२१औं शताब्दीलाई सूचना प्रविधि, विश्वव्यापीकरण र द्रुत गतिमा परिवर्तन भइरहेको युगका रूपमा लिइन्छ । विज्ञान र प्रविधिमा द्रुत प्रगति, आर्थिक र सामाजिक संरचनामा आएका परिवर्तन तथा विश्वव्यापी प्रतिस्पर्धाको वातावरणले हाम्रो जीवनका लगभग सबै पक्षलाई असर पारिरहेको छ ।
द्रुत विकासले विश्वभरका शिक्षा प्रणालीलाई नयाँ चुनौती र अवसर दुवै सामना गर्न बाध्य बनाएको छ । यस परिप्रेक्ष्यमा उच्चशिक्षामा पारम्परिक ज्ञानभन्दा बढी विशेष प्रकारका सीप ‘२१औं शताब्दीका सीप’ समावेश गर्नु नितान्त आवश्यक छ । उच्चशिक्षामा यी सीप समावेशले विद्यार्थीलाई रोजगार, उद्यमशीलता र सामाजिक जीवनका लागि तयार पार्न महŒवपूर्ण भूमिका खेल्दछ । साथै, यी सीप परम्परागत शैक्षिक ज्ञानभन्दा फरक छन्, ’cause यी सीपमा विश्लेषणात्मक सोच, जटिल समस्या समाधान, सहकार्य र डिजिटल साक्षरताजस्ता व्यावहारिक पक्ष समेटिन्छन् ।
यस युगमा केवल शैक्षिक ज्ञान वा विषयवस्तुमा आधारित दक्षता पर्याप्त हुँदैन । विद्यार्थीलाई यस्तो सीप र योग्यतासँग परिचित र सीपयुक्त बनाउन आवश्यक छ, जसले उनीहरूलाई जीवनका अनिश्चितता र जटिलता सामना गर्न सक्षम बनाओस् । यी सीपले विद्यार्थीलाई समालोचनात्मक चिन्तन, रचनात्मक समाधान निकाल्न, सञ्चार र सहकार्यमा दक्ष बन्न, प्रविधि अपनाउन र जीवनभर सिकिरहने प्रवृत्ति विकास गर्न प्रेरित गर्छन् । यस्ता सीपले उनीहरूलाई केवल रोजगारीका लागि होइन, जिम्मेवार नागरिकका रूपमा सामाजिक, आर्थिक र सांस्कृतिक भूमिकामा प्रभावकारी हुनसमेत मद्दत गर्छन् । २१औं शताब्दीका अत्यावश्यक सीपमा मूलभूत शैक्षिक सीप, जसमा भाषा तथा साहित्य, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी साक्षरता, वित्तीय साक्षरता, वैज्ञानिक साक्षरता आदि रहेका छन् भने उच्चस्तरका सोचका सीपमा आलोचनात्मक सोच, सिर्जनात्मकता, समस्या समाधान गर्ने क्षमता, निर्णय लिने क्षमता र अनुसन्धानात्मक प्रवृत्ति विशेषगरी महŒवपूर्ण मानिन्छन् ।
त्यस्तै, प्रभावकारी सञ्चार तथा अन्तरसांस्कृतिक सीप, सहकार्यका सीप पनि यो युगमा अत्यन्त अपरिहार्य भएका छन् । प्रविधिको तीव्र विकाससँगै सूचना तथा सञ्चार प्रविधि, साइबर सुरक्षा, डिजिटल सीप र डेटा विश्लेषण बुझाइ तथा प्रयोग आवश्यक छ । यसैगरी, आत्मव्यवस्थापन तथा लचिलोपन, समय व्यवस्थापन, नेतृत्व क्षमता, उत्पादकता, उत्तरदायिŒव र नैतिकतासमेत अत्यावश्यक छन् । यिनै सीपले व्यक्तिलाई बदलिँदो विश्वबजारमा प्रतिस्पर्धी बनाउँछन् र व्यक्तिगत तथा व्यावसायिक जीवन सन्तुलित र सफल बनाउन सहयोग पु¥याउँछन् । उच्चशिक्षामा २१औं शताब्दीका सीप प्रभावकारी रूपमा विकास गर्नका लागि शिक्षण र सिकाइ विधिमा नयाँ–नयाँ दृष्टिकोण अपनाइएका छन् । यसमा समस्यामा आधारित शिक्षा महŒवपूर्ण विधि हो, जसले विद्यार्थीलाई वास्तविक जीवनका समस्या पहिचान गरी समाधान खोज्न प्रेरित गर्छ, जसबाट उनीहरूको आलोचनात्मक सोच, निर्णय क्षमता र सिर्जनात्मकता विकास हुन्छ ।
