हिमाली ट्रेकिङ : RajdhaniDaily.com


हाम्रो देशमा वर्षा ऋतु लगभग सकिनै लागेको छ । वर्षा ऋतु सकिने बित्तिकै शरद ऋतु सुरु हुन्छ । शरद ऋतुमा हिन्दू धर्मालम्बीहरूले मान्ने मुख्य वा भनौं प्रमुख चाड बडादसैं, तिहार (दीपावली), तराईवासीहरूले मान्ने प्रमुख छठ पर्व, नेवारी समुदायको प्रमुख चाड योमरी पुन्ही (यो मरिः पून्हीं, योः मःरी पून्हीः, यः मरि पुन्ही), किरात–किरातीहरूले मान्ने उधौधी किराती महन् जातिभित्रका कुलुङ जातिले मान्ने ‘चाक्चाकूर’ आदि चाडबाडहरू पर्छन् । हो, आजभोलि नेपालका युवा पुस्ताहरू यस्तो चाडबाडका अवसरमा हुने छुट्टी अर्थात् बिदामा स्वदेश तथा विदेशमा घुम्न जाने क्रम बढेको छ । खास गरीकन हिन्दू धर्मालम्बीहरूले मान्ने प्रमुख चाड बडादसैं, तिहार (दीपावली)को अवसरमा सरकारले दिने लामो बिदालाई सदुपयोग गर्न युवा पुस्ताहरू स्वदेश तथा विदेशमा घुम्न जाने क्रम बढेको छ । यसै क्रममा यस लेखमा नेपालमा रहेका उच्च हिमाली क्षेत्रमा ट्रेकिङ गर्न जाने ट्रेकर्सका लागि जानकारीमूलक कुरा उल्लेख गर्दै छु ।

’cause, नेपालमा रहेका उच्च हिमाली क्षेत्रमा ट्रेकिङ गर्न जाने ट्रेकर्सहरूले बर्सेनि कोही न कोहीले आप्mनो अमूल्य जीवन गुमाइरहेका छन् । हुन पनि हालै विभिन्न सञ्चारमाध्यममा आएका समाचारनुसार आर्थिक वर्ष २०८०÷०८१ मा अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गर्न जानेहरूमध्ये अस्थाई रोग ‘लेक’ लागेर (हाई अल्टिच्युड सिकनेसका कारण) विभिन्न देशका २१ जना ट्रेकर्सहरूले आप्mनो अमूल्य जीवन गुमाएका छन् । आप्mनो अमूल्य जीवन गुमाउने २१ जना ट्रेकर्सहरूमा ११ जना भारतीय ट्रेकर्स, ६ जना नेपाली ट्रेकर्स, मलेसियन २ जना ट्रेकर्स, युक्रेनी र बेलायती १–१ जना ट्रेकर्सले आप्mनो अमूल्य जीवन गुमाएका हुन् । अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जाने क्रममा लेक लागेर (हाई अल्टिच्युड सिकनेसका कारण) आप्mनो अमूल्य जीवन बढीजसो थोरोङ–ला (थोराङ डाँडो) पास गर्ने क्रममा गुमाउनेहरू रहेका छन् ।

हुन पनि जब ट्रेकर्सहरू ३ हजार मिटरको उचाइमा पुग्छन्, तब उनीहरूमा लेक लाग्ने (हाई अल्टिच्युड सिकनेस) लक्षणहरू देखा पर्न थाल्छन् । खासमा यो रोग अस्थाई रोग हो भने, यो रोग सबैलाई नलागेर कसैकसैलाई मात्रै लाग्छ । स्मरणीय के छ भने, यस रोगले च्याप्दाच्याप्दै रोगीले ढाँटेर वा अटेर जबर्जस्ती अझ माथि जान खोजेमा त्यस व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसैले पर्वतारोहण वा पदयात्रा क्षेत्रमा ३ हजार मिटरभन्दा माथि पुगेपछि एक दिनमा ३ सय देखि ३ सय ५० मिटरभन्दा माथि क्याम्प गर्नुहुँदैन वा वास बस्नुहुँदैन भन्ने मान्यता रहेको छ । ’cause, जति उचाईमा गयो, उति अक्सिजनको मात्रा कम हुँदै जाने हुन्छ । त्यस्तै न्यानो कपडाको अभाव, पानी कम पिउनु कमसल खाना खानु, शारीरिक कमजोरी आदिका कारणले पनि तीर्थयात्री वा पदयात्रीहरू बिरामी पर्नसक्ने सम्भावना रहन्छ । स्मरणीय छ, समुद्र सतहमा शतप्रतिशत अक्सिजन पाइन्छ भने जति माथि गयो, उति अक्सिजनको मात्रा घट्दै जान्छ ।

