प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार
प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा बन्दी बनाई राखेका ६ जना इजरायलीलाई रिहा गरेको छ ।
बदलामा ६०२ जना प्यालेस्टिनी कैदीहरुलाई इजरायलले रिहा गरेको छ । उनीमध्ये अधिकांश गाजा युद्ध सुरु भएयता पक्राउ गरिएका हुन ।
रिहा भएका बन्दीहरुमध्ये ७ अक्टोबर २०२३ मा हमासले इजरायलबिरुद्ध हमला गर्दा बन्दी बनाइएको ४ जना समाबेश छन । बाँकी २ जना पुरुष २०१४ देखि बन्दी रहेका थिए ।
पहिलो चरणमा रिहा हुने यी ६ जना जीवित बन्दहरु हुन । इजरायल र हमासले युद्ध विरामको दोस्रो चरणका शर्तहरुमा सहमति जनाइसकेका छन ।
आज शनिबार, ६०२ फिलिस्तिनी कैदी रिहा गरिनेछन्, जसको अधिकांश ७ अक्टोबर २०२३ को आक्रमण पछि पक्राउ गरिएका थिए।
५९ जना बन्दी अझै हमाससँग बन्दी रहेका छन् । जसमा आधा भन्दा बढी जीवित रहेको अनुमान गरिएको छ।
अगामी चरणमा थप बन्दीलाई रिहा गरिनेछ । दोस्रो चरण १ मार्चबाट सुरु हुने छ ।
हमासले जनवरी महिनाबाट रेडक्रसको सहयोगमा, प्यालेस्टिनी कैदीहरुको सट्टामा बन्दीहरुलाई रिहा गर्न सुरु गरेको थियो।