प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु छ ।
क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
दमकल विभागका मेजर विल्मर गुरेरोले दुर्घटनास्थलबाट १० जनालाई निकालिएको बताएका छन । तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको हो ।
समुद्रमा विमान नजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको अवस्थामा फेला परेको थियो । उक्त विमान किनारबाट करिब १ किलोमिटर टाढा दुर्घटनामा परेको थियो ।
अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा परस्पर विरोधी रिपोर्टहरू दिएका छन् ।
गुरेरोले यात्रुहरूमध्ये ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताउनुभयो ।
लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो ।
मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो । रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यहरू मध्ये एक हो । “विमान झन्डै हामीमाथि खस्यो । म माछा मार्दै थिएँ”, एक माझीले बताएका छन ।
होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताएका छन ।
ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।