अन्नपूर्ण ट्रेकिङ जाने क्रममा यात्रीले थोरोङ–ला पास पार गर्ने क्रममा लेक लागेर आप्mनो अमूल्य जीवन गुमाउने गरेका छन् ।

ट्रेकिङ क्षेत्रमा छिटो बुझ्ने भाषामा भन्नुपर्दा ‘हाई अल्टिच्युड सिकनेस’बाट बच्नलाई यस रोगका लक्षण देखा पर्नासाथ बच्ने उपाय गरिहाल्नुपर्छ । यस रोगका लक्षणहरूमा वाकवाक लाग्नु, टाउको दुख्नु, थकाइको अनुभव गर्नु, हिँड्दाहिँड्दै निद्रा लाग्नु, एक वस्तुलाई दुई वा त्यसभन्दा बढी देख्नु (डबल भिजन), हिँड्दा खुट्टाले ठीक ठाउँमा टेक्न नसक्नु, मादक पदार्थले मातेर लरखराउँदै हिँडेजस्तो हिँड्नु आदि हुन् । यस्ता स्वास्थ्य समस्याबाट बच्न सर्वप्रथम न्यानो लुगा लगाउने, पानी प्रशस्त पिउने, बिस्तारै हिँड्ने, भेटेसम्म तातो झोल पदार्थ धेरै खाने गर्नुपर्छ । चुरोटको धुवाँ तथा गन्धले पनि धेरै असर गर्ने भएकाले चुरोट नखानु र यसको गन्धबाट बच्नुपर्छ । हिमाली क्षेत्रमा जाँदा कसैकसैलाई दिमागमा पानी जम्ने हाई अल्टिच्युट सेरेब्रल एडमा ‘हेस’ र फोक्सोमा पानी जम्ने हाई अल्टिच्युड पुल्मोनरी एडमा ‘हेप’को समस्या देखिन सक्छ । ‘हेस’का लक्षणहरूमा खप्नै नसक्नेगरी टाउको दुख्नु, बान्ता हुनु, जीउ सन्तुलित नहुनु, दिमागले ठीक ढंगले काम नगर्नु, एक वस्तुलाई एकभन्दा बढी देख्नु, बेहोस् हुनु आदि हुन् भने ‘हेप’का लक्षणहरूमा आराम गरेका बेलामा पनि श्वास बढ्नु, बेस्सरी खोकी लाग्नु, खोक्दा दिमाग नै थर्केजस्तो महसुस गर्नु, छातीमा घ्यारघ्यार आवाज आउनु, शरीर सुन्निनु, हातखुट्टाका औंला र नङमा निलोपना देखिनु आदि हुन् । त्यस्तै, अत्यधिक चिसोले कठ्याङ्ग्रिनु, स्नो ब्लाइन्डनेस (आँखा नदेख्नु), हिउँले आँखा खानु, बान्ता हुनु, झाडा—पखाला लाग्नु, आकस्मिक रूपमा चोटपटक लाग्नु आदि अरू स्वास्थ्य समस्याहरू हुन् । उल्लिखित रोगमध्ये ‘हेस’को रोकथामका लागि बिरामी कम उचाईमा झर्नुपर्छ र पोर्टेबल च्याम्बर, बिरामीलाई भित्र हालेर पम्प गर्ने स्पेसल ब्याग (ग्यामो ब्याक)मा राखेर पम्प गर्नुपर्छ । यसरी पम्प गर्दा बिरामी बिस्तारै अल्टिच्युडमा आउँछ । साथै, बिरामीलाई आवश्यक औषधि पनि खुवाउनुपर्छ । बिरामी बेहोस छ भने इन्जेक्सन पनि लगाउन सकिन्छ । त्यस्तै ‘हेप’को रोकथामका लागि पनि बिरामी कम उचाईमा झर्नु नै उत्तम मानिन्छ । जे होस्, लेक लागेको बिरामीलाई उत्तानो पारेर सुताउनुपर्छ । त्यसपछि ‘ग्यामो ब्याग’ प्रयोग गर्नुपर्छ । यसो गर्नाले भित्र प्रेसर गई बिरामीलाई अक्सिजन पूर्ति हुन्छ र भित्र रहेको कार्बन डाईअक्साइड बाहिर जान्छ । सिकिस्त बिरामीलाई ५–६ सेकेन्डको अन्तरमा पम्प गरिरहनुपर्छ भने एक जनाले बिरामीले बोल्नसक्छ कि सक्दैन ? भनेर हेर्दै गर्नुपर्छ । बिरामीले अवस्था हेरी १५–२० मिनेटमा नै बोल्न–हाँस्न थाल्छ । सिकिस्त बिरामी भए ३–४ घण्टा पनि लाग्नसक्छ । त्यसपछि बिरामीलाई जतिसक्दो तल (कम उचाईमा) झार्नुपर्छ । बिरामीलाई आराम गराउने, पानी प्रशस्त (दैनिक ४–५ लिटर) खुवाउनुपर्छ । पानी खान नमानेमा झोल खानेकुरा प्रशस्त दिनुपर्छ । चिसोबाट बच्न न्यानो कपडा लगाउन दिनुपर्छ ।