त्यस्तै, प्रोजेक्टमा आधारित शिक्षामार्फत विद्यार्थीले समूहमा काम गरेर परियोजना सम्पन्न गर्छन् र नतिजा प्रस्तुत गर्ने अभ्यास गर्छन्, जसले उनीहरूमा सहकार्य र सञ्चारसीप विकास गर्छ । प्रविधि प्रयोग पनि आजको उच्चशिक्षामा अविभाज्य अंग बनेको छ, जसमा ‘अनलाइन लर्निङ प्लेटफर्म’ उपयोगले विद्यार्थीलाई विश्वभरका स्रोतबाट सिक्न र आफ्नै गतिमा अध्ययन गर्न अवसर प्रदान गर्छ । ‘भर्चुअल रियालिटी’ र ‘आगमेन्टेड रियालिटी’ प्रविधि प्रयोगले प्रायोगिक शिक्षालाई अझ जीवन्त र प्रभावकारी बनाउँछ, जसले जटिल अवधारणालाई सहज रूपमा बुझ्न मद्दत पु¥याउँछ । यसैगरी, अन्तरविषयक अध्ययन प्रवर्धनमार्फत विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत गरेर सिकाइ भइरहेको छ, जसले विद्यार्थीलाई बहुआयामिक सोच र बहुपक्षीय समस्या समाधान गर्न सक्षम बनाउँछ ।
त्यस्तै, सहकार्यमा आधारित अभ्यास जस्तै– समूह परियोजना, केसस्टडी तथा अन्तक्र्रियात्मक कक्षा गतिविधिले विद्यार्थीको सहकार्य गर्ने सीप र प्रभावकारी सञ्चार क्षमतामा अभूतपूर्व विकास गरेका छन् ।
यसैगरी, सामुदायिक सेवा, इन्क्युबेटर कार्यक्रम तथा सामाजिक परियोजनामा सहभागी गराएर उनीहरूमा नेतृत्व क्षमता र सामाजिक उत्तरदायिŒव भावना जगाउने कार्य हुँदै आएको छ, जसले विद्यार्थीलाई केवल विषयविज्ञ होइन, जिम्मेवार र संवेदनशील नागरिकका रूपमा समेत विकास गर्न मद्दत पु-याइरहेको छ ।
यस युगमा केवल शैक्षिक ज्ञान वा विषयवस्तुमा आधारित दक्षता पर्याप्त हुँदैन । विद्यार्थीलाई यस्तो सीप र योग्यतासँग परिचित र सीपयुक्त बनाउन आवश्यक छ, जसले उनीहरूलाई जीवनका अनिश्चितता र जटिलता सामना गर्न सक्षम बनाओस्
मूल्यांकन प्रणालीमा पनि परिवर्तन ल्याएर परम्परागत परीक्षाबाट बाहिर निस्केर ‘पोर्टफोलियो’ मूल्यांकनका माध्यमबाट विद्यार्थीका सिकाइ प्रगति क्रमिक रूपमा अभिलेख राख्ने र ‘रिफ्लेक्टिभ असेसमेन्ट’मार्फत उनीहरूलाई आत्ममूल्यांकन र सुधारको अवसर दिने काम क्रमशः भइरहेको छ । यसरी शिक्षण विधि, प्रविधि, अन्तरविषयक र मूल्यांकनमा भएका यी नवीन प्रयासले उच्चशिक्षालाई २१औं शताब्दीका सीप विकास गर्ने महŒवपूर्ण आधार बनाइरहेका छन् । पछिल्ला वर्ष केही विश्वविद्यालय तथा कलेजले पाठ्यक्रम र शिक्षण–सिकाइ प्रक्रियामा यी सीप एकीकृत गर्ने उल्लेखनीय पहल सुरु गरेका छन् । पाठ्यक्रम परियोजनामा आधारित सिकाइ, समस्यामा आधारित सिकाइ र अन्तरविषयगत कार्यक्रम समावेश गरेर समालोचनात्मक सोच, सिर्जनात्मकता र अनुकूलताजस्ता सीप विकास गर्ने प्रयास भइरहेको छ ।
त्यस्तै, प्रविधि प्रभावकारी प्रयोग जस्तै: अनलाइन शिक्षण, मिश्रित सिकाइ, डिजिटल उपकरण प्रयोग गरेर सिकाइलाई रोचक र व्यावहारिक बनाउने काम भइरहेको छ । यसै परिप्रेक्ष्यमा हाल विश्वविद्यालय अनुदान आयोगको पहल तथा आर्थिक सहयोगमा नेपालका विश्वविद्यालय तहका प्राध्यापकलाई २१औं शताब्दीका सीपसहितको शिक्षण–सिकाइमा ज्ञान तथा सीप हस्तान्तरणका विधि तथा प्रक्रिया, कक्षाकोठालाई इन्कुबेसन सेन्टर र ल्याब बनाउने सीप, सूचना प्रविधि तथा अनुसन्धानलाई कक्षाकोठामा प्रयोग, अन्तक्र्रियात्मक कक्षाकोठा व्यवस्थापनलगायत विषयमा देशभर तालिम सञ्चालन पनि भइरहेका