‘झापा स्पोर्टस् अवार्ड’ २०७९ हुँदै, पाँच विधामा १५ मनोनयन


२७ चैत, काठमाडौं । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाको आयोजनामा हुन लागेको अवार्डमा पाँच विधामा १५ जनाबीच प्रतिस्पर्धा हुनेछ ।

पाँचौं संस्करणको उक्त अवार्डमा प्रत्येक विधाबाट तीन–तीन जना छनोट भएका छन् । यसैगरी छनौट समितिले लोकप्रियताको आधारमा एक एक जना सोझै छनौट गरेको छ ।
अवार्ड चैत २९ गते बिहिबार बिर्तामोडमो बिर्तामोड सिटी सेनटरस्थित साई पार्टी प्यालेसमा हुनेछ । बर्ष उत्कृष्ट खेलाडी तेक्वान्दोका रोशन मगर, पौडीका प्रारम्भ भण्डारी र स्टार फुटबलर अनन्त तामाङ मनोनयनमा छन् ।

बर्ष उत्कृष्ट खेलाडी महिला (महिला बक्सिङ) मा त्रिशा जवेगु, कबड्डीमा अनुजा कुलुङ राई र टेबल टेनिसमा सिक्का सुवाल श्रेष्ठ छन् । त्यसैगरी बर्ष उत्कृष्ट युवा खेलाडी पौडीतर्फ प्रारम्भ भण्डारी, बुद्धिचालमा कृतिसरा अधिकारी र आर्चरीमा योगिता कम्बाङ छिन् ।

पिपल्स च्वाइस खेलाडीमा क्रिकेटबाट नेपाली पूर्वकप्तान रुविना क्षेत्री, भलिबलकी पूर्वकप्तान विनिता बुढाथोकी र बक्सिङमा सुस्मिता राई छन् । बर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङबाट डम्बर लिम्बू, तेक्वान्दोबाट नविन तामाङ र बुद्धिचालबाट भूपेन्द्र निरौला छन् ।

बर्ष खेलाडी पुरुष र महिलालाई जनही नगद एक लाख र ट्रफी, बर्ष खेलाडी (युवा)लाई नगद २५ हजार र ट्रफी, पिपल्स च्वाइस खेलाडीलाई नगद २५ हजार र ट्रफी, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने आयोजकको भनाई छ ।

स्पेशल अचिभमेन्ट अवार्डका खेल प्रतिभालाई नगद २५ हजार र ट्रफी, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार र ट्रफी र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एक जनालाई नगद ५० हजार र ट्रफी दिइनेछ ।

स्पेशल अचिभमेन्ट, उत्कृष्ट खेल पत्रकार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका प्रतिभाको नाम अवार्डको दिन घोषणा गरिनेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School