कालो धन बनाइरहेका महानिर्देशक घिमिरेले बताए । अधिकांश झोले म्यानपावरहरूले ठगी धन्दा व्यापक रुपमा बढाएको उनी बताउँछन् ।

फ्रि भिसा फ्रि टिकटको नाममा म्यानपावर व्यवसायीलाई सेवा शुल्क नतोकेदेखि यस्तो खालका समस्या निम्तिएको उनको भनाइ छ । ‘फ्रि भिसा फ्रि टिकट’ भनेपछि म्यानपावरलाई सेवा शुल्क तोकिएन । म्यानपावरले एजेन्टहरू नियुक्त गरे । ती एजेन्टहरूले मनलाग्दी तरिकाले पैसा उठाए । उनीहरू न आधिकारिक व्यक्ति हुन्, न लाइसेन्स हुन्छ । उनीहरूकै कारण समस्या आइरहेको हो,’ महानिर्देशक घिमिरेले भने ।

‘यहाँ बैंक मार्फत आर्थिक कारोबार भएको छैन् । म्यानपावरसँग अत्याधिक पैसा छ, तर अनौपचारिक तरिकाले दलालमार्फत उठाएको पैसा हो । त्यसरी उठाएको पैसालाई ‘कालोधन’ बनाएर राखेका छन् । जसले गर्दा वैदेशिक रोजगारीका क्रममा सबै भन्दा बढी मारमा श्रमिक छन्,’ विभागका महानिर्देशक घिमिरेले भने ।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School