छन् । जसबाट अगामी दिन उच्चशिक्षामा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । यद्यपि, यस्ता प्रयास बाबजुद उच्चशिक्षामा यी सीप प्रभावकारी प्रयोगमा विभिन्न चुनौती छन् । अझै पनि धेरै विश्वविद्यालय र कलेज परम्परागत व्याख्यान, पाठ्यपुस्तककेन्द्रित र परीक्षामुखी शिक्षण पद्धतिमा केन्द्रित छन् । यसले सक्रिय सिकाइ, समस्यामा आधारित वा परियोजनामा आधारित सिकाइजस्ता विधि व्यवस्थित रूपमा लागू गर्न कठिन बनाइरहेको छ ।
२१औं शताब्दीका सीप सिकाउनका लागि शिक्षकमै डिजिटल उपकरण, नवीन शिक्षण विधि, अन्तरविषयक सिकाइ र सहयोगात्मक प्रविधिको राम्रो बुझाइ र सीप आवश्यक हुन्छ । तर, धेरैजसो शिक्षक यस्ता नवीन पद्धतिमा तालिम प्राप्त छैनन्, कतिपयलाई अझै ‘आईसीटी’ प्रयोगमै सहजता छैन । यसले नयाँ शिक्षण विधि अपनाउन उनीहरूलाई हिच्किचाहट गराउँछ ।
साथै, विकासोन्मुख वा दुर्गम क्षेत्रमा रहेका धेरै शिक्षण संस्थामा इन्टरनेट, डिजिटल उपकरण, स्मार्ट कक्षा र ‘आईसीटी’ पूर्वाधार अभाव छ । यस्तै, सबै विद्यार्थीसँग आफ्नै ल्यापटप, स्मार्टफोन वा इन्टरनेट पहुँच नहुनाले अनलाइन शिक्षा, मिश्रित सिकाइ वा डिजिटल परियोजनामा समान सहभागिता जनाउन सक्दैनन् ।
अधिकांश विश्वविद्यालयको मूल्यांकन प्रणाली अझै परम्परागत परीक्षा र अंकमा आधारित छ । परियोजना, पोर्टफोलियो, केस–स्टडी, रिफ्लेक्टिभ असेसमेन्टजस्ता वैकल्पिक मूल्यांकन अभ्यास न्यून छ । यसले विद्यार्थीलाई सिर्जनात्मक रूपमा सोच्न, समूहमा काम गर्न वा दीर्घकालीन सिकाइ प्रक्रियामा संलग्न हुन बाधा उत्पन्न गर्दछ । कयौं विद्यार्थी पनि अझै परीक्षा पास गरेर डिग्री हात पार्ने मानसिकतामै केन्द्रित छन् । उनीहरू स्वतन्त्र सिकाइ, आलोचनात्मक सोच वा दीर्घकालीन परियोजनामा संलग्न हुन त्यति इच्छुक देखिँदैनन् वा बोझ ठान्दछन् ।
समूहमा काम गर्दा उत्तरदायिŒव बाँडफाँटमा समस्या देखिनु, रचनात्मक समाधानको सट्टा छोटो बाटो खोज्नु वा डिजिटल स्रोत दुरुपयोग गर्नुजस्ता व्यवहार देखिन्छ भने केही उच्चशिक्षाका संस्थाले आफ्ना नीतिमा नै २१औं शताब्दीका सीपलाई स्पष्ट प्राथमिकता दिएका छैनन् । शिक्षा मन्त्रालय वा विश्वविद्यालय अनुदान आयोगजस्ता निकायबाट स्पष्ट नीतिगत निर्देशन, लगानी र अनुगमन नभएसम्म यी सीपको स्थायी विकासमा कठिनाइ रहिरहन्छ ।
२१औं शताब्दीका सीप अब कुनै वैकल्पिक कुरा होइनन्, यी अनिवार्य भएका छन् । उच्चशिक्षाले यी सीप विकासमा विशेष ध्यान दिएर विद्यार्थीलाई न केवल रोजगारका लागि, तर जीवनका विविध चुनौती सामना गर्न सक्षम बनाउनु अत्यन्त जरुरी छ । यसले विद्यार्थीलाई केवल स्नातक वा पदवीधारी नभएर जिम्मेवार, सोचयुक्त र सशक्त नागरिक बनाउँछ । त्यसकारण उच्चशिक्षामा यी सीप विकास र प्रयोग एक अत्यावश्यक पक्ष बनेको छ । विश्वविद्यालय र कलेजले आफ्ना पाठ्यक्रम, पठनपाठन विधि र मूल्यांकन प्रणालीमा यसलाई बदलिँदो परिस्थति, वर्तमान आवश्यकता र समयको अपरिहार्य मागका रूपमा बुझी जिम्मेवारीबोध साथ शैक्षिक क्षेत्रको सहयात्रीका रूपमा अंगीकार गर्नुपर्दछ ।
(Visited 6 times, 1 visits today)
