News Summary
Generated by OK AI. Editorially reviewed.
- महेन्द्र रत्न क्याम्पसकी वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगितामा कलेज महिला सिंगल्सको स्वर्ण पदक जितिन्।
- टिम इभेन्टतर्फ कलेज महिलामा महेन्द्र रत्न क्याम्पस च्याम्पियन बन्यो, जबकि एभीएम दोस्रो र प्रिमियर तथा विश्व आदर्श संयुक्त तेस्रो भए।
- यू–१४ ब्वाइजमा डीएभीका रिभानमुनि वज्राचार्य, यू–१४ गर्ल्समा एभीएमकी श्रृया शाक्य र यू–१६ ब्वाइजमा भासराका रिजन शाक्यले स्वर्ण जिते।
९ भदौ, काठमाडौं । महेन्द्र रत्न क्याम्पसकी वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेज महिला सिंगल्सको स्वर्ण पदक जितेकी छन् ।
फाइनलमा वियंकाले आफ्नै क्याम्पसकी आस्मा पहरीलाई हराउँदै उपाधि जितिन् । एसियनकी अर्पिता महर्जन र जेभियरकी यानु श्रीष संयुक्त तेस्रो भए ।
यू–१४ ब्वाइज सिंगल्समा डीएभीका रिभानमुनि वज्राचार्य विजेता बन्दा एभीएमका स्वर्णिम शाक्य उपविजेता बने । प्रोक्सिमाका नयन ललुवा र प्रिमियरका विशाल बस्नेत तेस्रो स्थानमा रहे ।
यू–१४ गर्ल्समा एभीएमकी श्रृया शाक्यले स्वर्ण, तयाबुङमा राईले रजत तथा आरम्भ संस्कारकी प्राज्ना महर्जन र यमिला श्रेष्ठले कांस्य जिते ।
यू–१६ ब्वाइज सिंगल्समा भासराका रिजन शाक्य पहिलो, एभरेष्टका आर्यन शाही दोस्रो तथा आरम्भका निश्चल थापा र प्राइमका सुगम पौडेल तेस्रो भए ।
भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खोल्चा पुखुका नदिमरत्न शाक्यले स्वर्ण जित्दा आईटीटीएका राजेश भट्टराई रजतमा सीमित भए ।
सीवाइसीटीटीका किरण ब्यञ्जनकार र कीर्तिपुरका जयराम महर्जन संयुक्त तेस्रो बने।
टिम इभेन्टतर्फ कलेज महिलामा महेन्द्र रत्न क्याम्पस च्याम्पियन बन्यो। एभीएम दोस्रो तथा प्रिमियर र विश्व आदर्श संयुक्त तेस्रो भए ।
स्कुल ब्वाइज टिममा आरम्भ पहिलो, प्राइम दोस्रो तथा एभीएम र सृष्टि एकेडेमी तेस्रो बने। स्कुल गर्ल्स टिममा एभीएमले उपाधि जित्दा आरम्भ उपविजेता तथा ह्वाइटफिल्ड र सिर्जना ज्ञान सागर तेस्रो स्थानमा रहे ।