हिमाली यात्रीहरू प्रायः न्यानो कपडा, तागतिलो खाना, प्रशस्त पानी र सुरक्षित बासस्थानको अभावमा अनेकौं सास्ती खेपिरहेका हुन्छन् ।

नेपालमा हरेक वर्षको जनैपूर्णिमालगायत अन्य तिथिहरूमा दामोदर कुण्ड, मुक्तिनाथ (मुस्ताङ), गोसाइँकुण्ड (रसुवा) दूधकुण्ड (सोलुखुम्बु), पाँच पोखरी (सिन्धुपाल्चोक), सभाया पोखरी (संखुवासभा), फक्ताङलुङ, पाथीभरा (ताप्लेजुङ) आदि क्षेत्रमा धार्मिक उद्देश्यले तीर्थयात्रीहरू भ्रमण गर्न जाने गरेका छन् । ती धार्मिकस्थलहरू नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित छन् । यसरी विगतमा हिमाली क्षेत्रमा रहेका तीर्थस्थलहरूमा धार्मिक उद्देश्य बोकेर जाने कतिपय तीर्थयात्रीहरूले प्रायः न्यानो कपडा, तागतिलो खाना, प्रशस्त पानी र सुरक्षित बासस्थानको अभावमा अनेकौं सास्ती खेपिरहेका हुन्थे÷खेप्छन् । हुन पनि हिन्दू धर्मावलम्बीहरूको मान्यतानुसार पवित्र तीर्थस्थल र देवदेवीहरूले बास गरेको धाम जाँदा खाली खुट्टा जानुपर्छ, त्यसैले उनीहरूमध्ये धेरैजसो तीर्थयात्रीहरू खाली खुट्टा नै हिँड्थे, अधिकांश तीर्थयात्रीहरूले आपूmले आङमा लगाउने लुगा र राति ओढ्ने ओडासमेत न्यानो र भरपर्दो बोक्दैनथे । उनीहरूले तागतिलो खानाको व्यवस्था गर्ने त टाढाको कुरो भयो । अहिले चाहिँ मानिसमा आएको चेतनासँगै तीर्थयात्रीहरूले दुखाइ कम गर्ने, घाउ सफा गर्ने, कीटाणु मार्ने औषधि, त्यस्तै चर्को घामबाट बच्न सन क्रिम, लोसन आदिका साथै चोटपटक लागेमा प्राथमिक उपचार गर्न चाहिने मलमपट्टी, टेप, प्लास्टर, कपास, कैंची, चिम्टा, ज्वरो नाप्ने डिग्री, सियो, धागो, मेडिकल ग्लोब, सिटामोल, डायमक्स साथमै बोकेर जाने गरेका छन् ।

हुन पनि यही असोज महिनाको तेस्रो सातादेखि दसैं, तिहार, योःमरिः पून्हीँ (यो मरी पुन्हीं), छठ पर्व आदि सुरु हुँदै छ । सोक्रममा सरकारले आप्mना कर्मचारीहरूलाई लामो बिदा दिने गर्छ । साथै विद्यालय, कलेज, विश्वविद्यालय आदि पनि लामो समय बिदा हुन्छन् । आजभोलि त्यस्तो लामो बिदालाई सदुपयोग गर्न दसैं–तिहारका अवसरमा विदेश तथा स्वदेशकै विभिन्न ठाउँमा बिदा मनाउने उद्देश्यले घुम्न निस्कने गरेका छन् । त्यसैले, दसैं–तिहारका अवसरमा हुने लामो बिदालाई सदुपयोग गर्न स्वदेशका विभिन्न ठाउँमा खास गरीकन स्वदेशको पनि उच्च हिमाली क्षेत्रमा घुम्न जाने पदयात्रीहरूले यात्राका क्रममा आपूmलाई चाहिने आवश्यक बिदा मनाउने उद्देश्यले घुम्न जाँदा आवश्यक सरसामान सबै बोक्नु अतिआवश्यक हुन्छ । एवं रीतले यात्राका क्रममा तागतिलो खाना, प्रशस्त पानी र सुरक्षित बासस्थानका लागि ध्यान दिनु पनि उत्तम हुन्छ ।

(Visited 3 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School