१३६५ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि अमेरिकामा नै बसिरहेको आइसको खुलासा



प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार

१३६५ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि अमेरिकामा नै बसिरहेको आइसको खुलासा

१३६५ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि अमेरिकामा नै बसिरहेको तथ्यांक इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सार्वजनिक गरेको छ । देशनिकालापछि पनि अमेरिकाभित्रै रहेका झण्डै साढे १४ लाख आप्रवासीहरुमध्ये १३६५ जना नेपालीहरु रहेको आइसले सार्वजनिक गरेको हो । उनीहरुलाई आइसले हिराशतमा राखेको छैन । यी नेपालीहरु आगामी ट्रम्प प्रशासन आइसकेपछि देशनिकालाको मुख्य प्राथमिकतामा रहेकाहरु हुन् ।

यस अगाडि खसोखासले एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक हिसाब गर्दा अहिलेसम्म ३ हजार ४ सय ४९ जनालाई देशनिकालाको आदेश दिइएको विवरण सार्वजनिक गरेको थियो । तर अहिलेको आइसको विवरण हेर्दा त्यसमध्ये झण्डै २ हजारले या त अमेरिका छाडेको, या त आइसमार्फत देशनिकाला भएको, या त अन्य तरिकाले स्टाटस एडजस्ट गरेको पाइएको छ । देशनिकालाको आदेशपछि पनि अमेरिकामा बसिरहेका १३६५ जनामध्ये कतिजना टीपीएसबाट संरक्षित छन् भन्ने प्रष्ट छैन ।

अहिलेसम्म १५ हजार ३ सय ६५ जना नेपालीहरुका एसाइलम लगायतका मुद्दाको अध्यागमन अदालतले सुनुवाई गरिसकेको छ, जसमध्ये ७ हजार ५ सय ९५ जनाको राहत स्वीकृत गरिएको थियो भने ३ हजार ४ सय ४९ जनालाई देशनिकालाको आदेश दिइएको थियो । १६२२ जनाको प्रकृया खारेज गरिएको थियो भने ६२९ जनाको मुद्दा अन्य तरिकाले बन्द गरिएको थियो । त्यस्तै ६१० जनालाई स्वेच्छिक रुपमा देश छाड्न आदेश दिइएको थियो भने ४०५ जनाको क्रेडिबल फियर नै नभएको ठहर गरिएको थियो ।

त्यस्तै ३६१ जनाको नोटिस टु अपियर नै फाइल गरिएको थिएन भने २७२ जनालाई प्रोसिक्युटरल डिस्क्रिसन अर्थात् पीडी प्रदान गरिएको थियो । बाइडेन प्रशासनका पालामामात्रै अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरुको संख्या ६ सय भन्दा बढी रहेको छ । ट्रम्प प्रशासनको पालामा झण्डै ९ सय जना नेपालीहरुले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

१३६५ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि अमेरिकामा नै बसिरहेको आइसको खुलासा

गत आर्थिक बर्ष २०२४ मा नेपालीका कुल १४४१ मुद्दाहरुको अध्यागमन अदालतले निर्णय दिएको थियो । जसमध्ये ६०६ जनाको राहत स्वीकृत गरिएको थियो भने ३४६ जनाको प्रकृया खारेज गरिएको थियो । १९७ जनालाई देशनिकालाको आदेश दिइएको थियो भने १४१ जनाको नोटिस टु अपियर फाइल गरिएको थिएन । ६४ जनाको क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो भने ३८ जनाको अन्य प्रकारको केस बन्द गरिएको थियो । २७ जनाको क्रेडिबल फियर भएको निष्कर्ष निकालिएको थियो ।

२०२४ को सेप्टेम्बरमामात्र २० जना नेपालीको क्रेडिबल फियर नभएको निष्कर्ष अदालतले निकालेको थियो । उक्त महिना १३७ वटा मुद्दाको अध्यागमन अदालतले निर्णय दिएकोमा ५० जनाको राहत स्वीकृत गरिएको थियो भने २३ जनाको प्रकृया खारेज गरिएको थियो । २० जनालाई देशनिकालाको आदेश दिइएको थियो भने १० जनाको नोटिस टु अपियर नै फाइल नगरेको पाइएको थियो ।

यस अगाडि २०२४ को अगस्तमा २८ जना र जुलाईमा ७ जनाको क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो । जुनमा भने ४ जनाको क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो भने यो संख्या मे महिनामा पनि ४ नै थियो । अप्रिलमा १ जना नेपालीकोमात्र क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो भने मार्चमा ३ र फरबरीमा १ थियो । यो तथ्यांक हेर्दा क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएका नेपालीका अध्यागमन मुद्दाको संख्या पछिल्लो महिनामा बढ्दो रहेको छ । स्वेदश फर्कन कुनै डर नभएको निष्कर्ष निकालिएको खण्डमा क्रेडिबल फियर नभएको ठहर गरिन्छ ।

१३६५ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि अमेरिकामा नै बसिरहेको आइसको खुलासा

आर्थिक बर्ष २०२५ को पहिलो महिना अक्टोबरमा अमेरिकाको अध्यागमन अदालतबाट १२ जना नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार अक्टोबरमा १७६ जना नेपालीका एसाइलम लगायतका मुद्दाको अन्तिम सुनुवाई भएकोमा ५२ जनाको एसाइलम स्वीकृत भएको थियो । ३१ जनाको प्रकृया खारेज गरिएको थियो भने ४३ जनाको एसाइलमका लागि क्रेडिबल फियर नभएको निष्कर्ष निकालिएको थियो ।

अक्टोबर महिनामा ठूलो संख्यामा नेपालीहरुको क्रेडिबल फियर नभएको निष्कर्ष अध्यागमन अदालतले निकालेको थियो । सोही महिना २१ जनाको क्रेडिबल फियर भएको निर्धारण गरिएको थियो भने १० जनाको नोटिस टु अपियर नै फाइल गरिएको थिएन । ५ जनाको अन्य प्रकारको केस बन्द गरिएको थियो भने २ जनालाई स्वेच्छिक रुपमा अमेरिका छाड्न आदेश दिइएको थियो ।

 





Source link

Leave a Comment