यसै वर्ष अमेरिकामा मानव निगरानीबिनाका टेस्ला कार व्यापक रूपमा प्रयोग हुने मस्कको अपेक्षा 



प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार


टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले मानवीय सुरक्षा निगरानी बिना पूर्ण रूपमा स्वचालित (फुल्ली सेल्फ(ड्राइभिङ) कारहरू यसै वर्षको अन्त्यतिर अमेरिकामा अझ व्यापक रूपमा विस्तार हुने दाबी गरेका छन्।

तेल अभीवमा आयोजित ‘स्मार्ट मोबिलिटी समिट’ मा भिडियो लिंकमार्फत सम्बोधन गर्दै मस्कले हाल टेक्सासमा परीक्षण स्वरूप सुरक्षा निगरानी बिना नै सेल्फ-ड्राइभिङ कारहरू सञ्चालन भइरहेको उल्लेख गरे। उनका अनुसार ती सेवा यस वर्ष अमेरिकाभर विस्तार गर्ने तयारी भइरहेको छ।

टेस्लाले हाल अस्टिन, डालस र ह्युस्टनमा रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ। तर, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार परीक्षणका क्रममा यात्रुहरूले लामो प्रतीक्षा समय, कहिलेकाहीँ सेवा उपलब्ध नहुनु तथा यात्रु झर्ने स्थान गन्तव्यभन्दा टाढा पर्ने समस्या भोग्नुपरेको छ।

गत नोभेम्बरमा टेस्लाले एरिजोनामा राइड–हेलिङ सेवा सञ्चालन गर्न अनुमति प्राप्त गरेको थियो।

दशकौँदेखि स्वचालित सवारी साधनबारे आक्रामक अनुमान गर्दै आएका मस्कले भने आफ्ना समयसीमा बारम्बार पूरा नभए पनि आगामी १० वर्षभित्र चालकविहीन कार सर्वव्यापी हुनेमा आफू आशावादी रहेको बताएका छन्।

“अबको पाँच वर्षमा र निश्चित रूपमा १० वर्षभित्र करिब ९० प्रतिशत लामो दूरीको यात्रा एआईद्वारा सञ्चालित सेल्फ–ड्राइभिङ कारमार्फत हुनेछ।” उनले थपे, “१० वर्षपछि आफ्नै कार आफैं चलाउनु निकै दुर्लभ हुनेछ।”





Source link

Leave a Comment

Translate »