न्युयोर्कको नमस्ते टासी देलेक: किफायती बफे, हिमाली स्वाद र आत्मीय आतिथ्यको संगम



प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार

न्युयोर्कको नमस्ते टासी देलेक: किफायती बफे, हिमाली स्वाद र आत्मीय आतिथ्यको संगम

न्युयोर्कको क्विन्स क्षेत्रमा अवस्थित ज्याक्सन हाइट्सको व्यस्त ७४औं स्ट्रिटमा जब सबवे ट्रेनको गर्जन र हल्लाखल्ला एकसाथ मिसिन्छ तब लाग्छ– यो सहर कहिल्यै थाक्दैन । कहिल्यै सुत्दैन । सडकको कोलाहल, मानिसको भीडभाड, ट्याक्सीको हर्न र फुटपाथमा बिक्री हुने स्ट्रिट फुडको बास्नाले भरिएको यो ठाउँमा एउटा यस्तो सानो ढोका छ जसलाई पार गर्नेबित्तिकै संसार नै फेरिन्छ ।

बाहिरको हतारो र तनाव एकैछिनमा हराउँछ र भित्रको नरम, आत्मीय वातावरणले तपाईंलाई स्वागत गर्छ । यो हो– नमस्ते टासी देलेक । जुन केवल एउटा रेस्टुरेन्ट मात्र होइन बरु हिमाली संस्कृति र नेपाली–भुटानी–तिब्बती परम्पराको जीवन्त संग्रहालय र ‘घरबाट टाढाको घर’जस्तो न्यानो आश्रयस्थल हो ।

यो रेस्टुरेन्टको आत्मा र सफलताको मुख्य कथा मोहन बरुवालसँग जोडिएको छ । एक अनुभवी उद्यमीका रूपमा मोहनले यो ठाउँलाई केवल व्यापारिक प्रतिष्ठान बनाएका छैनन् । बरु न्युयोर्कको बहुसांस्कृतिक समाजमा नेपाली, हिमाली र दक्षिण एसियाली स्वादको एउटा बलियो, पहिचानयोग्य ‘सिग्नेचर’ स्थापित गरेका छन् । उनको आतिथ्यमा एउटा यस्तो सादगी र स्नेह मिसिएको हुन्छ जसले पहिलो पटक आउने ग्राहकलाई पनि लाग्छ– ‘यो त पुरानो चिनजानको साथीको घरमा आएजस्तो भयो ।’

मोहन आफैं भान्साका प्रत्येक परिकारको गुणस्तरमा अत्यन्तै सचेत रहन्छन् । उनको विश्वास छ कि खानामा केवल स्वाद मात्र होइन, त्यसमा कथा, सम्झना र पहिचान पनि लुकेको हुन्छ ।

न्युयोर्कको नमस्ते टासी देलेक: किफायती बफे, हिमाली स्वाद र आत्मीय आतिथ्यको संगम

यहाँको सबैभन्दा ठूलो आकर्षण र ‘मेनुको मुटु’ भनेकै प्रसिद्ध लन्च बफे हो । न्युयोर्कका महँगा फाइन–डाइनिङ रेस्टुरेन्टको भीडमा यो बफेले गुणस्तर र किफायती मूल्यबीच दुर्लभ सन्तुलन कायम गरेको छ । सामान्यतया १६–१८ डलरको आसपासमा उपलब्ध यो अल–यू–क्यान–इट बफे मध्याह्न १२ देखि अपहराह्न ४ बजेसम्म सञ्चालन हुन्छ । यसले धेरैलाई ‘न्युयोर्कको सबैभन्दा राम्रो डिल’ मानिन्छ ।

न्युयोर्कको नमस्ते टासी देलेक: किफायती बफे, हिमाली स्वाद र आत्मीय आतिथ्यको संगम

तात्तातो सेतो भातको बादलजस्तो कुण्ड । घरेलु शैलीको पहेंलो दाल । सिजनल तरकारी (जस्तै– रायोको साग, आलु–काउलीको सुक्खा तरकारी, चना मसला) । पापड, प्याजको अचार र ताजा तारेको पकौडासँगै हरेक टेबलमा तात्तातो नानको बास्केट आउँछ । मासुका परिकारमा बटर चिकेन, गोट करी (खसीको मासु), चिकेन टिक्काजस्ता क्लासिक आइटम नियमित रहन्छन् । अन्य तरकारी, अपेटाइजर र डेजर्ट दिनअनुसार फेरिन्छन् ।

यो बफेले धेरै नेपाली–हिमाली आप्रवासीलाई चाडपर्वको न्यास्रो मेटाउने काम गर्छ । खानाको स्वादले गाउँघरको याद दिलाउँछ । तर, यो रेस्टुरेन्ट नेपाली स्वादमा मात्र सीमित छैन । यसले हिमालयका विविध भूगोल र संस्कृतिलाई एउटै थालमा समेट्छ ।

मोहन बरुवालको भिजन निकै स्पष्ट छ– ‘हामी यहाँ केवल खाना बेच्दैनौं । हामीले हिमालयको एउटा सानो टुक्रालाई न्युयोर्कको यो व्यस्त कुनामा जीवन्त राखेका छौं– संस्कृति, स्वाद र आतिथ्यसँगै ।’

न्युयोर्कको नमस्ते टासी देलेक: किफायती बफे, हिमाली स्वाद र आत्मीय आतिथ्यको संगम

बाहिर ७ नम्बर लाइनको सबवे ट्रेन गुडिरहेको आवाज आइरहे पनि भित्रको माहोलले तपाईंलाई नेपालकोे भान्सामा पु¥याइदिन्छ । यो कन्ट्रास्ट ९बाहिरी कोलाहल र भित्री शान्ति०ले नै नमस्ते टासी देलेकलाई ज्याक्सन हाइट्सको एक अनिवार्य जानुपर्ने रेस्टुरन्ट बनाएको छ ।

चाहे तपाईं हिमाली मूलका आप्रवासी हुनुहुन्छ, नेपाली खानाको फ्यान हुनुहुन्छ वा केवल नयाँ स्वाद अनुभव गर्न खोजिरहनुभएको छ । यो ठाउँले तपाईंलाई स्वाद, सत्कार र सम्झनाले भरिपूर्ण अनुभव दिन्छ ।





Source link

Leave a Comment