कोलम्बसका मेयरद्वारा ‘फ्लक सेफ्टी’ क्यामेराको डाटा सेयरिङमा रोक



प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार

Photo: Cool Photos / Unsplash

कोलम्बसका मेयर एन्ड्रयु गिन्थरले स्थानीय प्रहरीलाई लाइसेन्स प्लेट रिडिङ क्यामेराको डाटा देशव्यापी रूपमा सेयर गर्न तत्काल रोक लगाउने आदेश दिएका छन्। हालै गरिएको एक आन्तरिक लेखापरीक्षणले उक्त क्यामेराको डाटा हजारौँ पटक अध्यागमन कानुन कार्यान्वयनसँग सम्बन्धित अनुसन्धानका लागि प्रयोग भएको देखाएपछि मेयरले यस्तो कदम चालेका हुन्।

मेयर गिन्थरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,कोलम्बसका स्रोतसाधनहरू यहाँका बासिन्दाको सुरक्षा र समृद्धिका लागि मात्र हुन्। यसबाहेक अन्य कुनै पनि उद्देश्यका लागि यसको प्रयोग हुनु किमार्थ स्वीकार्य छैन।

यस आदेशपछि कोलम्बस प्रहरीले राज्य बाहिरका एजेन्सीहरूसँग डाटा सेयर गर्न पाउने छैन। यद्यपि, कोलम्बस पुलिस आफैँले भने यो प्रविधिको प्रयोग जारी राख्नेछ। प्रहरीका अनुसार हालैका करिब ६० प्रतिशत हत्याका आरोपीहरूलाई पक्राउ गर्न यो प्रविधि निकै सहयोगी सिद्ध भएको छ।

अडिटका अनुसार सन् २०२४ देखि हालसम्म राष्ट्रिय डेटाबेसमा कोलम्बसको नेटवर्क प्रयोग गरी १५,५७७ वटा सम्भावित अध्यागमनसम्बन्धी खोजहरू भएका छन्। यसमा अमेरिकी सीमा गस्ती र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्स द्वारा गरिएका ६५७ खोजहरू समेत समावेश छन्। कोलम्बस सहरले सन् २०१७ देखि नै नागरिक अध्यागमन प्रवर्तनमा नगरको बजेट वा स्रोतसाधन प्रयोग गर्न कानुनी रूपमै प्रतिबन्ध लगाएको छ।

कोलम्बस पुलिसका उपप्रमुख टिम मायर्सले भने अडिटको दायरा निकै फराकिलो भएकाले आइस  वा’होमल्यान्ड सेकुरिटी जस्ता शब्द प्रयोग भएका सबै खोजहरू यसमा समेटिएको दाबी गरे। उनका अनुसार होमल्याण्ड सेक्युरिटीले अध्यागमनबाहेक अन्य अपराधको अनुसन्धान गर्दा भएका खोजहरू पनि यसै वर्गमा परेका छन्।

यसअघि ओहायोकै डेटन सहरले पनि आफ्नो फ्लक क्यामेराको डाटा ७,०३० पटकभन्दा बढी अध्यागमन अनुसन्धानका लागि प्रयोग भएको थाहा पाएपछि यसको प्रयोगमा प्रतिबन्ध लगाएको थाहा हुन आएको छ। कोलम्बसमा नीतिगत पुनरावलोकन र दुरुपयोग रोक्ने ठोस उपाय सुनिश्चित नभएसम्म यो डाटा सेयरिङ बन्द रहने मेयर गिन्थरले स्पष्ट पारेका छन्।





Source link

Leave a Comment

Translate »