News Summary
Generated by OK AI. Editorially reviewed.
- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।
- बाढीले कति क्षति पुर्याएको छ भन्ने यकिन नभएको र बुझ्ने प्रयास भइरहेको उनले बताए ।
- भोटेकोशीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।
१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।
तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’
भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।