२६ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार आगामी जेठमा हुने टी-२० विश्वकपमा नेपाली खेलाडीले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको छ ।
काठमाडौंमा भएको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा छ भने काँधमा नेपालको झण्डा छ ।
तर जर्सी सार्वजनिक भएपछि झण्डा झुकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
क्यानका सचिव पारस खड्काले पहिला र अहिलेको झण्डामा केही फरक नभएको बताउँछन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका पारस भन्छन्, ‘ दुबै एउटै हो, पहिलाको जर्सीमा पनि यहिँ नै छ ।’